china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-01-09 17:48:22    

                 तिब्बती चिकित्सा तथा औषधि अध्ययन केन्द्रका उप-अध्ययनकर्ता जेटेन चिग्मीले तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी यी थांकाको आधार सन आठौं शताव्दीमा चिकित्सकद्बारा रचेको पोष्ट-मार्टम चित्र रहेको ठहर गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "तिब्बती चिकित्सासम्बन्धी इतिहासमा गरिएको रेकर्डिंग बमोजिम सन 705 देखि 754 सम्म थुपो राज्यका राजा छतचुचानले सिन च्यांगका चिकित्सा विशेषज्ञ चान्बा सिलाहालाई तिब्बत आउन निमन्त्रणा दिनुभएको थियो। श्री चान्बा सिलाहाले तिब्बतमा प्रवेश गरेपछि शव चित्र र सजीव मानिसको विभिन्न भागको नाप आदिसम्बन्धी ग्रन्थको रचना गर्नुभएको थियो।"

                  श्री चान्बा सिलाहाले रच्नुभएको पोष्ट-मार्टम चित्रलाई तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांकाको मसौदा मान्नसकिन्छ। सन सत्रौं शताव्दीमा तिब्बती चिकित्सक दिसी ज्यांलिग ग्याकोले अरुद्बारा बनाइएको थांकाका आधारमा ती असीवटा थांका रच्नुभएको जानकारी दिंदै श्री जेटेन चिग्मीले भन्नुभयोः

                "श्री दिसी ज्यांलिग ग्याकोको तत्वावधानमा तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका रच्नुअघि यसबारे विभिन्न पक्षद्बारा बनाइएका थांका एकिकृत हुनसकेनन। उहाँले तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांकाको अभूतपूर्व तवरले संशोधन गर्नुका साथै तीनलाई पूर्णता दिनुभएको छ।"

                श्री दिसी ज्यांलिग ग्याको प्रसिद्ध तिब्बती चिकित्सक हुनुहुन्छ। सन 1688 मा उहाँले तिब्बतका विभिन्न ठाउँका प्रसिद्ध चित्रकारलाई बोलाएर तिब्बती चिकित्सा तथा औषधिबारे पहिलेको अनुभवबाट सिकेर यी थांकाको प्रारम्भिक रचना गर्नुभएको हो। यसमा चिकित्सा सिद्धान्त, मानिसको शरिरको बनौट र चिकित्सा यन्त्र आदि विषय समावेश छन। यसबारे चर्चा गर्दै तिब्बती चिकित्सा तथा ‌औषधि अध्ययन केन्द्रका उप-अध्ययनकर्ता जेटेन चिग्मीले भन्नुभयोः

               "प्रारम्भिकरुपमा रचिएका यी थांका अझ पूर्ण नभएको विचार श्री दिसी ज्यांलिगको थियो। त्यसैले उहाँले ती कलाकारलाई पुनः बोलाएर तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी विभिन्न ग्रन्थबारे अध्ययन गरी सन 1703 मा तिब्बती चिकित्सा तथा औषधिबारे उनासीवटा थांका पूरा गर्नुभएको हो।"

                यी उन्नासीवटा थांका र सन 1923 मा तिब्बतका प्रसिद्ध चिकित्सक चेन्‍राव नोर्बुले रच्नुभएको एउटा थांकाबाट तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी उक्त श्रृंखलाबद्ध असीवटा थांका तयार भएका हुन।

                यी थांकाको चित्र सुन्दर हुनुका साथै तीनको विषय पनि विविध छ। यसमा मानिसको शरीरको पोष्ट-मार्टम र रोगको निवारण आदि तिब्बती चिकित्साको आधारभूत विज्ञान र वास्तविक उपचारसम्बन्धी प्रविधि आदि बिषय समावेश छन। लामो समय अघि बनाइएका यी थांका केही हदसम्म क्षतिग्रसत भएका थिए। तेह्रौं दलाई लामाले त्यति बेलाका केही प्रसिद्ध तिब्बती चिकित्सकहरुलाई बोलाएर ती थांकाको पुनः मरम्मत गराउनुभएको थियो। यसरी यी असीवटा थांकालाई पूर्णरुपमा संरक्षण गरिएको छ।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040