
तिब्बतको बौद्धिक सहायताबारे चर्चा गर्दै शान नान क्षेत्र सरकारका अधिकारी श्रीमती दजीचोकाले भन्नुभयोः
"चीनको केन्द्रीय सरकार र भित्री भागका विभिन्न प्रान्त, शहर तथा अन्य स्वायत्त प्रदेशहरुले तिब्बतका लागि विविध क्षेत्रमा सहायता प्रदान गर्नुपर्ने विचार मैले गरेकी छु। यसमा आर्थिक सहायताका साथै बौद्धिक सहायता पनि समावेश हुनुपर्छ।"
विगत केही वर्षदेखियता तिब्बतले आफ्ना कर्मचारीहरुलाई निरीक्षण तथा अध्ययनका लागि भित्री भागमा पठाउनेगरेको छ। यसबारे जानकारी दिंदै तिब्बतको लिन्च क्षेत्रको नियुगी तथा कर्मचारी विभागका अधिकारी ली पिनले भन्नुभयोः
"भित्री भागले हामीलाई पुर्याएको आर्थिक सहायताभन्दा अझ महत्वपूर्ण कुरा विकसित क्षेत्रको राम्रो अनुभव, अवधारणा तथा व्यवस्थापन तरिका हुन। यसबाट तिब्बतका स्थानीय सर्वसाधारणहरुको अवधारणा तथा विचारमा परिवर्तन हुनसक्नेछ। तिब्बतलाई सेवा प्रदान गर्न भित्री भागबाट आउनुभएका कर्मचारीसँगसँगै काम तथा अध्ययन गरेबाट हामीले धेरै कुरा सिक्नपाएका छौं।"

ती कर्मचारीहरु तिब्बतमा स्वयंसेवा गरेर भित्री भागमा फर्कंदा तिब्बती सर्वसाधारणले सधैं नै नौनी चिया र अण्डा आदि लिएर तिनीहरुलाई विदा गर्नेगरेका छन। यसबारे चर्चा गर्दै तिब्बतको शान नान क्षेत्र सरकारका अधिकारी फा बा छ्युनले भन्नुभयोः
"तिब्बतमा सेवा गर्न भित्री भागबाट यहाँ आउनुभएका कर्मचारीहरुले टारभूमिमा अक्सिजनको अभाव रहेको, वातावरण तथा जीवनको अवस्था कठिन रहेको, यातायातको असुविधा भएको र जीवनको बानीसँग अभस्त नभएको विभिन्न कठिनाइहरुको वास्ता नगरी तिब्बतको आर्थिक निर्माण, सांस्कृतिक निर्माण र विभिन्न सामाजिक कार्यहरुको विकासमा अपार योगदान पुर्याउनुभएको छ। यसको परिणामस्वरुप स्थानीय सर्वसाधारण र उहाँहरुबीच निकै घनिष्ठ मित्रता कायम भएको छ। उहाँहरुसँग विदा हुँदा हामीलाई निकै दुःख लाग्छ।"

प्राप्त जानकारीअनुसार, आगामी दिनहरुमा चीन सरकारले तिब्बतलाई अझ बढी सहायता प्रदान गर्नेभएको छ। आवश्यक आर्थिक समर्थनका अतिरिक्त तिब्बतका लागि बौद्धिक सहायताको महत्व अझ बढी रहेको ठहर तिब्बतका विभिन्न क्षेत्रहरुले गरेका छन किनभने बौद्धिक सहायताले तिब्बतको दीर्घकालीन विकासका लागि मजबुत जग बसाल्न सहयोग गर्नेछ।
|