china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको आली क्षेत्रको क्यामु गाउँका बासिन्दाको नयाँ जीवन सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-07-25 09:30:11    

                   चीनको तिब्बत स्वायत्त प्रदेशलाई विश्वको छानो भनिन्छ। यसका साथै दक्षिणी तिब्बतको आली क्षेत्रलाई विश्वको छानोको पनि छानो भनिन्छ। आली क्षेत्र समुद्र सतहदेखि लगभग चार हजार पाँच सय मिटर उचाईमा छ। पहिले त्यहाँका किसानहरुले दूखाका जीवन बिताउँथे। तर गत साल आली क्षेत्रमा किसान तथा पशुपालकको नयाँ आवास परियोजनाको कार्यान्वयन शुरु भएदेखि यता चीन सरकारको ठूलो परिमाणको रकमको सहायतामा स्थानीय किसान र पशुपालकले पहिलेको पुरानो कोठाबाट फराकिलो तथा उज्यालो एवम् नयाँ घरमा सर्न पाएका छन। अब हामी स्थानीय किसान तथा पशुपालकको नयाँ जीवनबारे अनुभव गर्न आली क्षेत्रको क्यामु गाउँमा जाऔं ल?

                  क्यामु गाउँ आली क्षेत्रको स्थानीय सरकारको कार्यालय पर्ने श छुआन ह गाउँबस्तीदेखि बीस किलोमिटर टाढा छ। हाल त्यहाँका स्थानीय किसान र पशुपालकको तिब्बती शैलीको नयाँ घर र आ-आफ्नो आँगन छ। केही किसान र पशुपालकको घर दुइ तलाको पनि छ। क्यामु गाउँका प्रमुख कामा छरिंगले दिनुभएको जानकारी अनुसार एक वर्षअघि यहाँ कुनै पनि घर थिएन। स्थानीय किसान र पशुपालकहरु अझ टाढा पहाडी क्षेत्रमा बस्दथे। सन 2006 को अप्रिलमा चीन सरकारले एकचालिस लाख चिनियाँ युआन पठाएर क्यामु गाउँका किसान र पशुपालकको नयाँ आवास परियोजनाको कार्यान्वयन शुरु गरेको छ। यसबारे जानकारी दिंदै श्री कामा छरिंगले भन्नुभयोः

                "हाम्रो गाउँमा जम्मा सन्तान्वन्न वटा परिवार र दुइ सय उन्नासी जना बासिन्दा छन। तिनीहरुले मुख्यतया पशुपालन गर्छन भने कोही बाहिर गएर जागिर खाएर पनि आम्दानी गर्दछन। यहाँ सारेअघि तिनीहरुको घर माटोले बनाइएको थियो। गत सालमा नयाँ आवास परियोजनाको कार्यान्वयन शुरु भयो। सरकारको सहयोगमा हामीहरु नयाँ घरमा सारेका छौं।"

                    श्री कामा छरिंगले दिनुभएको जानकारी अनुसार उक्त नयाँ आवास परियोजनामा नयाँ निर्माणधिन घरहरुको कूल क्षेत्रफल पाँच हजार वर्गमिटर जति छ। ती नयाँ आवासको निर्माणमा सरकारको अनुदान र किसान तथा पशुपालकको व्यक्तिगत खर्चसमेत जोडिएको छ। क्यामु गाउँमा बीसवटाजति परिवारको घर एक सय वर्गमिटरभन्दा बढी छ। सो गाउँमा सबैभन्दा सानो घरको क्षेत्रफल भनेको साठी वर्गमिटर रहेको छ।

                    पहिले क्यामु गाउँका किसान र पशुपालकहरु होचो, अंध्यारो र सांघुरो कोठामा बस्दथे। कुनै परिवारमा त सम्पूर्ण सदस्यहरु एउटै कोठामा अर्थात एउटै सुत्ने कोठा र एउटै भान्छाको प्रयोग गर्नेगर्दथे। पाहुना आएको खण्डमा आफ्नो परिवारका सदस्यहरु कोठा बाहिर सुत्नुपर्थ्यो। हिउँद ऋतुमा त्यहाँ जाडो हुन्छ। बाहिर सुत्दा तिनीहरु निकै कठाङ्ग्रिनु पर्थ्यो हात-गोडा सधैं चोट लागेको जस्तो हुन्थ्यो। लाबा तुन्चु नामक एक जना किसानले लामो समयअघि आफूले एउटा नयाँ घरको निर्माण गर्ने योजना गरेको कुरा बताउँदै दुखेसो पोख्दै भन्नुभयोः आफूसँग पर्याप्त खर्च नभएकाले उक्त योजना कार्यान्वयन गर्न सकेको थिइन। तर हाल उहाँको एक सय वर्गमिटर जतिको एउटा ठूलो नयाँ घरको निर्माण पूरा हुन लागेको छ। यसबारे चर्चा गर्दै उहाँले खुशी व्यक्त गर्दै भन्नुभयोः

                  "यो घरको निर्माणमा जम्मा पचास हजार चिनियाँ युआन खर्च हुन्छ। मैले दश हजार जति मात्र लगानि गरेको छु। अन्य सबै खर्च सरकारले उपलव्ध गराएको हो। अब मेरो नयाँ घरको निर्माण पूरा हुन लागेको छ। यसको तुलनामा मेरो पहिलेको कोठा कति सानो र कति साँघुरो देखिन्छ।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040