china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सानो ठाउँबाट ठूलो संसारसम्म पुग्नुभएका लुङ यौङ थुको कथा सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-05-04 20:29:44    
         "विश्व व्यापार संगठनको संलग्नता"सम्बन्धी चीनका प्रथम वार्ताकारको हैसियतले लुङ यौङ थुको नाम चीनमा धेरै प्रख्यात थियो। प्रायःजसो चिनियाँहरुको आँखामा "विश्व व्यापार संगठनको संलग्नता"सम्बन्धी वार्तामा भाग लिनुभएको कुरा श्री लुङ यौङ थुको जीवनमा सबैभन्दा उज्ज्यालो कुरा हो। तथापि लुङ यौङ थुको विचारमा विश्वको ठूलो चौतारोमा आफ्नो भूमिका रुपी नृत्य अन्त भएको छैन। आजको जीवन विविध कार्यक्रममा हामी लुङ यौङको कथा सुनाउँछौं।

         श्री लुङ यौङ थुको जन्म सन् 1943 मा छांग शा शहरमा भएको थियो। उहाँ क्वै चौ शहरमा हुर्कनु भयो। उहाँले आफूलाई पहाडबाट निस्केको बच्चा भएको कुरा भन्नुभयो।

         यस पुस्ताका हामीले धेरै कठिन अनुभव संगालेका छौं। मेरो बाल्यकालमा भोक लागेको बेलामा हामीले खानका लागि फर्सी पकाएका थियौं। पछि फर्सीको बास्ना लिनेवित्तिकै मलाई वाक्क आयो।

         तथापि सु-अवसर पाएपछि श्री लुङ यौङ थु क्रमश: पहाडबाट ठूलो संसारतिर अगाडि बढ्नुभयो। त्यसको शुरुवात उहाँले विश्व विद्यालयको मुख्य विषयको परिवर्तन गर्नुभएदेखिको थियो। क्वै चौ विश्व विद्यालयमा पढ्दा उहाँको मुख्य विषय चिनियाँ भाषा थियो। तथापि शिक्षकले दिएको हौसलामा उहाँले मुख्य विषय अंग्रेजी भाषा छान्नुभयो।

         एकजना अंग्रेजी शिक्षकले मेरो अंग्रेजी माषा राम्रो छ तथा मलाई विदेशी साहित्य मन परेको कुरा थाहा पाएपछि अंग्रेजी भाषा पढेको खण्डमा तिमी विलियम शेक्स्पियर तथा चाल्स दिकेन्सद्वारा रचना गरिएका अंग्रेजी मौलिक उपन्यास सजिलै पढ्न सक्छौ भन्नुभयो। यसले मलाई साहित्यको अनुसन्धान गर्न फाइदाजनक हुने कुरा मैले बुझेँ। यसरी मैले अंग्रेजी भाषा पढ्न थालेको थिएँ। पछि अंग्रेजी भाषा मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण साधन बनेको थियो। त्यसले मेरो कार्यमा सबैभन्दा महत्वपूर्ण चौतारोको विकास गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

         अंग्रेजी भाषा पढेको कारण सन् 1965मा विश्व विद्यालयबाट स्नातक भएपछि श्री लुङ यौङ थुलाई त्यस वर्ष सबैभन्दा बढी विदेशी भाषा सम्बन्धी दक्ष व्यक्ति चाहिने विदेशी आर्थिक तथा व्यापारिक विभागमा पठाइएको थियो। अंग्रेजी भाषा पढेको कारण सन् 1973मा श्री लुङ यौङ थुले जन गणतन्त्र चीनको स्थापना भएपछि पश्चिमी मुलुकमा पढ्ने अवसर प्राप्त गर्नुभयो। उहाँले बेलायतको लण्डन आर्थिक इन्स्टिट्युटमा अन्तर्राष्ट्रिय अर्थशास्त्र पढ्नुभयो। यसबारे सम्झना गर्दै उहाँले भन्नुभयो,

         त्यसबेला हाम्रो एउटै पुस्ताका विद्यार्थीहरुले कम पढेका थिए। तथापि हामीले विदेशमा पश्चिमी अर्थशास्त्र निष्ठापूर्वक पढेर पश्चिमी मुलुकको आर्थिक परिस्थिति तथा बजारमुखी अर्थतन्त्रसम्बन्धी केही सिद्धान्त पढेका थियौं। जसले पछि हामीले अन्तर्राष्ट्रिय गतिबिधिमा भाग लिन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

         श्री लुङ यौङ थुले त्यस बेलामा बजारमुखी अर्थतन्त्रसम्बन्धी सिद्धान्तलाई व्यवहारमा उतार्नु तथा विश्वअर्थतन्त्रमा संलग्नता आफ्नो कार्य बनेको कुराबारे सोच-विचार गर्नुभएन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040