china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छिंगहाई प्रान्तमा बसोबास गर्ने तिब्बतीहरुको जीवनमा भएको परिवर्तन सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-04-25 09:11:39    

                 श्रीमती लहामोट्सोले भन्नुभए जस्तै उहाँहरुले बस्ने घाँसे मैदानको मौसम र प्राकृतिक वातावरण निकै कठिन छ। त्यसैले पहिले तिनीहरुको जीवन पनि धेरै दुखी थियो। धेरै ठाउँमा विजुली र पानीको अभाव थियो भने केही ठाउँहरुमा खाने कुराको पनि समस्या थियो। हाल एकातिर घाँसे मैदानमा बस्ने तिब्बती पशुपालकहरुले आफ्नो जीवन शैलीमा परिवर्तन गरेका छन, र अर्कातिर चीनको केन्द्रीय र स्थानीय सरकारले पनि ठूलो लगानी गरी सहायता प्रदान गरेका छन।

                  श्री कार्सिकेरले एक हजार दुइ सयभन्दा बढी बाख्रा र एक सय सत्तरीभन्दा बढी गाई पाल्नुभएको छ। गत वर्ष उहाँले गाई र बाख्रा बिक्री गरेर साठी हजार चिनियाँ युआनभन्दा बढी आम्दानी गर्नुभयो। उहाँले असी हजार चिनियाँ युआनभन्दा बढी लगानी गरेर आफ्नो छोरालाई आफ्नो जिल्लाको सदरमुकाममा एउटा घर किनेर दिनुभयो। शहरभित्र बस्ने तिब्बती पशुपालकको जीवन कस्तो छ नि?

                 श्री कार्सिकेरले किन्नुभएको घरमा भान्सा कोठा र स्नान कक्षबाहेक अन्य तीनवटा कोठा छन। कोठामा राखिएको फर्निचर र सामानहरु सामान्य शहरबासीहरुको घरमा जस्तै देखिन्छन। तर भित्तामा झुण्ड्याइएको थांका र कोठाभित्र राखिएको बुद्धको मूर्तिबाट तिब्बतीहरुको चालचलन र शैली छर्लंग हुन्छ। श्री कार्सिकेरकी श्रीमती हार्मोले तिब्बती महिलाको जीवनमा भएको परिवर्तनबारे जानकारी दिंदै भन्नुभयोः

                "पहिले घाँसे मैदानमा बस्ने पशुपालकहरुमा महिलाहरुले सबैभन्दा बढी दुःख गर्दथे। वर्षभरि बाख्रा र गाई पाल्नुका साथै हरेक दिन नौनी चिया र भात पनि पकाउनुपर्दथ्यो। आफ्नो परिवारको हेरचाहका क्रममा आफूलाई पनि धेरै रोग लाग्नेगर्दथ्यो। हालको अवस्थामा कति ठूलो परिवर्तन आएको छ। हामीले फराकिलो र उज्यालो घरमा बस्न पाएका छौं भने फ्रिज लगायतका उच्च स्तरीय इलेक्ट्रोनिक वस्तुहरुको प्रयोग पनि गर्नपाएका छौं। आजको यस्तो सुखमय जीवनबारे पहिले हामी तिब्बती महिलाले कल्पना पनि गर्नपाएका थिएनौं।"

                  सुखमय जीवन बिताइरहेकी श्रीमती हार्मोले गदगद भएर तिब्बती लोक गीत गाउनुभयो।

                  श्री कार्सिकेर जस्ता घाँसे मैदानमा बस्ने तिब्बती पशुपालकहरुले आफ्नो भौतिक अवस्थामा परिवर्तन हुँदैआएको परिप्रेक्षमा तिनीहरुको सांस्कृतिक जीवन पनि दिनप्रति दिन विविध हुँदैआएको छ। श्री कार्सिकेरका जेठा छोरा र ज्वाइँले आफ्नो जिल्लाको सदरमुकामको एउटा कलामण्डलीमा अश्व कला प्रदर्शन गर्नुहुन्छ। घाँसे मैदानमा आयोजित सम्बन्धित कार्यक्रममा उहाँहरु घोडा चढेर आफ्नो क्षमता देखाउने गर्नुहुन्छ। श्री कार्सिकेरकी छोरी र बुहारी नाच-गानमा ज्यादै सिपालु हुनुहुन्छ। फुर्सदको बेला उहाँको परिवारका सम्पूर्ण सदस्यहरुले सँगसँगै बसेर नाचगान गर्नेगरेका छन। उहाँको पाँच वर्षीय नाती पनि सधैं नै मीठो स्वरबाट गर्ने गर्दछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040