china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रचीन पुस्तक प्रकाशन संस्था सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-10-17 16:03:58    

                 तर आठजना कर्मचारीले वर्षभरी परिश्रम गरेर दुइ/तीनवटा पुस्तक मात्र प्रकाशन गर्न सक्नुहुन्छ। र हरेक किसिमको पुस्तक तीन हजार पर्ती मात्र प्रकाशन गर्न सकिन्छ। यसको कारण के हो? एउटा प्राचीन पुस्तकको प्रकाशनमा थुप्रै काम गर्नुपर्ने कुरा बताउँदै श्री कसांग इसीले भन्नुभयोः

                  "सर्वप्रथम, हामीले बासिन्दाहरुका घर-घरमा गएर सम्बन्धित सामग्रीहरु संकलन गर्नुपर्छ। प्राचीन पुस्तक पाएपछि हामीले त्यसको प्रतिलिपि बनाउनुपर्छ, किनभने उक्त प्राचीन पुस्तकलाई सुरक्षित राख्नुपर्छ। त्यसपछि हामीले आवश्यक तयारी गर्नथाल्छौं। हामीले उक्त पुस्तकका लेखकको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुका साथै उक्त पुस्तकको विषयबारे छोटकरीमा परिचय पनि दिनुपर्छ। तिब्बतका सामान्य प्राचीन पुस्तकहरुको सूची छैन, त्यसैले हामीले केही पटकसम्म ती पूरै पुस्तक पढ्नुपर्छ। अनि त्यसको विषयअनुसार एउटा सूची तयार पार्नुपर्छ। यी सबै तयारी काम पूरा गरेपछि हामीले कम्प्युटरमा टाइप गरेर प्रकाशन गृहमा पुर्‍याउन सक्छौं। त्यसपछि अझ तीन/चार पटक सच्याउनुपर्छ।"

                   श्री कसांग इसी पेइचिंगको एउटा प्रसिद्ध विश्वविद्यालयबाट स्नातक हुनुभएको हो। उहाँले तिब्बती शास्त्रबारे प्रशस्त पुस्तकहरु रच्नुभएको छ। चीनभित्र र बाहिरको तिब्बती शास्त्र क्षेत्रमा उहाँको ठूलो पहुँच छ। उहाँले चीनको राष्ट्रिय पुस्तक उपहार पनि पाउनुभएको छ। तिब्बतका विभिन्न गुम्बाहरुमा पनि श्री कसांग इसीको नाउँ लोकप्रिय छ। त्यहाँका भिक्षुहरु उहाँबाट इतिहासबारे सिक्न मन पराउँछन। केही बुद्धिमान भिक्षुहरुले सधैं नै उहाँसँग आदान-प्रदान गर्ने गर्नुहुन्छ।

                    तिब्बतको प्राचीन पुस्तक प्रकाशन संस्थाका उप-प्रमुख बासांग छरन हुनुहुन्छ। उहाँको प्रकाशन संस्थाबाट प्रकाशित गरिएका पचासभन्दा बढी प्रचीन पुस्तकहरुका चालिस प्रतिशत पुस्तकहरु उहाँले सच्याउनुभएको हो। तिब्बतको प्राचीन धर्मसम्बन्धी एउटा पुस्तकलाई अन्तिम पटक सच्याउँदा श्री बासांग छरनले परिश्रम गरेर जम्मा छब्बीस लाखभन्दा बढी अक्षरहरुको पुस्तकलाई सच्याउनुभएको थियो। आफ्नो असाध्यै महत्वपूर्ण कामका लागि ठूलो परिश्रम गर्नुपर्ने ठहर व्यक्त गर्दै श्री बासांग छरनले भन्नुभयोः

                 "हामीले तिब्बती शास्त्रको अध्ययनका लागि प्रत्यक्षरुपमा केही सामग्री प्रदान गरेका छौं। पहिले ती सामग्रीहरु दुर्लभ थिए। तिब्बती शास्त्र, धर्म र इतिहासबारे अध्ययन तथा काम गर्नेहरुले हाम्रो पुस्तक ज्यादै मन पराउँछन।"

                    तिब्बती शास्त्रसम्बन्धी केही विदेशी शास्त्रीहरुले पनि सधैं नै तिब्बतको प्राचीन पुस्तक प्रकाशन संस्थाका कर्मचारीहरुबाट पुस्तक किन्ने गरेका छन। आगामी दिनहरुमा अझ बढी लगानी संकलन गरेर तिब्बतका अझ बढी पुस्तकहरुलाई पाठकहरुसमक्ष पुर्‍याउने योजना तिब्बतको प्राचीन पुस्तक प्रकाशन संस्थाको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040