
टेनिसका चारवटा महत्वपूर्ण प्रतियोगितामध्येको एक अस्ट्रेलिया खुला प्रतियोगिताको पर्दा केही दिन अघि झारियो। चीनको थाई पैबाट आएका खुलाडी लु युन स्युनले त्यस प्रतियोगितामार्फत स्वाट्टै नाम कमाएका भन्नु कुनै अत्युक्ति नहोला। उनले सबैको अनुमानभन्दा भिन्न देखाएर अर्जेन्टिनाका नामी खेलाडी नार्बादिआनलाई हराएको जुन म्याच छ, अहिलेसम्म पनि मानिसहरुको चर्चित विषय बनेको छ। अस्टेलिया टेनिस प्रतियोगितापछि यसभन्दा अघि सुनसान अवस्थामा रहेका लु येन स्युनले मानिसहरुको दृष्टिमा उत्रन थाले। उक्त महत्वपूर्ण प्रतियोगितामा सर्वोत्तम उपलव्धि प्राप्त गरेका एशियाली पुरुष टेनिस खेलाडी लु येन स्युनले अब आइन्दा हामीलाई झन धेरै सुसमाचार ल्याउँला। आजको खेलकूद कार्यक्रममा म तपाईंहरुलाई यस विषय बारे केही जानकारी दिनेछु।

प्रख्यात अर्जेन्टिनाली टेनिस खेलाडी नार्बादिआनमाथि विजय पाएपछि छब्बीस वर्षीय लु येन स्युन स्वाट्टै अस्टेलिया टेनिस प्रतियोगिता स्टेडियमभित्र र बाहिरका उज्ज्वल तारा जस्तो भए। त्यहाँको सूचना केन्द्रमा उनको बारेमा जानकारी लिने पत्रकारहरु निकै व्यस्त थिए। किनभने यसभन्दा अघि उनको बारेमा कसैलाई पनि जानकारी थिएन। कुरा कहाँसम्म भने प्रतियोगितापछि केही यूरोपेली पत्रकारले उनको नाउको उच्चारण कसरी गर्ने भनेर बारम्बार सोधेका थिए। तर यस्तो एकजना केटोले चालीस डिग्री सेल्सियस उच्च तापक्रम र चार पाँच डिग्री ठूलो बतासको मौसममा पनि ठूलो शारिरिक यातना र मनोवैज्ञानिक दवावसित जुझ्दै करीब चार घण्टासम्मको कठोर हानथाप गरेर अस्टेलिया टेनिस प्रतियोगिताका दश नम्बरका नामी खेलाडी अर्जेन्टिनाका प्रसिद्ध खेलाडी नार्बादिआनलाई पराजित गरे। यस विजयबाट निज लु येन स्युनले आफ्नो भविष्यप्रति पूर्ण आशा लिएका छन।

"यो मेरो लागि अगाडि बढ्ने एक ठूलो पाइला हो भनेर मलाई लागेको छ। किनभने यस्तो चारवटा महत्वपूर्ण खुला प्रतियोगिताका पाँचवटा म्याचमा विश्वको अघिल्ला दश स्थानमा रहेका खेलाडीहरुलाई पराजित गर्नु सांच्चै नै सजिलो कुरा होइन। यसबाट कमसेकम आज मैले यो कुरामा सफलता पाएको प्रमाणित भएको छ। मेरो लागि अब पछि अरु खेलाडीसित खेल्दा पनि उनीहरुमाथि विजय पाउन सक्ने विश्वास मैले लिएको छु"।
|