china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    खखसिली प्राकृतिक संरक्षण क्षेत्रको व्यवस्थापन व्यूरोका प्रमुख छाई का सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-11-21 18:24:21    

                  पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई छिंगहाई प्रान्तमा घुमाउने कार्यक्रममा सहभागि पहिलो ज्योतिवाहक प्रतिनिधि छाई का खखसिली प्राकृतिक संरक्षण क्षेत्रको व्यवस्थापन व्यूरोका प्रमुख हुनुहुन्छ। छिंगहाई प्रान्तका बासिन्दाले उहाँलाई तिब्बती सटुसका बुबा भन्ने गरेका छन। उहाँ निकै मिलनसार हुनुहुन्छ। तापनि खखसिली प्राकृतिक संरक्षण क्षेत्रका जंगली जनावरको संरक्षण गर्ने क्रममा उहाँले अवैधानिक रुपमा शिकार गर्ने तत्वसितको संघर्षमा सबैभन्दा पहिले गोलि हान्नुभएको थियो। हाल पचास वर्षभन्दा बढी उमेर पुग्नुभएका उहाँले तिब्बती सटुसलाई पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतीकका रुपमा बनाउनका लागि अथक प्रयास गर्नुभएको छ। यसबारे गौरवान्वित भएर चर्चा गर्दै उहाँले भन्नुभयोः

                   "यहाँका थुप्रै बासिन्दाले मलाई तिब्बती सटुसको बुबा भन्छन। मेरो जन्मथलोका इष्टमित्रहरुले मेरो बास्तविक नाम छाई का भन्दैनन। मलाई देखेपछि तिब्बती सटुसका बुबा आयो भनेर कराउने गरेका छन।"

                   यो कुरा भन्दाभन्दै श्री छाई का खुशी भएर हाँस्नुभयो। उहाँको अनुहार गहुँ गोरो रंगको छ। उहाँ ज्यादै मिलनसार हुनुहुन्छ। तिब्बती जातिका छाई काले खखसिली प्राकृतिक संरक्षण क्षेत्रका तिब्बती सटुसका लागि झण्डै आधा शताव्दीसम्म काम गर्नुभएको छ।

                    श्री छाई काको जन्म छिंगहाई प्रान्तको यु शु तिब्बती स्वायत्त प्रिफेन्चरमा भएको हो। उहाँका बुबा एक जना पशुपालक हुनुहुन्छ। पहिले निकै कठिन वातावरण तथा अवैधानिक शिकारको त्रासबाट खखसिलीमा बसेका तिब्बती सटुसको संख्या दुइ लाखबाट बीस हजारको संख्यामा झरेको कुरा श्री छाई काले आफ्नै आखाँले देख्नुभएको थियो। तिनताका तिब्बती सटुस विश्वमा लोप हुनलागेको संकट पनि देखा परेको थियो। खखसिली प्राकृतिक संरक्षण क्षेत्रको व्यवस्थापन व्यूरोका प्रमुख हुनुभएपछि श्री छाई काले शिकार विरोधी टोलीलाई लिएर खखसिलीको मानवरहित क्षेत्रभित्र प्रवेश गर्नुभएको थियो। त्यहाँको भौगोलिक अवस्था जटिल छ। त्यहाँको औसत उचाई समुद्रको सतहदेखि चार हजार पाँच सय मिटरभन्दा अग्लो छ। त्यहाँ प्रवेश गर्नुभएपछि उहाँ र उहाँको टोलीले अवैधानिक शिकार खेल्ने तत्वसँग भिषण संघर्ष गरेका थिए। उहाँहरुको प्रयासमा गत दश वर्षदेखि यता तिब्बती सटुसको बास स्थानको वातावरणमा ज्यादै ठूलो सुधार हुँदै आएको छ। यसबारे चर्चा गर्दै श्री छाई काले भन्नुभयोः

                  "हिजो मैले एउटा उपग्रह फोनबाट के कुरा थाहा पाएको छु भने खखसिलीको केन्द्रिय ठाउँमा पर्ने सूर्य ताल नजिकको क्षेत्रमा झण्डै दश हजार वटा तिब्बती सटुसले प्रजनन गरे। हुन त अवैधानिक शिकार गर्ने तत्वले गोलि हान्ने गरेको आवाज खखसिलीदेखि दिनप्रति दिन टाढा हुनुका साथै तिब्बती सटुस मानव जातिसित दिनप्रति दिन नजिकिंदै आएका छन। मानव जाति र प्रकृतिबीचको मेलमिलापयुक्त दृश्य खखसिलीमा सधैं नै देख्न पाइन्छ।"

                   पहिले कठिन वातावरणमा रहेको तिब्बती सटुस हाल क्रमशः दुखद अवस्थाबाट पार भएका छन। श्री छाई का र छिंगहाई प्रान्तको स्थानीय सरकारको प्रयासमा तिब्बती सटुस पैचिङ्ग ओलम्पिक खेलकुदका प्रतीकहरुमध्येको एक बनेको छ। तिब्बती सटुसका रुपमाबाट बनाइएको यंग यंग नामक ओलम्पिम खेलकुदको प्रतीक हाल सारा विश्वमा चर्चित भएको देखिन्छ। आफ्नो पहिलेको निर्णयबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                 "तिब्बती सटुस ओलम्पिक खेलकुदको प्रतीक बन्न सक्ने कि नसक्ने भन्ने कुरा हाम्रा लागि त्यति महत्वपूर्ण होइन। बरु दर्ताको प्रक्रिया अझ महत्वपूर्ण देखिन्छ। यस प्रक्रियाबाट अझ बढी मानिसले तिब्बती सटुसबारे अझ बढी जानकारी लिन सक्छन। तीनको संरक्षणका लागि यो निकै उपयोगी हुन्छ।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040