
चीनको तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम गत मार्च चौध तारिखका दिन कुटपिट, लुटपाट र आगजनी दुर्घटना भएपछि तिब्बतमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटकको सुरक्षाको संरक्षण गर्ने उद्देश्यले तिब्बतको स्थानीय सरकारले पर्यटन मण्डलको सत्कारलाई अस्थायी रुपमा बन्द गरेको थियो। त्यसपछि तिब्बत स्वायत्त प्रदेशको पर्यटन विभागले ध्वस्त पारिएको आधारभूत पर्यटन प्रबन्ध तथा शहरको सार्वजनिक सेवा प्रबन्धको समयमै मरम्मत गरेको छ। ध्यानपूर्वक प्रयास गरेपछि तिब्बतले हाल स्वदेशी र विदेशी पर्यटकको सत्कार पुनः शुरु गरेको छ।
तिब्बतमा हंगकंग, मकाउ र थाइवानबाट आएका स्वदेशी पर्यटकको सत्कार पुनः थालेदेखि गत जुन बीस तारिखसम्म तिब्बत स्वायत्त प्रदेशमा घुम्न आएका स्वदेशी पर्यटन मण्डलको संख्या एक सय साठीभन्दा बढी पुगेको छ। केही समयसम्म चिसो भएको तिब्बत पर्यटन पुनः तातो हुँदै आएको देखिन्छ। दक्षिणी चीनको क्वांग चौबाट तिब्बत घुम्न आएकी पर्यटक चि लिंगले आफ्नो अनुभवबारे चर्चा गर्दै भन्नुभयोः

"यहाँ आईपुगेपछि मलाई निकै आश्चर्य लाग्यो। यहाँका सबै दृश्य स्थलले मेरो मनलाई शान्त पारेको छ। विशेष गरी पोताला दरबार र चुम्ला खाँ गुम्बा बाहिरको चोकमा रातीको दृश्य कति रमणीय हुन्छ। हामी तिब्बती सर्वसाधारणको घरमा पनि गएका थियौं। एकदम खुशी लाग्यो हामीलाई। यस पटक हामी शान नान, नामुछो र शिकाचे गएका छैनौं। पछि फेरी आउने विचार हामीले गरेकाछौं।"
चीनभित्रका पर्यटकका तिब्बतको पर्यटक बजारलाई खुला पारेपछि चीन सरकारले गत जुन पच्चीस तारिखका दिन विदेशी पर्यटकको सात्कार पनि पुनः शुरु गरेको थियो। गत जुन सताईस तारिखका दिन अठाईस जना पर्यटकद्बारा गठित अमेरिकी पर्यटन मण्डल तिब्बत घुम्न आईपुगेको थियो। ती पर्यटकले ल्हासा शहरको प्रसिद्ध गुम्बा चुम्ला खाँ र पुरानो शहरमा पर्ने पाकार सडकको अवलोकन गरेका छन भने तिब्बत स्वायत्त प्रदेशको तिब्बत अस्पतालमा पर्ने थांका प्रदर्शनी पनि देख्न पाएका छन। आफ्नो अनुभवबारे चर्चा गर्दै अमेरिकी पर्यटक मेल पोर्डनले भन्नुभयोः

"हामी त्यहाँ पुगेको त्यति लामो समय भएको छैन। तर यति छोटो समयभित्र देखेका कुरा हाम्रो सोचभन्दा निकै बढी भएको छ। तिब्बत एउटा निकै सुन्दर ठाउँ हो। त्यहाँका सर्वसाधारण पनि ज्यादै मिलनसार छन। यसबाट ममा सबैभन्दा गहन छाप परेको छ। यहाँको संस्कृति, रितीरिवाज र इतिहासलाई हामीले ठूलो महत्व दिएका छौं। सुरक्षाबारे हामीले चिन्ता लिएका छैनौं।"
(क्रमशः)
|