china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइवानप्रति थाङ शु पैको मायालु भावना सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-04-20 20:41:37    

          थाइवान र मुख्यभूमि दुई किनाराबीचको सम्बन्धमाथि ध्यान दिएका मानिसहरुले थाङ शु पैको नाम बिर्संदैनन्। चीनको राज्य परिषद्अन्तर्गत् थाइवान मामिला कार्यालयका उप-प्रमुख एवम जल डमरुका दुई किनारा सम्बन्ध संघका उप-प्रमुखको हैसियतले श्री थाङ शु पैले दुई किनाराबीचको सम्बन्ध सबैभन्दा राम्रो भएको समय देख्नुका साथै दुई किनाराबीचको सम्बन्धमा भएको कठिनाइ अनुभव गर्नुभएको छ। उहाँले दुई किनारा बीचको आदान-प्रदान तथा वार्तामा सक्रियताका साथ भाग लिएर यस इतिहासको प्रत्यक्ष साक्षी तथा सहभागी बन्नुभएको छ। आजको जीवन विविध कार्यक्रममा हामी थाइवानप्रति श्री थाङ शु पैको मायालु भावना सुनाउँनेछौं।

         श्री थाङ शु पैको जन्म चीनको शाङहाई शहरमा भएको थियो। उहाँ समाचार पत्रका पत्रकार तथा रेडियो सम्पादक हुनुभएको थियो। त्यसपछि उहाँ दश वर्षभन्दा बढी अवधिका लागि कूटनीतिज्ञ हुनुभयो। उहाँले जापानस्थित चिनियाँ राजदुताबास तथा अमेरिकास्थित दूताबासमा काम गर्नुभयो। त्यस बेला थाङ शु पैले भविश्यमा आफ्नो जीवन थाइवानसँग त्यति धेरै सम्पर्क होला भन्ने सोच्नुभएको थिएन।

         तथापि आज विगतको कुराको सम्झना गर्दा श्री थाङ शु पैले आफू र थाइवानबीचको भावना जापानस्थित चीनको राजदुताबासको कन्स्युलेट विभागका प्रमुख पद सम्हाल्नुभएदेखि शुरु भएको कुरा पत्ता लगाउनुभयो। सन् 1978मा थाइवान सत्ताले थाइवानबासीहरुलाई मुख्य भूमिमा तिनीहरुको परिवार हेर्न सिमित पारेको थियो। केही थाइवानेलीहरुले बाध्य भएर जापान गएर जापानस्थित चिनियाँ राजदूताबाससँग चीनको मुख्य भूमिमा आफ्नो परिवार हेर्नका लागि आवश्यक प्रमाण-पत्र पाउन अनुरोध गरेका थिए। श्री थाङ शु पै अहिलेसम्म पनि त्यस अवधिमा "गोप्य रुपमा" थाइवानेलीहरुलाई प्रमाण-पत्र मिलाएको कुराको याद गर्नुहुन्छ।

         त्यसबेला थाइवानेलीहरु मुख्य भूमिमा आफ्नो परिवार हेर्ने छुट थाइवान सत्ताले दिएको थिएन। त्यसैले उनीहरुले गोप्य रुपमा जापान गएर जापानस्थित चिनियाँ राजदूताबाससँग उनीहरुका लागि आवश्यक प्रमाण-पत्र मिलाउन अनुरोध गरेका थिए। अनि हामीले पनि उनीहरुका लागि गोप्य रुपमा प्रमाण-पत्र मिलाएर उनीहरुलाई मुख्य भूमिमा प्रवेश गर्न सहायता पुर्‍याएका थियौं।

         थाइवानसँगको भावना औपचारिक रुपमा स्थापना भएको बेला त्यसपछिको दशवर्ष-सन् 1988मा श्री थाङ शु पैलाई चिनियाँ परराष्ट्र मन्त्रालयको थाइवान मामिला कार्यालयका प्रमुख पदमा नियुक्त गरिएको थियो।त्यसैगरी सन् 1989मा उहाँलाई राज्य परिषद्को थाइवान मामिला कार्यालयका उप-प्रमुखको पदमा नियुक्त गरिएको थियो।

         त्यसबेला दुई किनाराबीच तीस वर्षसम्म संबन्ध स्थगन भएको अवस्था भर्खरै तोडिएको थियो। थाइवान सत्ताले बृद्ध सिपाहीहरुलाई मुख्य भूमिमा तिनीहरुको परिवार हेर्ने छुट दिएको थियो। दुई किनाराबीचको जन आदान-प्रदान पनि बढ्दै गएको थियो। यसका साथै थाइवान र मुख्य भूमिले सरकारद्वारा अधिकार दिइएको गैर-सरकारी प्रतिनिधि-जल डमरु आदान-प्रदान कोष तथा जल डमरु दुई किनारा सम्बन्ध संघको स्थापना भएको थियो। तिनीहरुले एक-अर्कासँग छलफल गर्ने जिम्मेवारी वहन गरी "सरकारले मिलाउन नसक्ने दुई किनाराबीचको मामिला" पनि मिलाएका थिए। सन् 1992मा जल डमरुका दुई किनारा सम्बन्ध संघको स्थापना भएको थियो। श्री थाड शु पै यस संघका स्थायी उप-प्रमुख निर्वाचित हुनुभएको थियो। त्यसपछि उहाँले दुई किनाराबीचको छलफल तथा वार्तामा भाग लिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040