
मोथो जिल्लाको सूचनाकरण र नयाँ ग्रामीण क्षेत्रको निर्माणलाई अघि बढाएर मोथो जिल्ला र वाह्य संसारबीच सूचना पुलको निर्माण गर्नुका साथै स्थानीय आर्थिक निर्माण तथा विकासको प्रवर्द्धन गर्ने उद्देश्यले लिन्च टेलिकमले सन 2006 मा इन्टर्नेट सुविधा पनि प्रदान गरेको छ। यसबाट सो क्षेत्रमा इन्टर्नेटको सुविधा नभएको इतिहासको अन्त्य भएको छ। यसबारे चर्चा गर्दै मोथो जिल्लाको पाई गाउँका एकजना अधिकारी यांग चि हुँले भन्नुभयोः
"हाम्रो जिल्लाको यातायात सुविधा कमजोर देखिन्छ। हिउँका कारण सधैं बाटो अबरुद्ध हुनेगरेको छ। हामीले त्यति बेला बाहिर जाँदा ज्यानको बाजी लगाएर जानुपर्छ। गत वर्षको अगष्टमा हाम्रो जिल्ला इन्टर्नेट सुविधामा आबद्ध भयो। यसरी नै सूचनाको आदान-प्रदानमा हामीले पहिले कहिल्यै पनि नभएको सुविधाको अनुभव गर्नपाएका छौं।"
प्राप्त जानकारीअनुसार, सन 2007 को मार्चको अन्तसम्ममा लिन्च क्षेत्रका थप चार सय बत्तीसवटा गाउँमा टेलिफोनको सुविधा उपलव्ध भयो भने सो संख्या त्यहाँका गाउँहरुको कूल संख्याको त्रिसट्ठी प्रतिशत जति हो। यसका अतिरिक्त, हालआएर इन्टर्नेट सुविधा पनि स्थानीय बासिन्दाहरुको जीवन तथा कार्यको अभिन्न अङ्ग बन्नपुगेको छ। यसबाट मोथो जिल्लाको सूचना तथा नयाँ ग्रामीण क्षेत्रको निर्माणमा नयाँ जीवन्त शक्ति थपिएको छ। यसबारे चर्चा गर्दै लिन्च टेलिकमका उप-प्रबन्धक बुचिरेनले गौरवान्वित हुँदै भन्नुभयोः

"लिन्च टेलिकमका पुस्तौं-पुस्ताका कर्मचारीको अथक प्रयासमा तिब्बतको सञ्चारको इतिहासमा एउटा उदाहरण प्रस्तुत गरिएको छ। केबल लगायतका विभिन्न तरिकामार्फत लिन्च क्षेत्रका सम्पूर्ण गाउँ-बस्तीहरुमा सञ्चार समस्याको समाधान गरिएको छ।"
हाल लिन्चमा बसोबास गर्ने विभिन्न जातिका सर्वसाधारणहरुले टेलिफोन र इन्टर्नेटमार्फत वाह्य संसारसित सजिलै आदान-प्रदान गर्नपाएका छन। यस्तो परिवर्तनका कारण स्थानीय बासिन्दाहरु धेरै खुशी भएका छन। यसबारे चर्चा गर्दै मन पा जातिका एकजना युवक वै फिंगले भन्नुभयोः
"टेलिफोन र इन्टर्नेटको सुविधा हुनुअघि हामी मोथो जिल्लाका सर्वसाधारणले एउटा चिट्ठी हुलाकबाट पठाउन केही दिनसम्म हिंड्नुपर्थ्यो। अहिले एउटा टेलिफोन गरे सबै कुरा पूरा हुन्छ। कति सुविधा भएको छ।"

लिन्च क्षेत्रका विभिन्न जातिका हरेक सर्वसाधारणका घरमा टेलिफोन र इन्टर्नेट सुविधा पुर्याउने लक्ष्यलाई साकार तुल्याउन लिन्च टेलिकमले अथक प्रयास गरिरहेको छ। पहिले "टारभूमिको अलग टापू" भनिएको मोथो जिल्ला अब सम्पूर्ण विश्वसँग सम्पर्क राख्नसक्ने रमणीय वातावरणमा बाँचिरहेको छ। त्यहाँका बासिन्दाहरुले सञ्चार सुविधाबाट प्रदान गरिने अझ सुखमय जीवनको उपभोग गरिरहेका छन।
|