china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रजातान्त्रिक सुधारको 50 वर्ष सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-04-28 19:16:58    

    रवि- ध्रुवजी, चीनका दुई वटा महत्वपूर्ण वार्षिक राष्ट्रिय अधिवेशनपछि आज कुन विषयमा कुराकानी गर्न मन लागेको छ तपाईंलाई?

    ध्रुव- रविजी, हुन त मैले अन्तिम एक पटक शाङ्गहाईको बारेमा केही कुरा राखेर मेरो शाङ्गहाईको भ्रमणको विषयमा कुरा टुङ्ग्याउने विचार गरेको थिएँ । तर भोलि अर्थात यस वर्षको मार्च 28 तारिकका दिन तिब्बतमा प्रजातान्त्रिक सुधार भएको 50 वर्ष पूरा हुँदैछ । त्यसैले आजको कार्यक्रममा चीनको तिब्बतको विषयमा कुराकानी गरौं जस्तो लाग्यो । के छ तपाईंको विचार रविजी ?

    रवि- हुन्छ ध्रुवजी, आजको कार्यक्रममा हामी तिब्बतको विषयमा कुराकानी गरौं । तिब्बतको विषयमा कुराकानी गर्न मन लाग्नुको कारण छ कि ध्रुवजी ?

    ध्रुव- छन् रविजी । संक्षेपमा भन्नुपर्दा चीनको स्वशासित क्षेत्र तिब्बत विश्वको छानो, उच्च पठार, राम्रो र रहस्यमय स्थानका रुपमा संसारभर प्रसिद्ध छ । त्यही तिब्बतसँग नेपालको 14 सय किलोमीटरभन्दा लामो सिमाना जोडिएको छ । अनादिकालदेखि चीनको तिब्बत र नेपालबीच भइरहेको आवतजावत, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सम्बन्ध आदिले गर्दा तिब्बत क्षेत्रसित नेपालसँग विशेष सम्बन्ध रहदै आएको छ । खासगरी तिब्बतमा बुद्धधर्मको प्रचार-प्रसार तथा त्यहाँ निर्माण गरिएका गुम्बा, मन्दिर, विहारलगायत बुद्धधर्मसम्बन्धी स्थलहरुको निर्माणमा नेपालीहरुले पुर्याएको योगदान तिब्बतभरी देख्न सकिन्छ । नेपाल र तिब्बतको ऐतिहासिक र वृहत सम्बन्धको कुरा गर्दा सातौं शताब्दीको पूर्वाद्धमा नेपालको लिच्छवि वंशकी राजकुमारी भृकुटी र तिब्बतका राजा स्रङ्गचङ्ग गम्पोको वैवाहिक सम्बन्धपछि नेपाल र तिब्बतबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको तथ्य सबैसामु छर्लङ्ग छ । नेपाल र चीनको स्वायत्तप्रदेश तिब्बतबीचको सम्बन्धको अर्को महत्त्वपूर्ण पाटो अनादिकालदेखि चल्दैआएको द्विपक्षीय ब्यापार हो । तत्कालीन ब्रिटिस साम्राज्यवादले नेपालको ठूलो भूभाग कब्जा गर्नुभन्दा पूर्व अर्थात् सन् 1900सम्म दक्षिण एशिया र हिमालय सीमापार ब्यापारको मुख्य केन्द्र नै नेपाल थियो । यसले चीनको तिब्बत र एशियाली मुलुकहरुको आवतजावत र ब्यापारमा नेपालले ठूलो योगदान दिएको थियो ।

    रवि- यो त भयो नेपाल र चीनको तिब्बतबीचको सम्बन्धको कुरा । अहिलेसम्म तपाईंले कति पटक तिब्बतको भ्रमण गरिसक्नुभएको छ ?

    ध्रुव- रविजी, मैले सन् 2000देखि 2009सम्ममा चार पटक तिब्बतको भ्रमण गरिसकेको छु । र, अझै पनि मलाई तिब्बत हेर्ने र घुम्ने रहर पुगेको छैन । फेरि मौका मिल्यो र समयले साथ दियो भने म पुनः तिब्बत जान प्रयास गर्ने छु । किनभने तिब्बतमा भएको विकास र त्यहाँ विज्ञानले पाएको प्रवेशले विश्वलाई नै एउटा नयाँ चमत्कारको अनुभव गराइरहेको छ । चीनका आधुनिक र मुख्यमुख्य सबै सहरलगायत समग्र भूभागसँग तिब्बतको सदरमुकाम ल्हासालाई रेलमार्गले जोडेपछि तिब्बतमा नवयुगको प्रारम्भ भएको सजिलै अनुमान गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, यातायात, दूरसञ्चार, औद्योगीकरण, आधुनिकीकरण जस्ता क्षेत्रमा भएको प्रगतिले चीनको दुर्गम भेगको रुपमा चिनिएको तिब्बतको स्वरुप नै बदलिएको छ । दुर्गमताका कारण रहस्य र कौतुहालताको विषय बनेको तिब्बतमा सुविधायुक्त रेलसेवको सञ्चालनपछि पुगेका पर्यटकहरुको भीड हेर्दा तिब्बत विश्व पर्यटन केन्द्रबिन्दु बन्न लागेको भान हुन्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040