
तिब्बत संग्रहालय र तिब्बती चिकित्सा अस्पतालमा संरक्षित यी असीवटा थांका तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी संस्कृतिको अध्ययन गर्ने अमूल्य सामग्री बनेका छन। आजसम्म पनि तिब्बतका केही विश्वविद्यालयका विद्यार्थीले तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी प्राचीन थांकाबाट अमूल्य ज्ञान प्राप्त गरिरहेका छन।
भारतीय चिकित्सा विशेषज्ञ डाक्टर दासले यी थांका देखेपछि "सन बाह्रौं शताव्दीमा चित्रबाट सम्पन्न भएको तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी यो सैद्धान्तिक प्रणाली चीनको चिकित्सा इतिहासमा मात्र नभई विश्वको चिकित्सा तथा औषधि इतिहासमा पनि दुर्लभ देखिने कुरा हो" भन्नुभएको छ।
ल्हासाको जुम्लाखाँ गुम्बालाई घेरिएको बारकोर सडकमा पुस्तौं पुस्ताका थांका कलाकारले प्राचीन उपायमार्फत तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी थांका रच्नेगरेका छन। यसरी थांकाका थुप्रै संकलनकर्ता र पर्यटकलाई भित्र्याइएको छ। थांका कलाकार दावा टाशीले पत्रकारसित कुराकानी गर्दै भन्नुभयोः
"हरेक वर्ष कतिवटा थांका बेच्न सकिन्छ।"

"हरेक वर्ष कम्तिमा एक सयदेखि दुइ सयसम्म बेच्न सकिन्छ। म कहाँ खरिद आदेश धेरै छन।"
"थांका बनाउन सिक्ने इच्छा लिएका व्यक्तिहरुको संख्या बढी छ कि।"
"थुप्रै छ। हाल केही विदेशी र भित्री भागका स्नाकोत्तर विद्यार्थीले पनि थांका बनाउन सिक्ने इच्छा गरेका छन।"
तिब्बती चिकित्सा तथा औषधि अध्ययन केन्द्रका उप-अध्ययनकर्ता जेटेन चिग्मीले दिनुभएको जानकारीअनुसार, उहाँ र उहाँका गुरु अर्थात प्रसिद्ध तिब्बती चिकित्सक चाम्पा चिलाईले तिब्बती चिकित्सा तथा औषधिबारे सम्पादन गर्नुभएको विशाल थांका चित्र-पुस्तक प्रकाशित गरिएको छ। यसबाट अझ बढी मनिसहरुले तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी सुन्दर थांकाबारे जानकारी लिनसक्ने विश्वास हामीले गरेका छौं।

|