china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोताला दरबारको संरक्षणकर्ता सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-07-04 09:08:48    

                 पोताला दरबारका केही मूर्ति निकै ठूला छन। माटोबाट बनाइएका ती मूर्तिलाई सार्न सबैभन्दा गाह्रो छ। पोताला दरबारको कुनै एउटा गृहमा राखिएका मूर्तिको संख्या एक हजारदेखि दुइ हजारसम्म पुग्छ। ती हरेक मूर्तिलाई नम्बर तथा नाम दिइनुका साथै अन्य केही जटिल काम पनि गर्नुपर्छ। मरम्मतपछि नम्बर बमोजिम ती मूर्तिलाई फेरि पहिलेको ठाउँमा राख्नुपर्छ। आफ्नो कामलाई सकेसम्म राम्रो पार्नका लागि सम्बन्धित व्यक्तिहरुले निकै बढी ध्यान दिनुभएको छ। यसबारे चर्चा गर्दै पोताला दरबार व्यवस्थापन कार्यालयका उप-प्रमुख वांदोले भन्नुभयोः

                "हामीले पोताला दरबारको प्रजातन्त्र व्यवस्थापन समितिसँग सहयोग गरी सयौं पुस्तकको शुद्धिकरण गरेका छौं। तिब्बतमा सुरक्षित धार्मिक पुस्तकहरुको शुद्धिकरण गर्ने योजना चीनको केन्द्रीय सरकार तथा तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारको छ। यस क्रममा पोताला दरबारको व्यवस्थापन कार्यालयका कर्मचारीले आफ्नो दरबारमा सुरक्षित एक सय आठवटा पुस्तकको रुपरेखा तयार पार्नुका साथै अन्य केही सम्बन्धित सामग्री पनि संकलन गरेका छन।"

                 पोताला दरबारको अझ राम्ररी व्यवस्थापन गर्नका लागि व्यवस्थापन कार्यालयका कर्मचारीले पोताला दरबारका कोठा, ढोका, झ्याल र खम्बाको संख्या पनि गनेका छन। पोताला दरबारमा पुरातात्विक वस्तुहरुको संख्या गणना गर्ने काम दश वर्षभन्दा लामो समयदेखि चल्दैआएको छ। यो परियोजना मरम्मत र जीर्णोद्धारको तुलनामा अझ कठिन तथा जटिल देखिन्छ। गनेपछि प्राप्त सामग्रीले चीन भित्र र बाहिरका विद्बानहरुको अनुसन्धान तथा पर्यटकहरुको अवलोकनका लागि अभूतपूर्व महत्वपूर्ण सामग्री प्रदान गर्नेभएका छन।

                  मरम्मत गर्ने र गन्ने अवधिमा पोताला दरबारको सुरक्षाको संरक्षण कार्य पनि निकै महत्वपूर्ण देखिन्छ। पोताला दरबार व्यवस्थापन कार्यालयका प्रमुख छ्यांबा कसांगले आफ्ना कर्मचारीका साथ हरेक दिन भण्डारको निरीक्षण गर्नेगर्नुभएको छ। यसका अतिरिक्त, तिनीहरुले सधैं नै गश्ती पनि गर्नेगरेका छन। निरीक्षण तथा गश्तीका क्रममा तिनीहरुले इलेक्ट्रोनिक निगरानी प्रबन्धको प्रयोग गर्नेगरेका छन। यसबाट पुरातात्विक वस्तुको सुरक्षालाई सकेसम्म प्रत्याभूत गरिएको छ। यसबारे जानकारी दिंदै श्री छ्यांबा कसांगले भन्नुभयोः

                "हामीले आधारभूत प्रबन्धको प्रयोग गरेका छौं। तर हामी अझ पनि होशियार हुनुपर्छ। पोताला दरबारको पुरातात्विक वस्तुको राम्ररी संरक्षण गर्न हामी स्वयम् आफैंले प्रयास गर्नुपर्छ।"

                  पोताला दरबारका ती संरक्षणकर्ताले महान दरबारको संरक्षण गर्नेगरेका छन। केही कर्मचारी र भिक्षुहरु बूढा भइसके तापनि पोताला दरबारको संरक्षण तथा त्यसको प्रचार-प्रसारका लागि सक्रियताका साथ सुझाव प्रस्तुत गर्नेगरेका छन। यसका साथै, तिनीहरुले नयाँ पुस्ताका संरक्षणकर्तालाई पनि हुर्काउनेगरेका छन। विभिन्न पुस्ताका संरक्षणकर्ताले धार्मिक पुस्तकबारे अध्ययन गर्नुका साथै चीनको हान जातिको भाषा तथा अंग्रजी भाषाबारे पनि अध्ययन गर्नेगरेका छन। तिनीहरुले सधैं नै चीनभित्र र बाहिरबाट आउने तीर्थयात्री र पर्यटकहरुद्बारा सोधिएका प्रश्नको जवाफ खुशीसाथ दिनेगरेका छन। तिनीहरुलाई तीर्थयात्री र पर्यटकले पोताला दरबारका जीवित शब्द कोष भन्नेगरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040