
पश्चिमी चीनको तिब्बत स्वायत्त प्रदेशको प्राकृतिक वातावरण कठिन भएका कारणले गर्दा पहिले त्यहाँका केही बासिन्दाको जीवन अप्ठ्यारो थियो। विगत केही वर्षदेखि यता चीन सरकारले तिब्बत स्वायत्त प्रदेशमा जोडतोडका साथ गरिबी निवारण कार्यक्रम लागू गरिरहेको छ। सन 2006 मा चीन सरकारले तिब्बत स्वायत्त प्रदेशमा किसान र पशुपालकहरुका लागि आवास परियोजनाको कार्यान्वयन थालेको छ। विगत दुइ वर्षदेखि यता यसमा सात अरब चिनियाँ युआनभन्दा बढी लगानी उपलव्ध गराइएको छ। सो परियोजनाबाट एक लाख बीस हजार परिवारका झण्डै छ लाख जति किसान तथा पशुपालकहरु लाभान्वित भएका छन। तीमध्ये तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम ल्हासामा बसोबास गर्ने किसान बेन बहा पनि एकजना हुनुहुन्छ।
श्री बेन बहाको घरको फराकिलो तथा उज्ज्यालो अतिथि गृहमा उहाँले तातो नौनी चिया खाँदै आफ्नो नयाँ घरबारे जानकारी दिनुभएको छ। उहाँले अगाडि भन्नुभयोः
"गत वर्ष हामी यो नयाँ घरमा सरेका हौं। पोहोरदेखि सरकारले तिब्बत स्वायत्त प्रदेशभरि आवास परियोजनाको कार्यान्वयन थालेको हो। यसमा मेरो घर पनि एक हो। गत वर्ष तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले मलाई चौबीस हजार चिनियाँ युआन अनुदानस्वरुप उपलव्ध गराएको छ। मैले आफैले पनि अलिकति थप लगानी गरेको छु। यसबाट यो नयाँ घर निर्माण गरियो। पहिले मेरो घर एकदम सानो थियो र अँध्यारो पनि थियो। यसका अतिरिक्त, त्यति सफा पनि थिएन। अब हामी यस्तो फराकिलो तथा उज्ज्यालो घरमा सरेका छौ। मेरा बुबाले यसमा खुशीसाथ वृद्धावस्था बिताउन पाउनुभएको छ।"

श्री बेन बहाले दिनुभएको जानकारीअनुसार, तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले त्यहाँका बासिन्दालाई आवासको क्षेत्रमा मात्र नभई तिनीहरुको जीवनको सुधारका लागि विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दैआएको छ। यसबारे चर्चा गर्दै श्री बेन बहाले भन्नुभयोः
"चीनका विभिन्न तहका सरकारले हाम्रो गाउँका किसान र पशुपालकलाई ठूलो सघाउ पुर्याउँदैआएका छन। किसान र पशुपालकको आवास परियोजना, किसान तथा पशुपालकको अनुदान, कम आम्दानी भएका परिवारलाई अनुदान दिने आदि सरकारले हामीलाई दिएका सबै वचनबद्धता पूरा गरेको छ। यसका अतिरिक्त, सरकारले हरेक वर्ष खेती गरिएको भू-क्षेत्रफलका आधारमा किसानलाई अनुदान दिनेगरेको छ। खेतीपाती बाहेक, रोजगारीका लागि अझ बढी मार्ग प्रशस्त पर्ने उद्देश्यले सकरकारले हामीलाई केही निःशुल्क तालिमको आयोजना पनि गरेको छ। केही प्राविधिज्ञले प्रत्यक्षरुपमा हामीलाई कृषक वस्तुको गुणस्तर वृद्धि गर्ने सरल तथा वास्तविक ज्ञान दिनुभएको छ। र कसैले गाडि मरम्मत गर्ने आदि तरिका सिकाउनुभएको छ। यसबाट हाम्रो गाउँका केही श्रमिकले खेतीपातीबाहेक अन्य तरिकामार्फत पनि आम्दानी गर्नपाएका छन।"

(क्रमशः)
|