
चीनको तिब्बत स्वायत्त प्रदेशको पूर्वी भागमा पर्ने लिन्च एउटा अनौठो ठाउँ हो। त्यहाँ ज्यादै जाडो ठाउँमा रोप्नसकिने हिउँ कमल फुल्नुका साथै उष्ण-कटिबन्धका ठाउँमा रोप्नसकिने केरा पनि देख्नपाइन्छ। त्यो ठाउँ भौतिक श्रोत-साधनको निकै धनि छ। तिब्बती जाति बाहेक त्यहाँ लोबा र मन्बालगायतका केही अल्पसंख्यक जातिहरु पनि यहाँ बसोबास गर्दछन। पहिले भौगोलिक अवस्थाको जटिलताका कारण त्यहाँका स्थानीय बासिन्दाहरुका लागि वाह्य संसारसित सम्पर्क राख्न निकै गाह्रो हुन्थ्यो। विगत दश वर्षभन्दा बढी समयदेखि यता तिब्बत टेलिकम लिन्च शाखाका कर्मचारीहरुले अथक प्रयास गरी लिन्च र वाह्य संसारबीचको सम्पर्कका लागि एउटा पूलको निर्माण गर्नुभएको छ।
लिन्च क्षेत्रको मोथो जिल्लाको पहिलेको अवस्थाबारे जानकारी दिंदै लिन्च टेलिकम शाखाको नेटवर्क विभागका प्रमुख सिरेन्लुबुले भन्नुभयोः
"चीनमा राजमार्गको सुविधा नभएको एक मात्र जिल्ला मोथो थियो। त्यहाँ पुग्न चार दिन चार रात हिंड्नुपर्थ्यो। बाटोमा समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो हिम पर्वतलाई पार गर्नुपर्थ्यो। यसबाहेक, अन्य धेरै बाटाहरु पनि निकै खतरनाक थिए।"

श्री सिरेन्लुबुले भन्नुभएको मोथो जिल्ला लिन्च क्षेत्रको दक्षिण-पूर्वी सिमा क्षेत्रमा पर्दछ। राजमार्गको सुविधाबाट वाह्य संसारसित नजोडिएको सो जिल्लाका बासिन्दाहरुले अहिले वाह्य संसारसित टेलिफोन सम्पर्क राख्नपाएका छन।
सन 2003 मा तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकार, चीनको टेलिकम समूह अन्तर्गत तिब्बत टेलिकम कम्पनी र लिन्चका विभिन्न तहका स्थानीय सरकारहरुले हरेक गाउँमा उपग्रहमार्फत सञ्चार सुविधा पुर्याउने परियोजनाको शुरुवात गरेका थिए। लिन्चको प्राकृतिक वातावरण निकै कठिन भएकाले सो परियोजनाका कर्मचारीहरुले निकै ठूलो कठिनाइको सामना गर्नुपरेको छ। यसबारे चर्चा गर्दै श्री सिरेन्लुबुले भन्नुभयोः
"एक दिन मोथोमा उपग्रह सञ्चार सेवाको संकेत बन्द भयो। तब सम्पूर्ण मोथो जिल्लाको वाह्य संसारसितको सम्पर्क फेरि बन्द भयो। त्यति बेला ठूलो हिमपात भएर बाटोमा पर्ने पहाडलाई छोप्यो। त्यसैले त्यहाँ जान निकै खतरनाक भयो। तर हाम्रा दुइजना कर्मचारीले खतराको वास्ता नगरी त्यहाँ गएर समस्याको समाधान गर्नुभयो। उहाँहरुले त्यहाँ गएर फेरि फर्कन सक्ने कि नसक्ने भन्ने कुराबारे केही पनि सोच्नुभएको थिएन। हरेक चोटि यो कुरा सम्झँदा मेरा आँखाबाट आँसु आउँछ।"

कर्मचारीहरुको प्रयासमा मोथो जिल्लाका सर्वसाधारणले वाह्य संसारसित सूचारुरुपमा सम्पर्क राख्नपाएका छन। सन 2004 मा मोथो जिल्लाको सञ्चार अवस्थामा पूर्णरुपमा परिवर्तन गर्ने उद्देश्यले चीनको टेलिकम समूह अन्तर्गत तिब्बत टेलिकम कम्पनीले उपग्रह टेलिफोनको सट्टामा केबल टेलिफोनको सुविधा प्रदान गर्ने निर्णयगरेको थियो।
(क्रमशः)
|