
दर्ता गर्नुभएको छोटो समयपछि श्री छाई काले पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिको पत्र पाउनुभयो। त्यस अघि उहाँ र अवैधानिक शिकार विरोधी टोलीको त्यति ठूलो आशा थिएन। तर त्यस पत्रले उहाँहरुलाई आशावाद बनायो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"केही समयपछि पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिले मलाई एउटा पत्र पठायो। यस पत्रको बिषयले ममा गहिरो छाप पारिदियो। यसमा भनिएको छः तिब्बती सटुसको संरक्षणमा तपाईंहरुले गर्नुभएको सबै कार्य र प्राप्त गर्नुभएको उपलव्धि हरियो ओलम्पिक भन्ने पैचिङ्ग ओलम्पिक खेलकुदको धारणासित मिलेका छन। यो कुरा पढेर म ज्यादै गदगद भएँ। यसबाट म अत्यन्तै आशावाद थिएँ।"
त्यसपछिका दुइ वर्षमा श्री छाई का तथा उहाँका मित्रहरुले तिब्बती सटुसको नाउँलाई फैलाउनका लागि यताउती घुम्ने गरे। अन्तमा इन्टर्नेटमा आयोजना गरिएको मत सर्भेक्षणमा तिब्बती सटुसले औपचारिक रुपमा पैचिड्ग ओलम्पिक खेलकुदको एउटा प्रतीक यंग यंग बन्यो। त्यस सुखद क्षण चाहिं आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण स्मृति हो भन्दै उहाँले भन्नुभयोः

"पैचिङ्ग ओलम्पिक खेलकुदका प्रतीकलाई सार्वजनिक गरिएको दिनमा मैले केन्द्रिय टेलिभिजनको पाँचौं च्यानलबाट शुरुमान नै यस सुखद कुरा थाहा पाएँ। त्यसको भोलि पल्ट मैले पैचिङ्गको वांग फु चिंग सडकमा गएर थुप्रै खेलौना किनेँ। यसका लागि मैले चार/पाँच हजार जति चिनियाँ युआन खर्च गर्न पठाएको थिएँ। ती उपहारलाई मैले घर फर्केपछि त्यहाँका इष्टमित्रहरुलाई बाँडेको थिएँ।"
श्री छाई काको विचारमा ओलम्पिक खेलकुदको प्रतीक यंग यंगले तिब्बती सटुसको संरक्षणमा ठूलो आशा जगाएको छ। यस्तो जनावरबाट देखाइएको भावनाले पनि ओलम्पिक खेलकुदका लागि योगदान पुर्याउन सकिन्छ भन्दै श्री छाई काले भन्नुभयोः
"तिब्बती सटुसमा ओलम्पिक खेलकुदको भावना प्रतिबिम्बित भएको देखिन्छ। त्यो भनेकोः अझ अग्लो, अझ छिटो र अझ बलियो हो। किनभने तिब्बती सटुस समुद्र सतहदेखि निकै अग्लो उचाईमा बस्दछन। ओलम्पिक खेलकुदको भावना पनि अझ अग्लो भन्ने होइन? ओलम्पिक खेलकुदको सबैभन्दा अग्लो स्थानमा पुग्ने खेलाडीहरुको इच्छा हुन्छ। तिब्बती सटुसले विश्वको सबैभन्दा अग्लो छिंगहाई तिब्बत टारभूमिमा बस्दछन। समुद्र सतहदेखि पाँच हजार मिटर भन्दा अग्लो ठाउँमा तिब्बती सटुसले दौड्ने गति गाडीको तुलनामा अझ छिटो हुन्छ। वर्षभरी नै हिउँले ढाकिने वातावरणमा जीवन्त हुन सक्ने तिब्बती सटुसको भावनाले हरेक मानिसलाई प्रोत्साहित गर्दछ।"

|