
उनान्चास वर्षीय साचन तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरमा पर्ने दोस्रो जन-अस्पतालका डाक्टर हुनुहुन्छ। यस वर्षको शुभारम्भमा उहाँलाई चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका प्रतिनिधिका रुपमा निर्वाचित गरिएको छ। भर्खरै सम्पन्न भएको चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको वार्षिक अधिवेशनमा तिब्बतको चिकित्सा तथा स्वास्थ्य कार्यको विकाससम्बन्धी अवस्थाबारेका सुझाव चीनको केन्द्रीय सरकारसमक्ष प्रस्तुत गर्ने उहाँको इच्छा छ।
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तिब्बत स्वायत्त प्रदेशको प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको दिन श्रीमती साचन निकै गदगद हुनुभएको छ। त्यस दिन विहान उहाँले सबैभन्दा सुन्दर जातीय पोशाक लगाएर आफ्नो सम्बोधन-पत्रमा ध्यान दिएर धेरै चोटी पढ्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"हिजो राती म धेरै पटक बिउँझेँ। मलाई एकदम खुशी लाग्यो। तिब्बतको आर्थिक अवस्था पिछडिएको छ। किसान तथा पशुपालकहरुले उपचार सेवा पाउन अप्ठ्यारो छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउ पहिले तिब्बतमा कार्यरत हुनुभएको थियो। त्यसैले यसबारे उहाँको अनुभव राम्रो छ। उपचारको अवस्थाप्रति तिब्बती किसान तथा पशुपालक सन्तुष्ट भएका छन कि छैनन र उपचार सेवा हासिल गर्न सजिलो छ कि छैन भन्ने कुरामा श्री हु चिन थाउले विशेष रुपमा ख्याल राख्नुभएको छ।"

श्री हु चिन थाउसित भेट गर्नुभएको अवसरमा श्रीमती साचनले तथ्याङ्क र अन्य सामग्रीबाट तिब्बतको किसान तथा पशुपालन क्षेत्रको चिकित्सा तथा स्वास्थ्य कार्यको विकासबारे जानकरी दिनुभएको छ। उहाँले भन्नुभयोः
"हाल किसान तथा पशुपालन क्षेत्रको चिकित्सा व्यवस्था तिब्बतका सम्पूर्ण जिल्ला तथा गाउँहरुमा सत प्रतिशत लागू भइरहेको छ। किसान तथा पशुपालकको उपचार सेवाका लागि चाहिने सत्तरी प्रतिशतदेखि पचासी प्रतिशत शुल्क मिनाहा गर्नेगरिएको छ। गर्भवती महिला-किसान तथा पशुपालकले अस्पतालमा बच्चा जन्माउँदा कुनै खर्च तिर्नुपर्दैन। किसान तथा पशुपालकको चिकित्सा व्यवस्थाबाट तिब्बतका सबै किसान तथा पशुपालक लाभान्वित भएका छन।"
श्रीमती साचनको जानकारी सुन्नुभएपछि राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः
"चीनका विभिन्न तहका सरकारले सबै जनताका लागि उपचार सेवा उपलव्ध गराउनुपर्छ। हामीले चिकित्सा तथा स्वास्थ्य कार्यको जोडतोडका साथ विकास गर्नुपर्छ र विभिन्न जातिका सर्वसाधारणका सबैभन्दा बढी चासोका, सबैभन्दा प्रत्यक्ष र सबैभन्दा वास्तविक समस्याको समाधान गर्नुपर्छ।"

(क्रमशः)
|