china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको पर्यटन बजार चौतर्फी रुपमा पुनः खुला भएको बिषय सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-11-14 20:01:43    

                     तिब्बत स्वायत्त प्रदेश भ्रमण गर्ने सवैभन्दा राम्रो ऋतु ग्रीष्म ऋतु हो। ग्रीष्म ऋतुमा तिब्बतमा अक्सिजन सबैभन्दा पर्याप्त हुन्छ। यो नै तिब्बतको पर्यटन ऋतु पनि हो। पर्यटन मण्डलको पुनः सत्कार गरेपछि तिब्बती जनताको परम्परागत चाड श्वेटोन चाड, तेस्रो तिब्बतको नामुछो पैदा यात्रा सम्मेलन र नाछ्युको घोडा दौड प्रतियोगिता आदि कार्यक्रम पनि दिनप्रति दिन नजिकिंदै आएका छन। यिनले तिब्बतको पर्यटनमा नयाँ जीवन्त शक्ति पनि थपिदिएको छ। यसबारे जानकारी दिंदै ल्हासा पर्यटन कम्पनीका कर्मचारी ऊ स्याउ हुंले भन्नुभयोः

                  "स्वदेशी पर्यटन मण्डलको सत्कार हामीले गत अप्रिल महिनादेखि पुनः थालेका थियौं। थालेपछिको बजार निकै राम्रो हुँदै आएको छ। विदेशी पर्यटकको सेवा गर्न हामीले यथेष्ठ तयार गरेका छौं। गत मार्च चौध तारिखका दिन भएको दुर्घटनाका लागि यहाँ घुम्न आउन नसकेका एउटा जर्मनीका नियमित पर्यटन मण्डल र केही थाइवानेली पर्यटक मण्डलसँग हामीले सक्रियताका साथ आदान-प्रदान गरी तिनीहरुलाई पुनः निमन्त्रण गरेका थियौं। तिब्बत एउटा निकै सुन्दर तथा सुरक्षित ठाउँ रहेको कुरा हामीले तिनीहरुलाई सुनाएका थियौं। खुशीयालीपूर्वक घुमाउनका साथै हामीले ती पर्यटकलाई सुरक्षित रुपमा आ-आफ्नो घरमा पनि पुर्‍याएका छौं।"

                     गत मार्च चौध तारिखका दिन ल्हासामा भएको कुटपिट, लुटपाट र आगजनीको दुर्घटनाबाट गम्भीर नतिजा उत्पन्न हुनुका साथै नराम्रो असर परेको थियो। यस कारणले गर्दा पर्यटन मण्डलको सत्कार पनि अस्थायी रुपमा बन्द गरिएको थियो। तर तिब्बतको स्थानीय सरकारले सामाजिक स्थायीत्वको संरक्षणबारे सम्बन्धित नीति र कदमको कार्यान्वयन गर्नुका साथै ध्वस्त पारिएका आधारभूत पर्यटन प्रबन्ध र शहरको सार्वजनिक सेवा प्रबन्धको समयमै मरम्मत गरेको थियो। यसका अतिरिक्त तिब्बतको पर्यटन व्यवसायले आ-आफ्नो प्रबन्धको सुधार गर्नुका साथै आ-आफ्नो सेवाको स्तरलाई माथि उकास्ने बिषय प्रधानता रहने तयारी पनि गरेका छन। यसबारे जानकारी दिंदै तिब्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोका उप-प्रमुख चानोले भन्नुभयोः

                  "तिब्बतको परिस्थिति स्थायीत्वपूर्ण रहेको छ, समाज मेलमिलापयुक्त रहेको छ, बजार समृद्धि रहेको छ, वातावरण सुन्दर रहेको छ, पर्यटन मण्डलको सञ्चालन अवस्था स्थीर रहेको छ। हाम्रो प्रदेशको भ्रमण गर्न हामीले चीनभित्र र बाहिरका पर्यटकको हार्दिक स्वागत गर्दछौं। तिब्बत घुम्न आएका पर्यटक खुशीयालीपूर्वक आएपछि चित्त बुझेर फर्कन प्रत्याभूत गर्ने उद्देश्यले हामीले अझ सुरक्षित तथा उच्च गुण-स्तरको सेवा उपलव्ध गराउने भएका छौं।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040