
श्री नीमाका बुबा सुम्चुब तीन वर्षअघि श्री नीमासँगै नयाँ पर्यावरणीय गाउँमा सर्नुभएको हो। टारभूमिको घाँसे मैदानमा पचास वर्षभन्दा लामो समयसम्म बसोबास गर्नुभएको उहाँ वर्तमान जीवनप्रति सन्तुष्ट हुनुका साथै यसप्रति आशावादी पनि हुनुहुन्छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"पहिले पशुपालन क्षेत्रमा बस्दा म पशु-पालनका माध्यमबाटै दैनिक जीवनका लागि आवश्यक व्यवस्था गर्नेगर्थेँ। यहाँ सरेपछि विजुली तथा पानीको सुविधा र आवासको अवस्थामा ठूलो सुधार हुँदैआएको छ। र, विशेषगरी, उपचारका क्षेत्रमा हामीले ठूलो सुविधा पाएका छौं। पहिले अस्पताल पुग्नका लागि हामीले सत्तरीदेखि असी किलोमिटरसम्म हिंड्नुपर्थ्यो। अब हाम्रो गाउँभित्र चिकित्सा केन्द्र छ। यो हाम्रा लागि ज्यादै सुविधाजनक कुरा हो। मैले पढ्न पाएको छैन, मेरो छोरो नीमाले पनि। तर अब मेरा नातीले शिक्षा हासिल गर्ने अवसर पाएका छन। तिनीहरु विद्यालय जान इच्छुक छन। तिनीहरुले विश्वविद्यायलसम्मको शिक्षा हासिल गर्नपाए भने कति राम्रो होला।"
श्री सुम्चुम्बले भन्नुभए जस्तै नयाँ पर्यावरणीय गाउँमा सरेपछि तिब्बती पशुपालकका छोरा-छोरीले औपचारिक शिक्षा हासिल गर्ने अवसर पाएका छन। यांग सी नदीको मुहान क्षेत्रमा पर्ने जातीय विद्यालयको सुविधा चीनको भित्री भागका विद्यालयको जति छ। सन 2006 को जुलाई महिनामा निर्माण पूरा भएको सो विद्यालयमा नयाँ पर्यावरणीय गाउँका छदेखि बाह्र वर्षसम्मका सम्पूर्ण वाल-वालिका अध्ययनरत छन।

श्री नीमाका छोरो सोईनाम गोन्पो आठ वर्षको भयो। उ पनि यसै विद्यालयमा पढिरहेको छ। आफूलाई आफ्नो विद्यालय निकै मन पर्ने कुरा बताउँदै उ भन्छः
"पहिले म पढ्नका लागि विद्यालय गएको थिइन। अब विद्यालयमा पढ्न कति मजा हुन्छ। यहाँ मैले हान जातिको भाषा तथा तिब्बती जातिको भाषा आदि विषय सिकिरहेको छु। हाम्रो कक्षा निकै ठूलो छ।"
नयाँ पर्यावरणीय गाउँमा बस्ने वाल-वालिका मात्र नभई यहाँ नसरेका केही तिब्बती पशुपालकहरुले पनि आफ्ना छोरा-छोरीलाई शिक्षा दिलाउनका लागि उक्त विद्यालयमा पठाएका छन। प्रशस्त तिब्बती पशुपालकका लागि शिक्षा नै आफूहरु पहाडबाट तल झर्नुको कारण हुनुका साथै आफ्नो भविष्यको आशा पनि हो। यसबारे जानकारी दिंदै नयाँ पर्यावरणीय गाउँका जिम्मेवार व्यक्ति श्रीमती चांग स्याउ वनले भन्नुभयोः
"सरकारले हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई शुल्क मिनाहा गर्नुका साथै पाठ्य-पुस्तक पनि उपलव्ध गराएको छ। कठिन अवस्थामा परेका विद्यार्थीहरुलाई अनुदान पनि दिइन्छ। नयाँ पुस्ताका तिब्बती पशुपालकको सांस्कृतिक स्तर बढेपछि तिनीहरुको जीवन पनि आजको भन्दा अझ सुखमय हुनसक्ने हाम्रो विश्वास छ।"

विगत केही वर्षदेखि यता पशुपालनको सट्टामा घाँसे मैदानको संरक्षण तथा पर्यावरणीय वातावरणको संरक्षणका लागि त्यहाँका बासिन्दाहरुलाई अन्यत्रै सार्ने आदि कदमको कार्यान्वयनमार्फत यी तीनवटा नदीको मुहान क्षेत्रको पर्यावरणीय संरक्षणमा प्रारम्भिक प्रगति हासिल गरिएको छ। आगामी केही वर्षमा चीन सरकारले सो क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षण र पशुपालकको जीवन तथा उत्पादनसम्बन्धी आधारभूत प्रबन्धको निर्माणलाई अझ सबल पार्नेभएको छ। चीन सरकार तथा यहाँ बसोबास गर्ने बासिन्दाहरुको संयुक्त प्रयासमा तीनवटा नदीको मुहान क्षेत्रको प्राकृतिक वातावरण र तिब्बती पशुपालकको जीवन अझ राम्रो हुँदैजाने विश्वास हामीले गरेका छौं।
|