 वास्तवमा आइस हक्की एक ज्यादै मनमोहित खेल हो साथै यो एक अति चुनौतीपूर्ण खेल पनि हो। खेलाडीहरुमा आइस स्केटींग खेलाडीको जस्तो सिपालु गुड्ने शीप हुनुका साथै हक्की खेलाडीले जस्तो हक्कीलाई आफ्नो हातमा नियन्त्रण गर्न सक्ने क्षमता पनि हुनुपर्छ र रग्वी खेलाडीको जस्तो हृष्ठपुष्ठ जीउडाल हुनुपर्छ। आइस रंगशालामा प्रतिद्बंद्ब गर्दा कहिलेकाही प्रति घण्टा एक सय किलोमीटरको छिटो गतिमा एक अर्कालाई पीछा गर्नुका साथै मगज खियाएर चलाक रणकौशल हुनुपर्छ। महिला खेलाडीलाई ख्याल विचार पुर्याउने उद्देशयमा प्रतियोगिताको नियमले महिला आइस हक्कीको प्रतियोगितामा चर्को धक्का हुन नदिने बुंदाहरु लेखिएको छ। स्वीडेनका वरिष्ठ रेफ्री एवं अन्तर्राष्ट्रिय आइस हक्की संघका पदाधिकारी फ्रेदेरिक मेरेदिथले भन्नुभयो-
"मेरो विचारमा मानिसहरुलाई महिला आइस हक्की प्रतियोगिता हेर्दा आश्चर्य लाग्ला। किनभने त्यो पुरुष आइस हक्की प्रतियोगिता जस्तो चर्को धक्का देखिंदैन। यो ज्यादै विशेष खालको छ। यसैले महिला आइस हक्की खेलका केटीहरुले झन स्तरीय शीप कौशल देखाएका छन। उनीहरुले हक्कीलाई आफ्नो नियन्त्रणमा राख्ने क्षमता र एक अर्कालाई हक्की हस्ताँतरण गर्ने शीप प्रदर्शित गरेका छन"।

अघि अघि भौगोलिक कारणले गर्दा आइस हक्की खेल हिउँद ऋतुमा नदी खोला भएको ठाउँमा र त्यसमा बरफ जमेपछि मात्र चल्न सक्थ्यो। तर आज आएर आइस इन्डोर स्टेडियम भएपछि फरक दृश्य देखा पर्यो। श्री मेरेदिथले जानकारी दिंदै स्पेन दशौंवटाभन्दा नयाँ आइस हक्की रंगशालाको निर्माण गर्ने तयारिमा छ र विश्वका धेरै मुलुकहरुले आइस खेलकूदलाई झन झन महत्वपूर्ण दृष्टि पुर्याउँदै आएका छन भन्नुभयो। उहाँले भन्नुभयो- चिनियाँ महिला आइस हक्की टीमले विश्वको अघिल्लो छैठौं स्थान लिएको थियो। त्यसैले आफूले चिनियाँ महिला आइस हक्की टीमले झन राम्रो विकास गर्न सक्ने अपेक्षा राखेको कुरा पनि बताउनुभयो।
यस हारपिन चौब्बीसौं हिउँदकालीन विश्वविद्यालय विद्यार्थी खेलकूदको प्रतियोगितामा भाग लिएका केटीहरुले आ-आफ्नो विचार पोख्दै उनीहरुले विद्यालयबाट स्नातक भएपछि सामुदायिक टीममा सहभागी हुने जस्ता तरीकामार्फत आइस हक्की खेलमा संलग्न हुने क्रमलाई जारी राख्ने कुरा भनेका छन।

हिउँदकालीन विश्वविद्यालयव्यापी खेलकूदले आइस हक्कीका केटीहरुलाई आत्मविश्वासका साथ आफ्नो कला प्रदर्शन गर्ने रंगमञ्च प्रदान गरेको छ। ती चिनियाँ आइस हक्की केटीहरुले यस खेलको राम्रो भविश्य र भावी विकास गर्न सकिने र यस्ता प्रतियोगितामार्फत झन् विस्तार हुन सक्ने उत्कट आशा राखेका छन।
|