
हजारौं किलोमिटरसम्म जाने छिंगहाई-तिब्बत रेलमार्गले यांसी नदी, व्हांग ह नदी र लान छांग च्यांग नदीको मुहान क्षेत्रलाई पार गर्दछ, फराकिलो तथा सुन्दर छिंगहाई हु ताललाई पार गर्दछ, विश्वको सबैभन्दा ठूलो मानवरहित क्षेत्र अर्थात खखसिली प्राकृतिक संरक्षण क्षेत्रलाई पार गर्दछ। इत्यादि। अब दुइ वर्ष बितिसक्यो। रेलमार्ग नजिकको कमजोर पर्यावरणीय वातावरण अझ रमणीय छ कि? यसबारे चर्चा गर्दै छिंगहाई प्रान्तको सदरमुकाम सि निंगमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा सहभागि ज्योतिवाहक प्रतिनिधि, वातावरणको संरक्षणबारे फोटो खिच्नका लागि गत तेह्र वर्षमा सयौं पटक टारभूमिलाई पार गर्नुभएको फोटोग्राफर क यु स्यौले भन्नुभयोः
"छिंगहाई हु तालको पर्यावरणीय वातावरणको संरक्षण गरी त्यहाँका व्हांग यु नामक माछाको संरक्षण गर्नका लागि हाल छिंगहाई हु तालमा माछा समात्न निषेध गरिएको छ। सन 2005 देखि यता छिंगहाई हु तालको पानी कम नभई बरु त्यहाँको पानीको तह माथि बढेको देखिन्छ। यांग सी नदी, व्हांग ह नदी र लान छांग च्यांग नदीको मुहान क्षेत्रको पर्यावरणीय संरक्षणका लागि गत केही समयदेखि यता त्यहाँका बासिन्दाले अन्यत्र सर्ने गरेका छन। हाल सो मुहान क्षेत्रको बाटोको छेऊमा प्रशस्त जंगली जनावर देख्न पाइन्छ। खखसिली क्षेत्रको बाटोमा पनि तिब्बती सटुस र जंगली गधा आदि जनावर सधैं हिंड्ने गरेका छन।"

पैचिङ्ग ओलम्पिक खेलकुदको तीन दिवसीय ज्योति रिले कार्यक्रम छिंगहाई प्रान्तमा सम्पन्न भएपछि हाम्रा सम्वाददाता लि चिनले पनि सुन्दर आकाशे बाटो र सुन्दर छिंगहाई-तिब्बत टारभूमिसँग विदा माग्नुपर्दथ्यो। त्यहाँबाट प्रस्थान गर्नुअघि उहाँले छिंगहाई हु तालमा आयोजना गरिएको रिले कार्यक्रममा सहभागि ज्योतिवाहक प्रतिनिधि, मकाउबाट आउनुभएका ए यि सिनले गाउनुभएको गीतको बोलमा भनिएको अनुभव गर्नुभएको छः "टाढा टाढा ठाउँमा एउटा आकाशे मार्ग र एउटा स्वर्ग पर्दछ।"
आफ्नो अनुभवबारे चर्चा गर्दै श्री ए यि सिनले भन्नुभयोः
"छिंगहाईमा पुगेपछि मैले फराकिलो क्षेत्रफल तथा पर्याप्त सामानबारे स्पष्टताका साथै थाहा पाएको छु। छिंगहाई हु तालमा पुगेपछि मैले तालको दृश्य र पहाडको सुन्दरताबारे स्पष्टताका साथ थाहा पाएको छु। र विशेष गरी सुनौलो समुद्रको किनारमा पुगेपछि मैले गीतको रचनाकार वांग लो पिनले त्यति मीठो गीत रचना गर्न सक्नुभएको कारणबारे स्पष्टताका साथ थाहा पाएको छुः टाढा टाढा ठाउँमा एउटी सुन्दरी केटी छिन। उनको पालको छेऊमा हिंड्दा सबैले उनलाई हेर्ने गर्दछन......"

|