
गत जुन एकाईस तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सफलताका साथ तिब्बतको ल्हासामा सम्पन्न भयो। ल्हासामा आयोजित ज्योति रिले कार्यक्रममा सहभागि पहिला ज्योतिवाहक प्रतिनिधि गांगबुंग उत्तरतिरबाट सगरमाथाको चुचुरोमा पुग्नुभएको पहिलो बहादुर पर्वतारोही हुनुहुन्छ। चीनको राष्ट्रिय झण्डालाई सगरमाथाको चुचुरोमा पुर्याउनुभएका पहिलो चिनियाँ पनि उहाँ नै हुनुहुन्छ। यस पाली ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आफ्नो जन्म थलोमा घुमाइने कार्यक्रमको उहाँका लागि कस्तो महत्व रहेको छ?
गत मै आठ तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई सगरमाथाको चुचुरोमा सफलताका साथ पुर्याइएको थियो। टेलिभिजनबाट सम्बन्धित प्रत्यक्ष कार्यक्रम हेर्नुका साथै उहाँले झण्डै आधा शताव्दी अघि आफैं सगरमाथाको चुचुरोमा पुगेको कुराबारे पुनः सम्झनुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"ओलम्पिक खेलदुको पवित्र ज्योतिलाई विश्वको सबैभन्दा अग्लो पहाड सगरमाथाको चुचुरोमा प्रज्वलन गरेर र घुमाउने एउटा महान कुरा हो। यसबाट सन 1960 मा म सगरमाथाको चुचुरोमा पुगेको अवस्थाबारे पुनः सम्झना गरेको छु। तिनताका सगरमाथाको चुचुरोमा पुगेपछि हामीले हाम्रो राष्ट्रिय झण्डालाई त्यहाँ फहराएका थियौं। त्यो नै भर्खरै ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई प्रज्वलन गरिएको ठाउँ हो।"

हाल सत्तरी वर्षको पुग्नुभएका बृद्ध गांगबुंगले तत्स्थानबाट ओलम्पिक खेलकुदको ज्योतिलाई सगरमाथाको चुचुरोमा पुर्याइएको कार्यक्रम हेर्न सक्नुभएन। यसका लागि उहाँलाई ठूलो दुखः लागेको छ। तर गत जुन एकाईस तारिखका दिन ल्हासा शहरमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा पहिला ज्योतिवाहक प्रतिनिधि हुनुभएका उहाँले आफ्नो हातमा लिएको ज्योतिमार्फत आफ्नो भावनालाई घुमाउनुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"सन 1958 मा म एक जना पर्वतारोहण खेलाडी थिएं अहिले त्यो पचास वर्ष बितिसक्यो। ओलम्पिक खेलकुद चीनमा आयोजना हुन गइरहेको उपलक्ष्यमा खेलकुद क्षेत्रका एक जना पूराना प्रतिनिधिका रुपमा, एक जना तिब्बती खेलाडीका रुपमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा भाग लिने अवसर पाएकोमा म निकै गौरवान्वित छु। पैचिङ्ग ओलम्पिक खेलकुदले एकता, मित्रता, भातृत्वका साथ भव्यतापूर्ण तवरबाट सफलताका साथ आयोजना गर्न सकिने मेरो दृढ विश्वास छ। किनभने हामी सम्पूर्ण चिनियाँ जनताले ओलम्पिकको दृढ समर्थन गरिरहेका छौं।"

(क्रमशः)
|