china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको केन्द्रीय सरकारद्बारा तिब्बतलाई बौद्धिक सहायता प्रदान सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-03-28 10:50:36    

                  छिंगहाई-तिब्बत टारभूमिमा पर्ने चीनको तिब्बत स्वायत्त प्रदेशको प्राकृतिक वातावरण निकै कठिन छ। त्यहाँको स्थानीय आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गर्नका लागि चीन सरकारले तिब्बतलाई विभिन्न क्षेत्रमा सहायताको प्रदान गर्दैआएको छ। विगत बीस वर्षभन्दा बढी समयदेखियता चीनको समग्र शक्ति निरन्तररुपमा बढिरहेको परिप्रेक्षमा केन्द्रीय तथा विभिन्न तहका सरकारहरुले तिब्बतलाई झन-झन बढी सहायता दिंदैआएका छन। तीमध्ये बौद्धिक सहायता एउटा निकै महत्वपूर्ण सहायता हो।

                  गत शताव्दीको असीको दशकदेखियता चीनले तिब्बतको आर्थिक तथा सामाजिक विकासका लागि प्रदान गर्नेगरेको सहायता निरन्तर रुपमा बढ्दैआएको छ। प्राप्त तथ्यांकअनुसार, सन 1994 देखि 2004 सम्म, दश वर्षको अवधिमा चीनको भित्री भाग तथा ठूल्ठूला राष्ट्रिय उद्योगहरुले तिब्बतलाई कम्तिमा छ अरब बीस करोड चिनियाँ युवानको सहायता प्रदान गरेका छन। यस रकमबाट निर्माण गरिएका तीन हजार एक सयभन्दा बढी परियोजनाहरुमार्फत तिब्बतको यातायात, ऊर्जा-स्रोत, सञ्चार, चिकित्सा, स्वास्थ्य तथा आधारभूत सुविधामा ठूलो सुधार भएको छ। यसका अतिरिक्त, सरकारी विभाग र शिक्षा, चिकित्सा र इन्जिनियरिंग आदि क्षेत्रहरुका तीन हजारभन्दा बढी स्वयंसेवकहरु तिब्बतलाई सेवा पुर्‍याउनका लागि पटक-पटक गरी त्यहाँ पुगेका छन।

                   तिब्बतको शान नान क्षेत्रको छोमै जिल्लामा सेवा गर्ने स्वयंसेवक हुँ पिन सधैं त्यहाँका ग्रामीण क्षेत्रमा शिक्षाको अवस्थाको निरीक्षण गर्नुहुन्छ। यसका साथै, उहाँले स्थानीय विद्यालयहरुको आधारभूत सुविधाको सुधारमा अवश्यक रकम जुटाउनका लागि सम्भव भएसम्मको प्रयास गर्नुभएको छ। तिब्बतलाई प्रदान गरिएको बौद्धिक सहायताबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "आर्थिक सहायताका साथसाथै हामीले तिब्बतलाई शिक्षक-शिक्षिका तथा चिकित्सकहरुलाई तालिमका माध्यमबाट पनि सहायता प्रदान गर्नुपर्छ। हामीले स्थानीय विभागहरुबाट केही चिकित्सक तथा शिक्षक-शिक्षिकाहरुलाई छानेर सम्बन्धित तालिमका लागि उनिहरुलाई भित्री भागमा पठाइसकेका छौं।"

                 सन 2004 मा दक्षिण-पूर्वी चीनको समुद्र तटवर्ती प्रान्त— फु चेनबाट तिब्बत पुग्नुभएका श्री ये लिंग पहिले फु चेन प्रान्तको शिक्षा विभागमा कार्यरत हुनुहुन्थ्यो। हाल उहाँ तिब्बतको लिन्च क्षेत्रको शिक्षा ब्युरोका उप-प्रमुख हुनुहुन्छ। त्यहाँको हालको अवस्थाबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "विगत दश वर्षदेखियता क्वांग तुंग र फु चेन यी दुइवटा प्रान्तले लिन्च क्षेत्रको सरकारी कार्यालय रहेको बाई शहरलाई निकै रमणीय बनाएका छन। हाल यहाँ तालिमप्राप्त तथा दक्ष व्यक्तिको समर्थन र सहायता निकै आवश्यक छ। अन्य कुनै पनि सहायताभन्दा बौद्धिक सहायता यहाँका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनेको छ। हाल लिन्च क्षेत्रको आधारभूत संरचना उच्चस्तरको छ, तर दक्ष व्यक्तिको अभावका कारण यहाँको वैज्ञानिक-प्राविधिक स्तर र उत्पादन क्षमता चीनको भित्री भागका विकसित क्षेत्रहरुको तुलनामा निकै कम छ। यस्तो अवस्थामा अझ बढी भवनहरुको निर्माणको त्यति धेरै महत्व छैन।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040