china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कान सु प्रान्तमा पर्ने लाप्रंग गुम्बा सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-05-02 13:22:41    

                चीनको कान सु प्रान्तको स्या ह जिल्लामा पर्ने लाप्रंग गुम्बा तिब्बती बौद्ध धर्मको कलु समूहका छवटा ठूला गुम्बाहरुमध्येको एक हो। तिब्बती भाषामा लाप्रंग भनेको भिक्षुको दरबार हो। लाप्रंग गुम्बाको निर्माण सन 1709 मा गरिएको थियो। यो एक सय आठवटा साना गुम्बा र आठवटा धार्मिक क्षेत्र सम्मिलित एउटा विशाल गुम्बा हो। चीनको उत्तर-पश्चिमी भागको बौद्ध धर्मसम्बन्धी सबैभन्दा उच्च स्तरीय विद्यालय पनि यहीं छ। यहाँ हरेक दिन तिर्थ यात्रा गर्नआउने धर्मावलम्बीहरुको संख्या अनगिन्ती हुनेगर्दछ।

                 लाप्रंग गुम्बाका वरिपरि भएका मानेहरुको संख्या दुइ हजारभन्दा बढी छ। ती हरेक मानेलाई घुमाउन एक घण्टाभन्दा बढी समय लाग्छ रे। त्यहाँ पुग्ने धर्मावलम्बीहरुले हरेक दिन माने घुमाएर तिर्थ थात्रा गर्नेगरेका छन। तेइस वर्षीय महिला वन मा छाउ लाप्रंग गुम्बाको नजिकै बस्नुहुन्छ। आफ्नो दैनिक तिर्थ यात्राबारे जानकारी दिंदै उहाँले भन्नुभयोः

                "म हरेक दिन माने घुमाउन यहाँ आउँछु। कहीलेकाहीं आठ बजे र कहीलेकाहींत सात बने आउँछु। म बौद्ध धर्म मान्दछु। माने घुमाएर म मेरो परिवारका सदस्यहरुको सुस्वास्थ्यको कामना गर्दछु। मेरो परिवारका अन्य सदस्य पनि हरेक दिन माने घुमाउन र पूजाआजा गर्न लाप्रंग गुम्बा आउनेगर्दछन। त्यसपछि हामी घर फर्केर घरको नियमित काम गर्दछौं।"

                  लाप्रंग गुम्बाको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने कुंथांग स्तूप एशियामा बौद्ध धर्मको तेस्रो ठूलो स्तूप हो। यसमा राखिएको अमिताभको मूर्ति नेपालबाट यहाँ पुर्‍याइएको हो। सो मूर्तिका कारण कुंथांग स्तूपको नाउँ पनि चारैतिर फैलिएको छ। कुंथांग स्तूप पहिले ध्वस्त भएको थियो। सन 1933 को जुलाई महिनामा त्यसको पुनर्निर्माण गरियो। हालको कुंथांग स्तूप पाँचतले छ। त्यसको उचाइ 31.33 मिटर छ भने त्यसको क्षेत्रफल 2144.16 वर्गमिटर छ। कुंथांग स्तूपका चारवटा कक्षमा दुइ हजारभन्दा बढी धार्मिक साहित्य र प्रशस्त मूर्ति तथा पूजाआजाका वस्तुहरु सुरक्षित छन। कुंथांग स्तूपको भित्ता सुनौलो रंगले रंगाइएकाले बाहिरबाट हेर्दा यो निकै सुन्दर देखिन्छ।

                  कुंथांग स्तूपको मुख्य कक्षमा प्रवेश गर्नेवित्तिकै त्यसको मध्य भागमा राखिएको अमिताभको मूर्ति देखिन्छ। त्यो मूर्ति निकै शान्दार देखिन्छ। यस कोठाका चारैतिरका भित्तामा थुप्रै सुन्दर थांका छन। कोठामा धेरै बल्ब पनि राखिएका छन। यामुछो नामका एकजना भिक्षुले ती बल्बलाई औंल्याएर हामीलाई जानकारी दिंदै भन्नुभयोः

                 "कुंथांग स्तूपको निर्माण एकजना अवतारी लामाले गर्नुभएको हो। लाप्रंग गुम्बामा छवटा धार्मिक कलेज र धेरै कक्षहरु छन। तर पानसको सट्टामा बल्बको प्रयोग गरिने कुंथांग स्तूपमा मात्र हो। किनभने हामीले ती भित्ते चित्र र थांकाको संरक्षण गर्नुपर्छ। यसका अतिरिक्त, धार्मिक साहित्त्य आदि महत्वपूर्ण वस्तुको पनि संरक्षण गर्नुपर्छ।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040