
हाम्रा रेडियोका सम्वाददाता ली चिनले सौभाग्यशाली तिब्बत र छिंगहाईमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको अवलोकन गर्नुभएको छ। यस अवसरमा उहाँले विश्वको सबैभन्दा अग्लो ठाउँमा पर्ने रेलमार्ग अर्थात छिंगहाई-तिब्बत रेलमार्गमा पनि यात्रा गर्नुभएको छ। औपचारिक रुपमा सञ्चालनमा आइसकेको दुइ वर्ष पूरा भएको छिंगहाई-तिब्बत रेलमार्गको वर्तमान अवस्था कस्तो छ? फराकिलो छिंगहाई-तिब्बत टारभूमिमा पर्ने सोही आकाशे मार्गमा हिंड्नुभएपछि श्री ली चिनले कस्तो अनुभव गर्नुभएको छ त?
"आकाशे मार्ग" भन्ने शिर्षकको गीत सुनेपछि मलाई ज्यादै रमाइलो लाग्यो र तुरुन्तै त्यहाँ जाने मेरो ठूलो इच्छा आयो भन्दै हाम्रा सम्वाददाता लि चिनले गत जुन महिनामा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिसँगै तिब्बत पुग्नुभएको थियो। ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न भएपछि उहाँले पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिवाहक विशेष विमानद्बारा छिंगहाई प्रान्तको कर्मुदेखि सि निंग शहरमा जाँदा विमानको झ्यालबाट पहिलो पटक सोही आकाशे मार्ग देख्नुभएको थियो। उहाँले आफ्नो आँखाले प्रत्यक्ष हेर्दाहेर्दै कानमा गुञ्जिन आइपुगेको "आकाशे मार्ग" गीतको बोलबारे अझ राम्ररी बुझ्नुभएको थियो।

"एकाबिहानै म शान्त एवम् शितलताले भरिपुर्ण घाँसे मैदानमा उभिरहेकी छु। भर्खरै झुल्किएको सूर्यको किरणद्बारा ढाकिएको निलगगनमा चीलहरु उडिरहेका छन्। निलगगनतर्फ बहीरहेको बादल जस्तो यस मार्गले तिब्बती छोराछोरीलाई कल्याण पुर्याइरहेको छ।......"
त्यसपछिको तिन दिनमा हाम्रा सम्वाददाताले आँफु नजिक रहेको छिंगहाई-तिब्बत रेलमार्गलाई भेट्ने अवसर धेरै पटक गुमाउनुभएको छ। उहाँ कर्मुमा बस्नुहुँदा अग्लो अग्लो खुन लुन पहाडले छिंगहाई-तिब्बत रेलमार्गलाई ढपक्क ढाकेर लुकाएको महशुस गराउँछ भने समाचार संकलन गर्दा उहाँ छिंगहाई हु तालमा पुग्नुहुँदा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको अन्तिम स्थलदेखि छिंगहाई-तिब्बत रेलमार्ग अझ केही किलोमिटर टाढा पर्दछ। छिंगहाई प्रान्त छोड्नुअघि समाचार संकलन गर्नका लागि निकै व्यस्त हुनुभएकाले हाम्रा सम्वाददाता लि चिनले छिंगहाई-तिब्बत रेलमार्गलाई पुनः हेर्ने अवसर पनि गुमाउनुभएको थियो। यसबाट उहाँलाई ज्यादै अफ्सोस लाग्यो। तर छिंगहाई प्रान्तमा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा सहभागि प्रतिनिधिहरुले छिंगहाई-तिब्बत रेलमार्गबारे आ-आफ्नो अनुभव श्री लि चिनलाई सुनाउनुभएको छ।

(क्रमशः)
|