
कर्मु शहरमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा सहभागि पहिलो ज्योतिवाहक प्रतिनिधि एबँ खखसिली प्राकृतिक संरक्षण क्षेत्रको व्यवस्थापन व्यूरोका प्रमुख छाईकाले छिंगहाई-तिब्बत रेलमार्गको निर्माणको शुभारम्भका अवसरमा आफू केही चिन्तित भएको कुरा बताउनुभएको छ। यस्तो ठूलो परियोजनाबाट छिंहाई-तिब्बत टारभूमिको कमजोर पर्यावरणीय वातावरणमा आघात पुर्याउँछ को भन्ने चिन्ता उहाँमा थियो। तर वास्तविक कुरा भनेको के हो भने छिंगहाई-तिब्बत रेलमार्गको निर्माणकर्ताले त्यहाँको वातावरणलाई ध्यानपूर्वक हेरविचार गर्नुभएका कारण "आकाशे मार्ग" जाने छिंगहाई-तिब्बत टारभूमिलाई पुनः तिब्बती सटुसको स्वर्गका रुपमा बनाइएको छ। यसबारे चर्चा गर्दै श्री छाईकाले भन्नुभयोः
"पहिले रेलमार्गको निर्माण गर्दा तिब्बती सटुसहरु डरले बाहिर जाँदैनथे। हामीले विभिन्न किसिमका उपायबारे सोचेर अन्तमा तिब्बती सटुस सार्नका लागि छिंगहाई-तिब्बत रेलमार्गको निर्माणलाई केही स्थगित गर्ने पनि निर्णय गरेको थियो। अब छिंगहाई-तिब्बत रेलमार्ग नजिकको पर्यावरणीय वातावरणसित तिब्बती सटुसहरु अभ्यस्त भइसकेका छन। केही दिनअघि चार हजारभन्दा बढी तिब्बती सटुसले पूर्वदेखि पश्चिमतर्फको छिंगहाई-तिब्बत रेलमार्गलाई पार गरेका थिए। त्यसैले चीनले वातावरणको संरक्षण गरेको छिंगहाई-तिब्बतको निर्माण एउटा राम्रो नमूना रहेको कुरा भन्न सकिन्छ।"

श्री छाइकाले भन्नुभए झैं वातावरण संरक्षण क्षेत्रमा नमूना ठानिएको छिंगहाई-तिब्बत रेलमार्गले हामीसमक्ष अझ पवित्र तथा रमणीय टारभूमिलाई देखाएको मात्र नभई हामी हरेक जनाको मन पनि छोएको छ। यसबारे चर्चा गर्दै श्री छाईकाले अगाडि भन्नुभयोः
"छिंगहाई-तिब्बत रेलमार्गको निर्माणबाट छिंगहाई-तिब्बत टारभूमिको वातावरण संरक्षणको पनि प्रवर्द्धन गरिएको छ। जनावरलाई बाटो दिने कुराबारे हामीले छिंगहाई-तिब्बत रेलमार्गको निर्माण विभागबाट सिकेका हौं। यसका अतिरिक्त छिंगहाई-तिब्बत रेलमार्ग यति ठूलो परियोजनाको निर्माणमा हामीले कुनै पनि फोहोर देखेका छैनौं। निर्माणकर्ताले रेलमार्ग नजिकको वातावरणलाई यति सफा पारेका छन। सामान्य सर्वसाधारणले पनि यसबाट उपयोगी बिषयबारे सिक्न पाएका छन। वातावरण संरक्षणबारे हाम्रो चेतना बढेको छ।"

(क्रमशः)
|