
श्री लाबा तुन्चुको नयाँ घर निकै सुन्दर देखिन्छ। यो फराकिलो हुनुका साथै उज्यालो पनि छ। उहाँको नयाँ घरमा अतिथि कक्ष, भान्छा घर र भण्डार कोठा सबै छन। घरमा राखिएका तिब्बती शैलीका विभिन्न बस्तुबाट आधुनिक शैली पनि झल्किन्छ। मायालु लाबा तुन्चुले आफ्नो सुत्ने कोठा, भान्छा घर र अतिथि घरलाई देखाउनुका साथै गदगद भएर भन्नुभयोः
"म उनान्साठी वर्षको भएँ। पहिले मैले यस्तो राम्रो घरमा बस्न पाएको थिइन। चालू वर्षमा मेरो जीवनमा कांचुली फेरिएझैं ठूलो परिवर्तन भयो। मलाई ज्यादै सुख तथा आनन्द लागेको छ।"
नयाँ घरमा सारेका क्यामु गाउँका सबै तिब्बती किसान र पशुपालकहरुले आनन्दको अनुभव गर्नुका साथै टेलिभिजन, टेलिफोन र रेडियो आदि आधुनिक सञ्चारको सेवामार्फत बाह्य संसारसित पनि सम्पर्क राख्न पाएका छन। यसबाट सो गाउँका धेरै बासिन्दाले टारभूमिबाट बाहिर गएर चीनको भित्री भूमिमा आएर जागिर खाने र अध्ययन गर्ने अवसर पनि पाएका छन। क्यामु गाउँका प्रमुख कामा छरिंगले दिनुभएको जानकारी अनुसार हाल क्यामु गाउँमा जम्मा एक सय पन्ध्र जना श्रमिक छन। तीमध्ये पचास प्रतिशत श्रमिकले बाहिर जागिर खाइरहेका छन। यसका साथै आफ्नो गाउँका केही किसान र पशुपालकका छोराछोरी पनि चीनको भित्री भागका प्रान्त वा शहरका विद्यालयमा अध्ययनरत छन। श्री लाबा तुन्चुकी छोरी मिमा फुछ सिन च्यांग युगुर जातिय स्वायत्त प्रदेशमा अध्ययनरत छिन। उनले आफ्ना बुबाआमासँग सधैं नै टेलिफोनमार्फत कुराकानी गर्ने गर्दछिन। टेलिफोन गर्दा तिनीहरु कति खुशी देखिन्छन।

स्थानीय सरकारले नयाँ आवासमा सार्न आफ्ना बासिन्दाको सहयोग गर्नुका साथै नयाँ उत्पादित परियोजनाको सिर्जना गरी आफ्नो आम्दानीलाई बढाउनका लागि पनि तिनीहरुलाई सघाउ पुर्याएको छ। क्यामु गाउँका प्रमुख कामा छरिंगले दिनुभएको जानकारी अनुसार क्यामु गाउँका केही युवकहरुले सिन च्यांग युगुर जातिय स्वायत्त प्रदेशमा कुखुरा पालनबारे अध्ययन गर्न सरकारले प्रोत्साहन गरेको छ। तिनीहरुले सम्बन्धित प्रविधि सिकेर फर्केपछि आफ्नो गाउँमा एउटा कुखुरा पालन केन्द्रको निर्माण गर्ने योजना पनि बनाएका छन्। यसका अतिरिक्त आफ्नो गाउँमा केही गाडीको प्रयोग गरी ढुवानी कार्यको पनि विकास गर्न सकिन्छ भन्ने उनिहरुको सोचाइ रहेको छ। चीन सरकारको आर्थिक सहायतामा क्यामु गाउँमा निर्माण गरिएको गाई-बाख्राको पालन केन्द्र छिटै सञ्चालनमा आउने योजना पनि छ। यसबारे जानकारी दिंदै श्री कामा छरिंगले भन्नुभयोः
"हाल हाम्रो गाउँमा एउटा दुधालू गाईको पालन केन्द्र र एउटा बाख्राको पालन केन्द्रको तयारी कार्य पूरा भइसकेको छ। शरद् ऋतुपछि हामीले किसान र पशुपालकहरुको गाई र बाख्रालाई ती केन्द्रमा अझ राम्ररी पालन गर्न प्रोत्साहित गर्नेछौं।"
चीन सरकारको सहायतामा आँफूले फराकिलो तथा उज्यालो घरमा बस्नुका साथै विभिन्न किसिमका घरेलु इलेक्ट्रोनिक बस्तुको प्रयोग पनि गर्न पाएको कुरा बताउँदै श्री लाबा तुन्चुले स्थानीय सरकारका नेताले सधैं नै आफूलाई हेर्न आएर जीवनमा आवश्यक बस्तुलाई पुर्याउने गर्नुभएको कुरा बताउनुभएको छ। तिनीहरुको सहयोगमा आफ्नो जीवन पहिले जस्तै कठिन र दुःख छैन निकै आनन्द छ भन्नुभयो। यसका साथै उहाँले आफूलाई यति धेरै सहयोग दिएकाले सरकारलाई धन्यवाद ज्ञापन गरेर आफ्नो गाउँका बासिन्दाको जीवन अझ सुखमय हुँदै जानेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

|