china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्याउ फसलले लो छ्वानबासीहरुलाई धनी बनाएको कथाको दोश्रो भाग
    (GMT+08:00) 2009-04-13 17:29:23    

          लो छ्वान स्याउ रोप्ने एउटा ठूलो जिल्ला हो। समस्त जिल्लामा अन्य कुनै पनि उद्योग छैन। किसानहरुको कूल आम्दानीको पन्चानव्वे प्रतिशत स्याउबाट प्राप्त हुन्छ। किसानले स्याउ रोपेपछि उनीहरुको जीवन दिन प्रतिदिन सुधार हुंदै आएको छ। लो छ्वानका किसानहरु बाहिर रोजगारीमा जाने गरेका छैनन्। त्यसका अतिरिक्त, स्याउ उद्योगको विकास भएको हुनाले धेरै रोजगारीका अवसर ल्याइएका छन्। जसले लो छ्वान वरिपरि तथा अरु प्रान्तका किसानलाई आकर्षित पारेको छ।

          चीनमा एउटा भनाइ छ, त्यो भनेको "धनी हुनका लागि सर्वप्रथम बाटोको निर्माण गरिनुपर्छ"। त्यसको अर्थ भनेको यातायात भएपछि मात्र उत्पादित बस्तुहरुलाई बाहिर ढुवानी गरी विक्री गर्न सकिन्छ। लो छ्वान जिल्ला ह्वाङ थु पठारभूमिमा परेको कारण बाटोको निर्माण गर्न आवश्यक ढुंगा बाहिरबाट किन्नुपर्‍‍यो। यस्तो कठिन अवस्थामा लो छ्वान जिल्ला सरकारले लगानी लगाएर सम्पूर्ण फलफूल बगैंचाका लागि बाटोको निर्माण गरेको छ। ती बाटाहरुले लो छ्वानका किसानहरुलाई घरबाट निस्केर लो छ्वानका स्याउ चीनका अरु प्रान्तमा विक्री गरिनुका साथै क्यानाडा, थाइल्याण्ड, रुस, बेलायतलगायत बीसवटाभन्दा बढी मुलुक तथा क्षेत्रतर्फ निर्यात गरिएको छ।

          अहिले लो छ्वान जिल्लाका किसानहरुमाझ अर्को भनाइ पनि प्रचलित भएको छ। त्यो भनेको "धनी हुनका लागि सर्वप्रथम फराकिलो सञ्जालको निर्माण गरिनुपर्छ"। त्यसको अर्थ भनेको धनी हुन खोज्नका लागि बाटोको निर्माणबाहेक इन्टरनेटमार्फत सम्बन्धित खबर तथा विक्री गरिनुपर्छ। तपाईंहरुले गुगल वेभसाइटमा "लो छ्वान स्याउ" खोजेमा एक लाख चालीस हजारवटा सम्बन्धित चिनियाँ वेभसाइट पाउनुहुन्छ।

          लो छ्वानका स्याउमा सुन्दर रुप, मिठो स्वाद तथा गुणस्तर सुरक्षित छ। गत वर्षको पैचिङ ओलम्पिक खेलकुद अवधिमा विभिन्न देशका खेलाडीहरु, पदाधिकारीहरु तथा अतिथिहरुले खानुभएका स्याउहरु लो छ्वानको "येन आन फलफूल समूह" बाट उत्पादन गरिएको हो। येन आन फलफूल समूह पल्लो शान सि प्रान्तको प्रान्तस्तरीय महत्वपूर्ण राष्ट्रिय व्यवसाय हो। त्यसले मुख्य गरी स्याउको निर्यात तथा स्याउसम्बन्धी उत्पादित बस्तुहरुको व्यापारसम्बन्धी जिम्मेवारी लिन्छ। यस समूहका खरिद-विक्री विभागका प्रमुख चो श्याउ हुंग जानकारी दिंदै भन्नुहुन्छ,

          सन् 2003 मा हाम्रो कम्पनीको स्थापना भएदेखि यता हाम्रो कम्पनी चल्ने व्यवस्था, स्थान, संघ तथा कम्पनी जोडिएको हो। समग्र रुपमा भन्दा खेरि हाम्रो संघले स्याउको उत्पादन गर्छ भने हाम्रो विभागले स्याउको विक्री गर्छ। स्याउको संकलन हाम्रो कम्पनी वरिपरिका साठी किलोमिटरको परिधिमा गरिन्छ। स्याउको संकलनदेखि भण्डारण चौबीस घण्टाभित्र हुनुपर्छ।

          बजारमा लो छ्वान स्याउको प्रतिस्पर्धात्मक शक्ति, विशेष गरी लो छ्वान स्याउका गुणस्तरलाई माथि उकास्न उत्पादन मात्रालाई बढाउनका लागि सन् 2003मा चीनको राष्ट्रिय कृषि मन्त्रालयले लगानी लगाएर लो छ्वान स्याउको स्तरीय उत्पादनसम्बन्धी नमूना बगैंचाको निर्माण गरेको थियो। बैज्ञानिक तरिकाले रोपिएका स्याउका रुखहरु ह्वाङ थु पठारभूमिको प्राकृतिक वातावरणसित अरु राम्रोसँग अभ्यस्त भएपछि बजारको माग बमोजिमको स्याउ फसल भित्र्याइएको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत लो छ्वान समितिका प्रमुख श जानकारी दिँदै भन्नुहुन्छ,

          यहाँ परीक्षण गर्नुको उद्देश्य विभिन्न प्रकारका स्याउको बोट हुर्काउनु हो। बोटमा भएका स्याउको उच्च गुणस्तर तथा बढी मात्रा भएमा हामीले निःशुल्क रुपमा फलफूल रोप्न लागि किसानलाई प्रचार-प्रसार गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040