china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको लिन्च जिल्लाको विशेष कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-12-05 16:37:54    

                  चीनको तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा पर्ने लिन्च जिल्लाको दृश्य निकै सुन्दर देखिन्छ। मन्पा र लोपा आदि अल्पसंख्यक जातिका मानिसहरु त्यहाँ बसोबास गर्दछन। विगत केही वर्षदेखियता लिन्च जिल्लाले खाद्यान्नको मिलिजुली उत्पादन शक्तिको संरक्षण तथा प्रवर्द्धनका आधारमा विशेष कृषि तथा पशुपालन व्यवसायलाई सक्रियताका साथ विकसित पारी स्थानीय किसान र पशुपालकहरुलाई दिन प्रतिदिन धनी बनाउँदैआएको छ।

                  लिन्च जिल्लाको सदरमुकामदेखि बीस किलोमिटर टाढा बा यी बस्ती हरिया पहाड तथा नीलो खोला-नालाको काखमा पर्दछ। यहाँको जनसंख्या तीस हजार जति छ। सो गाउँमा बसोबास गर्ने महिला यांचिन साग खेती गर्न निकै सिपालु भएका कारण उहाँको नाउँ चारैतिर फैलिएको छ। उहाँले गोल्भेडा, काँक्रोलगायतका दशभन्दा बढी किसिमका तरकारीहरुको खेती गर्नुहुन्छ। यसबाट उहाँको परिवारले हरेक वर्ष साठी हजारदेखि सत्तरी हजार चिनियाँ युआनसम्मको आम्दानी गर्नेगरेको छ। तरकारीहरुको खेतीबाट प्राप्त आम्दानीबारे चर्चा गर्दै श्रीमती यांचिनले भन्नुभयोः

                  "पहिले मैले खाद्यान्नको खेती गर्नेगरेकी थिएँ। तर खाद्यन्नको उत्पादन परिमाण कम भएकाले यसको बिक्रीबाट त्यति धेरै पैसा कमाउन सकिंदैनथ्यो। यसै कारण मेरो परिवारको अवस्था पनि कमजोर थियो। लगभग छ वर्षअघि मैले तरकारीहरुको खेती गर्नथालेँ। त्यसपछि मेरो आम्दानी दिन प्रतिदिन बढिरहेको छ। र हाम्रो जीवनस्तरमा पनि निरन्तररुपमा सुधार हुँदैआएको छ।"

                  श्रीमती यांचिनलगायत स्थानीय किसान तथा पशुपालकहरु सबैलाई धनी बनाउने मानिस उहाँका गाउँका प्रमुख निमा हुनुहुन्छ। आफ्नो गाउँमा सबैभन्दा पहिले ढुवानी ब्यापारमार्फत धनी भएका किसान पनि श्री निमा हुनुहुन्छ। आफूले कमाएको पैसाबाट उहाँले आफ्नो नयाँ घरको पनि निर्माण गर्नुभयो। हाल उहाँको गाउँमा बस्ने अधिकांश किसान र पशुपालकले विशेष कृषि तथा पशुपालन व्यवसायकै कारण नयाँ घर बनाउन सफल भएको कुरा बताउँदै श्री निमाले भन्नुभयोः

                  "सन 2000 देखि हाम्रो गाउँका धेरैजसो सर्वसाधारणले तरकारी खेती गर्नथालेका हुन। सन 2006 मा हाम्रो गाउँका सर्वसाधारणको औसत वार्षिक आम्दानी एघार हजार नौ सय चिनियाँ युआन थियो। सन 2010 सम्म हाम्रो औसत वार्षिक आम्दानी बीस हजारभन्दा बढी पुर्‍याउने हाम्रो लक्ष्य छ।"

                  लिन्च जिल्लामा कृषि तथा पर्यटनको स्रोत पर्याप्त छ। विगत केही वर्षदेखि यता सो जिल्लाले आफ्नो स्रोतको श्रेष्ठताको प्रयोग गरी वन, औषधि तथा तरकारी खेती आदि विशेष श्रेष्ठतायुक्त कृषि व्यवसायको विकास गर्दैआएको छ। यसका साथै, तिब्बती सुंगुर र तिब्बती कुखुरा-पालन व्यवसाय पनि अविच्छिन्नरुपमा विकसित हुँदैआएको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040