china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती चालक र स्वीजर्ल्याण्डेली पर्यटकबीचको मित्रता सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-02-29 08:49:29    

                   यसरी, श्री तान्चंगले त्यसपछि आफ्नै गाडी चलाएर पर्यटकहरुलाई तिब्बतमा घुमाउन थाल्नुभयो। कामबाट निकै थाके तापनि उहाँ प्रशस्त आम्दानी गर्न सफल हुनुभयो। सन 2004 को जनवरीमा उहाँका उक्त स्वीजर्ल्याण्डेली मित्रले उहाँलाई टेलिफोन गरी उहाँलाई फेरि एउटा नयाँ गाडी दिने कुरा बताउनुभयो। तर श्री तान्चंगले उहाँलाई धन्यवाद दिंदै अस्वीकार गर्नुभयो। उक्त स्वीजर्ल्याण‍डेली पर्यटक टोलीका प्रमुखले आफूलाई गाडी दिनुभएको कारणबारे चर्चा गर्दै श्री तान्चंगले भन्नुभयोः

                    "उहाँहरुले अन्य केही चालकहरुको तुलनामा मलाई ज्यादै सोझो मानिस भन्नुभयो। उहाँहरु तीन पटक तिब्बत आउनुभएको थियो। उहाँहरुले जानखोजेको कुनै ठाउँमा गाडी चलाउन गाह्रो हुनुका साथै त्यहाँ पेट्रोलको पनि बढी खपत हुन्छ। यसै कारण त्यस्ता ठाउँमा जाँदा त्यति धेरै पैसा कमाउन सकिंदैन। त्यसैले धेरै चालकहरुले त्यस्ता ठाउँहरुमा जान अस्वीकार गर्नेगरेका थिए। तर मेरो विचारमा त्यति टाढाबाट आएका पर्यटकहरुको सकेसम्म चित्त बुझाउनुपर्छ। आफूलाई कम आम्दानी भयो त केही छैन। यस्तो कुरा सोचेर मैले उहाँहरुलाई धेरै ठाउँमा घुमाएको थिएँ।"

                   श्री तान्चंगले पर्यटकहरुलाई भाषा लगायत अन्य विविध क्षेत्रको सहयोग पनि दिनेगर्नुभएको छ। हरेक ठाउँमा पुगेपछि उहाँ पर्यटकहरुलाई सामान लिन पनि सघाउनेगर्नुहुन्छ। यसका अतिरिक्त, श्री तान्चंग सधैं नै आफ्नो गाडी सफा राख्नुहुन्छ। गाडी चलाउँदा उहाँ धेरै होशियारीपूर्वक चलाउनुहुन्छ। यस्तो सफा र सुरक्षित गाडीमा बस्दा पर्यटकहरुलाई निकै आनन्द लाग्छ र विश्वास पनि।

                   भविष्यबारे चर्चा गर्दै श्री तान्चंगले भन्नुभयोः

                  "राम्ररी गाडी चलाएर बढी आम्दानी गरेपछि छोरा-छोरीलाई चीनको भित्री भागमा पढ्न पठाउने मेरो योजना छ। उनिहरु पछिगएर भित्री भागका विद्यालयबाट स्नातक हुनसक्ने मेरो इच्छा छ। यसका अतिरिक्त, बाहिर घुम्न जाने इच्छा पनि छ, मेरो। स्वीजर्ल्याण्ड पुगेको खण्डमा म ती मित्रहरुसँग भेट्न इच्छुक छु।"

                 श्री तान्चंगले आफू पचास वर्ष पुगेपछि ल्हासामा एउटा चिया पसल खोल्ने योजना गर्नुभएको छ। किनभने दश वर्षभन्दा अघि उहाँले उहाँकी श्रीमतीसँग उहाँकै चिया पसलमा भेट्नुभएको थियो। पैसा कमाउनका लागि आफू सधैं बाहिरै-बाहिर रहनुपर्नेभएकाले परिवारको हेरचाहको जिम्मा उहाँकी श्रीमतीको काँधमा आइपरेको छ। छोरा-छोरी हुर्केपछि आफूले आफ्नी श्रीमतीसँग बढी समय बिताउनुपर्ने ठहर श्री तान्चंग गर्नुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040