china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान नाना प्रिफेक्चरका प्रमुख श्रीमती दकीको सुख र दुख सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-06-13 09:10:46    

                   तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासादेखि करिब दुइ सय किलोमिटर दक्षिणमा पर्ने शान नान प्रिफेक्चरको स्थानीय सरकारका प्रमुखमा तिब्बती नागरिक श्रीमती दकी चोका कार्यरत हुनुहुन्छ। शान नान प्रिफेक्चरका बाह्रवटा जिल्ला-मामिलाको जिम्मा लिनुहुने श्रीमती दकी चोकाको आफ्नो सुख र दुखका कुराहरुबारे अब हामी जानकारी लिन जाऔं ल।

                    शान प्रिफेक्चरको विकास हाल इतिहासमा सबैभन्दा राम्रो अवधिमा प्रवेश भएको छ। तिब्बतमा आर्थिक विकास सबैभन्दा द्रुत भएको स्थान पनि शान नान प्रिफेक्चर नै हो। सन 1978 मा त्यहाँका स्थानीय बासिन्दाहरुको औसत वार्षिक आम्दानी एक सय त्रिचालिस चिनियाँ युआन मात्र थियो भने हाल झण्डै तीन हजार युआन पुगेको छ। शान नान प्रिफेक्चरका बाह्रवटा जिल्लामा नौ वर्षे अनिवार्य शिक्षा लागू भएको कुरा बताउँदै श्रीमती दकीले आफ्नो प्रिफेक्चरका सम्पूर्ण प्रौढहरुमा निरक्षरता उन्मूलन पार्ने लक्ष्यलाई पनि साकार तुल्याइएको छ भन्नुभयो। यसो भए तापनि उहाँले आफ्नो काँधमा ठूलो दबाउ लगाइएको अनुभव पनि गर्नुभएको छ। यसबारे चर्चा गर्दै श्रीमती दकीले भन्नुभयोः

                 "हाम्रो प्रिफेक्चरमा स्रोतको श्रेष्ठतालाई आर्थिक श्रेष्ठताकारुपमा बनाउनु नै हाल हाम्रो सबैभन्दा ठूलो कार्यभार हो। तिब्बतमा स्रोत पर्याप्त छ, तर यसबाट वाणिज्यको विकास हुनसकेको छैन। अब हामीले आगामी केही समयमा यस दायित्व वहन गर्नुपर्छ।"

                   शान नान प्रिफेक्चर तिब्बती संस्कृतिको मुहान हो। विगत केही वर्षदेखि यता त्यहाँको कृषि र पशुपालन व्यवसायको विकास तिब्र गतिमा हुँदैआएको छ। तर यसबाट त्यति ठूलो लाभ हुननसकेकाले किसान र पशुपालकहरुको आम्दानीमा असर परेको छ। श्रीमती दकीका अनुसार, विशेष कृषि तथा पशुपालन अखडाको निर्माणमा किसान र पशुपालकहरुलाई सघाउने शान नान प्रिफेक्चर क्षेत्रको स्थानीय सरकारको हालको मुख्य कार्य हो। उदाहरणका लागि, तिब्बती कुखुरा पालन, राम्रो गुण-स्तरयुक्त लसुन तथा सागको खेती विस्तार, दूधिला गौ-पालन व्यवसायलाई समर्थन आदि। यसका अतिरिक्त, खनिजको उत्खनन र तिब्बती कम्बल बुनाइ लगायतका जातीय हस्त-कला र पर्यवारणीय तथा सांस्कृतिक पर्यटन आदि व्यवसायको विकासलाई पनि स्थानीय सरकारले अघि बढाउने छ। यसबाट शान नान प्रिफेक्चरमा स्रोतको श्रेष्ठतालाई व्यवहारमा उतार्न सकिनेछ।

                   श्रीमती दकीको जन्म सन 1959 मा भएको थियो। तिनताका तिब्बतमा हजारौं वर्षसम्म चलेको सम्राटवादी दास-दासी व्यवस्थालाई रद्द गर्ने उद्देश्यको प्रजातान्त्रिक सुधार त्यहाँ ठूलो परिमाणमा भइरहेको थियो। श्रीमती दकीका आमा-बुबाले पनि तिब्बतको प्रजातान्त्रिक सुधार कार्यमा भाग लिनुभएको थियो। त्यसैले सानै छँदा दकीले विभिन्न ठाउँमा गई प्रजातान्त्रिक सुधारको प्रचार-प्रसार टोलीका लागि आफ्ना आमा-बुबालाई भाषा बुझाउन सहयोग गर्नेगर्नुभएको थियो।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040