china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोताला दरबारको संरक्षणकर्ता सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-06-27 09:01:07    

                दक्षिण-पश्चिमी चीनमा पर्ने तिब्बत स्वायत्त प्रदेशको ल्हासास्थित पोताला दरबारको नाउँ विश्वभरि फैलिएको छ। तिब्बती जनताका लागि त्यस पवित्र दरबारको संरक्षण गर्नका लागि पोताला दरबार व्यवस्थापन कार्यालयका कर्मचारी र पोताला दरबारका भिक्षुहरुले अथक प्रयास गर्नेगरेका छन।

                  पोताला दरबारको निर्माण सन सातौं शताव्दीमा शुरु भएको थियो। तिनताका त्यसलाई "लाल दरबार" भनिन्थ्यो। थु पो राज्यको पतनका साथसाथै लाल दरबार पनि क्रमशः ध्वस्त भएको थियो। सन सत्रौं शताव्दीमा पाँचौं दलाई लामाले लाल दरबारको भग्नावशेषमा एउटा महान दरबारको निर्माण गर्नुभएको थियो जून अहिलेको पोताला दरबार नै हो। त्यसपछि पोताला दरबार तिब्बतको राजनैतिक तथा धार्मिक केन्द्र बनेको छ। तिब्बती जातिको प्राचीन बास्तु कला र लाखौं लाख ऐतिहासिक अमूल्य सम्पदाको संरक्षण गरिएको पोताला दरबारलाई सन 1994 मा युनेस्कोद्बारा "विश्व सांस्कृतिक सम्पदा" सूचीमा समावेश गरिएको छ।

                  सन 1994 देखि दश वर्षभन्दा लामो समयसम्मको मरम्मत र जीर्णोद्धारका क्रममा पोताला दरबारमा सुरक्षित पुरातात्विक वस्तुलाई ठूलो परिमाणमा अन्यत्र सुरक्षित स्थानमा सारिएको छ। अमूल्य पुरातात्विक वस्तुको स्थानान्तरण कार्यको निरन्तरतालाई प्रत्याभूत गर्नका लागि पोताला दरबार व्यवस्थापन कार्यालयका कर्मचारीले सम्बन्धित कानूनको अध्ययन गर्नुभएको छ। यसबारे जानकारी दिंदै पोताला दरबार व्यवस्थापन कार्यालयका उप-प्रमुख तिंग छांग चंगले भन्नुभयोः

                "हामीले पोताला दरबारमा संरक्षित पुरातात्विक वस्तुहरुको व्यवस्थापन, अध्ययन तथा प्रयोगका आधारमा सामान्य संरक्षण कार्यलाई सबल पारेको छौं।"

                  पोताला दरबार व्यवस्थापन कार्यालयका कर्मचारी र भिक्षुहरुको संयुक्त प्रयासमा गत वर्ष पोताला दरबारमा सारिएका मूर्ति तथा अन्य पुरातात्विक वस्तुहरुको संख्या चार हजार आठ सयभन्दा बढी पुगेको छ भने किताबहरुको संख्या एक हजारभन्दा बढी। ती वस्तुहरु निकै अमूल्य भएकाले तीनलाई सार्न मान्छेले नै बोक्नुपर्छ। ती वस्तुलाई सार्ने क्रममा व्यवस्थापन कार्यालयका कर्मचारी र भिक्षुहरुले धेरै जुत्ता फटाएका छन।

                  पोताला दरबारका केही मूर्ति निकै ठूला छन। माटोबाट बनाइएका ती मूर्तिलाई सार्न सबैभन्दा गाह्रो छ। पोताला दरबारको कुनै एउटा गृहमा राखिएका मूर्तिको संख्या एक हजारदेखि दुइ हजारसम्म पुग्छ। ती हरेक मूर्तिलाई नम्बर तथा नाम दिइनुका साथै अन्य केही जटिल काम पनि गर्नुपर्छ। मरम्मतपछि नम्बर बमोजिम ती मूर्तिलाई फेरि पहिलेको ठाउँमा राख्नुपर्छ। आफ्नो कामलाई सकेसम्म राम्रो पार्नका लागि सम्बन्धित व्यक्तिहरुले निकै बढी ध्यान दिनुभएको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040