
विगत केही वर्षदेखि यता तिब्बतले कृषि वस्तुको प्रशोधन, तरकारी खेती र दूधजन्य वस्तुको प्रशोधनको विकासका माध्यमबाट स्थानीय किसान तथा पशुपालकलाई धनी बनाएको छ। तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन ब्यूरोबाट प्राप्त तथ्यांकअनुसार, सन 2004 देखि 2006 सम्म तिब्बतका विभिन्न स्थानमा सञ्चालित विशेषतायुक्त कृषि तथा पशुपालन परियोजनाहरुको संख्या एक सयभन्दा बढी चिनियाँ युआन पुगेको छ। हालसम्म विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसायमा सहभागी स्थानीय किसान र पशुपालकहरुको संख्या त्रिचालिस हजारभन्दा बढी पुगेको छ।विशेषतायुक्त कृषि तथा पशुपालन व्यवसाय तिब्बती किसान र पशुपालकको आम्दानी बढाउने एउटा नयाँ उपाय बनिसकेको कुरा बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका सचिव चांग छिंग लीले भन्नुयोः
"किसान तथा पशुपालकको आम्दनी बढाउने उद्देश्यले हाल हामीले दुइवटा कदम चालिरहेका छौं। एकातिर हामीले कृषि तथा पशुपालन व्यवसायको बनौटमा सामञ्जस्य गरिरहेका छौं भने, अर्कातिर किसान तथा पशुपालकहरुको गुणस्तर वृद्धिका लागि पनि प्रयास गरिरहेका छौं। किसान र पशुपालकहरुलाई सम्बन्धित प्रविधिबारे दिइने तालिममा हामीले हरेक वर्ष तीन करोडभन्दा बढी लगानी गर्नेगरेका छौं।"

प्राप्त तथ्यांकअनुसार, सन 2006 मा तिब्बत स्वायत्त प्रदेशका किसान तथा पशुपालकहरुको औसत आम्दानी लगभग दुइ हजार पाँच सय पुगेको छ जुन छ वर्षअघिको तुलनामा सत्तरी प्रतिशतले बढी हो। हाल तिब्बतका झण्डै तीन लाख जति किसान तथा पशुपालकले सफा खानेपानी पाएका छन भने सुरक्षित नयाँ आबासमा बस्नपाएका छन। यसका अतिरिक्त, पचास प्रतिशतभन्दा बढी किसान तथा पशुपालकहरुले विजुलीको प्रयोग गर्नपाएका छन।
तिब्बत स्वायत्त प्रदेशका किसान तथा पशुपालकहरुको जीवनको अवस्थामा सुधारलाई चीन सरकारको ठूलो समर्थनबाट अलग्याउन मिल्दैन। यसबारे चर्चा गर्दै तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्यांबा पुन्कोगले विगत केही समयदेखि यता चीन सरकारले तिब्बतको विकासका लागि अनेकौं सुविधाजनक नीति तर्जुमा गर्नुका साथै तिब्बतको विकासका लागि प्रशस्त रकम पनि छुट्ट्याएको कुरा प्रकट गर्नुभएको छ। यसबाट व्यापक तिब्बती किसान तथा पशुपालकहरु लाभान्वित भएको कुरा बताउँदै श्री छ्यांबा पुन्कोगले भन्नुभयोः
"चीनको केन्द्रीय सरकारको लगानीबाट राजमार्ग, विजुली, खानेपानी, आवास, शिक्षा र स्वास्थ्य आदि समस्याको समाधान गरिएको छ। तिब्बतमा निःशुल्क चिकित्सा नीति लागू भएको छ जसबाट विद्यार्थीहरुले निःशुल्क खाना, छात्राबास तथा पढाइको सुविधा पाएका छन। गत दशकदेखि यता तिब्बतमा कुनै पनि महसूल उठाइएको छैन जसबाट स्थानीय सर्वसाधारणको बोझ आधारभूत रुपमा शुन्य भएको छ भन्नसकिन्छ। चीनको केन्द्रीय सरकारको यो लगानीमार्फत सर्वसाधारणको जीवनमा ठूलो परिमाणमा सुधार हुँदैआएको छ।"

थाहा भएअनुसार, सन 2006 देखि 2010 सम्ममा चीनले तिब्बतमा विमान स्थलको निर्माण, ग्रामीण क्षेत्रमा सफाखाने पानी परियोजनाको निर्माण र हालसम्म विजुलीको सुविधा नपुगेका क्षेत्रलाई लक्षित गरी विद्युत परियोजनाको निर्माण आदिका लागि एक खरबभन्दा बढी चिनियाँ युआन लगानी गर्नेभएको छ। यसबाट तिब्बती किसान तथा पशुपालकहरुको उत्पादन तथा जीवनको अवस्थामा अझ सुधार हुँदैजाने विश्वास हामीले गरेका छौं।
|