
तिब्बतका लागि अझ बढी दक्ष व्यक्ति हुर्काउनका लागि श्री ये लिंगले आफ्नो जन्मथलो फु चेन प्रान्तका विश्वविद्यालयहरुसँग अनुरोध गर्नुभएको छ।
वास्तवमा, चीनको भित्री भागका विश्वविद्यालयहरुले हरेक वर्ष तिब्बतका लागि निःशुल्क केही दक्ष व्यक्तिहरु हुर्काउनेगरेका छन। यसका अतिरिक्त, सन 1985 देखियता हरेक वर्ष एक हजार तीन सयजति तिब्बती केटा-केटीहरुले, सम्बन्धित परिक्षाका माध्यमबाट, चीनको भित्री भागका प्रसिद्ध माध्यमिक विद्यालयका तिब्बती कक्षा वा दशभन्दा बढी तिब्बती माध्यमिक विद्यालयहरुमा अध्ययनको अवसर पाउनेगरेका छन। तिब्बती सर्वसाधारणले यस व्यवस्थाको व्यापक स्वागत गरेका छन।
भित्री भागको शिक्षा स्रोतका अतिरिक्त, तिब्बतमा सेवा गर्ने स्वयंसेवकहरुले पनि तिब्बतमा अग्रसर अवधारणा पुर्याउनुभएको छ। तिब्बतको नाइतुंग जिल्लामा तीन वर्षसम्म सेवा गर्नुभएका श्री हु हुँ छुन मध्य चीनमा पर्ने प्रसिद्ध औद्योगिक शहर— ऊ हानबासी हुनुहुन्छ। उहाँको विचारमा, हाल तिब्बतमा आधारभूत सुविधाको निर्माणमा निकै ठूलो सफलता हासिल गरिएको छ। आगामी दिनहरुमा चीनले तिब्बतमा आर्थिक सहायताका साथसाथै स्वयंसेवकहरुको सेवालाई महत्व दिनुपर्छ। यसो भएमा चीनको भित्री भागका विकसित क्षेत्रहरुको अग्रसर व्यवस्थापन अनुभवबाट तिब्बती सर्वसाधारणहरु लाभान्वित हुनसक्नेछन। तिब्बतीहरुलाई सिकाउन सकिन्छ भन्दै श्री हु हुँ छुनले भन्नुभयोः

"तिब्बतका आधारभूत तहका कर्मचारीहरु र बाह्य विकसित क्षेत्रका कर्मचारीहरुबीचको आदान-प्रदानलाई सबल पारेर तिब्बतका लागि बौद्धिक सहायता प्रदान गर्नु निकै महत्वको कुरा हो। तिब्बतको तीन वर्षसम्मको सेवाका क्रममा हामीले नयाँ सिर्जना गर्नु भन्ने अवधारणा यहाँ पुर्याएका छौं। यसको महत्वलाई पैसामा तुलना गर्नमिल्दैन।"
तिब्बतको शान नान क्षेत्र र त्यसको सहायता गर्ने हु नान, हु पै तथा आन व्है प्रान्तहरुबीच एउटा विशेष परियोजना सञ्चालित छ। त्यो भनेको के हो भने, हरेक तीन वर्षमा यी तीनवटा प्रान्तले एक-एक करोड चिनियाँ युआन पठाएर शान नानका लागि एक हजारजना दक्ष व्यक्ति तयार पार्नुपर्छ। सो परियोजना लागू भएको दश वर्षभन्दा बढी समयदेखियता भित्री भागबाट सम्बन्धित तालिम हासिल गरेका दक्ष व्यक्तिहरु हाल शान नानका विभिन्न क्षेत्रका खम्बा बनिसकेका छन।
तिब्बतको बौद्धिक सहायताबारे चर्चा गर्दै शान नान क्षेत्र सरकारका अधिकारी श्रीमती दजीचोकाले भन्नुभयोः
"चीनको केन्द्रीय सरकार र भित्री भागका विभिन्न प्रान्त, शहर तथा अन्य स्वायत्त प्रदेशहरुले तिब्बतका लागि विविध क्षेत्रमा सहायता प्रदान गर्नुपर्ने विचार मैले गरेकी छु। यसमा आर्थिक सहायताका साथै बौद्धिक सहायता पनि समावेश हुनुपर्छ।"

(क्रमशः)
|