
गौतम बुद्ध बाहेक चुम्ला खाँ गुम्बामा सुँचान कांबुको पूजा पनि गरिन्छ। तिब्बती सर्वसाधारणहरु सुँचान कांबु र उहाँकी दुइवटी श्रीमती राजकुमारी भृकुटी तथा वनचनलाई पनि देवीका रुपमा मान्छन। उहाँहरुले तिब्बतीहरुलाई शिक्षा क्षेत्र तथा अन्य क्षेत्रमा सहयोग गर्न दुनियाँमा आउनुभएको ठहर तिब्बतीहरुको छ। यसबारे जानकारी दिंदै श्रीमती ली स्याउ व्हाले भन्नुभयोः
"चुम्ला खाँ गुम्बाको पहिलो र दोस्रो तलाको छानामा भएको काठमा सन सातौं शताव्दीमा कुँदिएका मूर्ति त्यति बेलाका तिब्बतका शासक सुँचान कांबु स्वयम् आफैले कुँद्नुभएको हो। त्यहाँ राजकुमारी वनचनले बस्नुभएको एउटा ढुंगा छ। त्यहाँ पुग्ने धर्मावलम्बीहरुले राजकुमारीप्रति माया प्रदर्शन गर्नका लागि सधैं नै हातले त्यस ढुंगालाई छुनेगरेका छन।"
चुम्ला खाँ गुम्बामा ती मूर्तिका साथसाथै सन सातौं शताव्दीमा काठबाट बनाइएका केही ढोका र खम्बाहरु पनि राम्ररी सुरक्षित गरिएका छन। पर्यटकीय निर्देशक ली स्याउ व्हाले दिनुभएको जानकारीअनुसार, चुम्ला खाँ गुम्बाको स्थापनाका क्रममा राखिएको एउटा काठको खम्बा निकै अनौठो छ। यसभित्र मान्छेका दाँत पनि कुँदिएका छन। यसबारे चर्चा गर्दै पर्यटकीय निर्देशक ली स्याउ व्हाले भन्नुभयोः
"बौद्ध धर्मप्रति आफ्नो अगाध आस्था प्रदर्शन गर्नका लागि धर्मावलम्बीहरुले टाढा-टाढाबाट लम्पसार परेर आफ्नै शरिरले बाटोको मापन गर्दै ल्हासा पुग्नेगरेका छन। कुनै-कुनै मानिस त छ/सात वर्षसम्म यसरी आफू त्यहाँ पुग्ने बाटो आफ्नै शरिरले नाप्दै ल्हासा पुगेका छन। शारीरिक कमजोरी वा रोगका कारण आफै ल्हासा पुग्न नसक्नेभएको खण्डमा मानिसहरुले आफ्नै दाँत झिकेर आफूसङ्ग गएका मित्रलाई दिनेगरेका छन। तिनीहरुका मित्रले तिनीहरुको दाँत माथि भनिएको उक्त खम्बामा कुँद्नेगरेका छन। यसको अर्थ भनेको तिनीहरु पनि चुम्ला खाँ गुम्बा पुगेको भन्ने हो। तिनीहरुको विचारमा, आफ्नो दाँत आफ्नो शरिरको एउटा भाग हो। दाँत बलियो हुन्छ। यसबाट आफ्नो प्रबल इच्छाको प्रतिनिधित्व गर्नेगरिन्छ।"

थुप्रै धर्मावलम्बीहरुले दिनदिनै चुम्ला खाँ गुम्बा वरिपरी भएका माने घुमाउनेगरेका छन। कसै-कसैले लम्पसार परेर पूजा गर्दै अघि बढेर त्यसको परिक्रमा गरेर आफ्नो भक्ती प्रदर्शन गर्नेगरेका छन। चीनको स छुआन प्रान्तबाट त्यहाँ पुग्नुभएकी युवती छिंग छिंग ल्हासामा तीन वर्षसम्म बस्नुभएको छ। उहाँले फोटो खिच्नका लागि सधैं नै चुम्ला खाँ गुम्बा पुग्नेगर्नुभएको छ। त्यहाँ पुगेका धर्वामालम्बीहरुबाट आफूले निकै बढी अनुभव गरेको कुरा बताउँदै उहाँले भन्नुभयोः
"त्यति टाढाबाट लम्पसार पर्दै दण्डबत गरेर ल्हासा पुगेका छन, मानिसहरु। त्यसमध्ये ठूलो संख्याका धर्मावलम्बीहरु पशुपालक हुन। त्यहाँ जानका लागि तिनीहरुले आफ्ना सबै गोरु र बाख्रा तथा अन्य सामान बेच्नुपर्छ। तर पनि यसो गर्नुपरेकोमा उनिहरुलाई कुनै दुःखको अनुभव हुँदैन, बरु उनिहरुले निकै खुशी तथा मानशिक शान्तिको अनुभव गर्नेगरेका छन।"
तिर्थ यात्रीका यी पाइलासँगै हाम्रो कार्यक्रमको आजको समय सकियो।

|