 तर उच्च स्तरीय खेलाडीसित खेल्ने अनुभवको अभावले गर्दा त्यसपछिका म्याचहरुमा लु येन स्युनले प्रतिद्बंद्बीको कमजोरीपनलाई पत्तो नलाएर यस्तो चमत्कारलाई जारी राख्न सकेन। तर यसो हुँदाहुँदै पनि त्यस अस्टेलिया टेनिस प्रतियोगितापछि उनी एशियाली खेलाडीको नामसूचिको अघिल्लो पंक्तिमा उभिएको खेलाडी बनेका छन। यसबाट उनले आउने प्रतियोगिताप्रति आशावादी विश्वास लिंदै यथावत रुपमा टेनिस खेल्दै जाने अठोट पनि लिएका छन। उनले भने-
"मेरो वर्तमान लक्ष्य चाहिं पुरुष व्यबसायी टेनिस मञ्चको सर्वोच्च प्रतियोगिताहरुमध्येका सबै म्याचमा भाग लिन पाउनु हो। किनभने उक्त म्याचमा भाग लिने खेलाडीहरुले विश्वका अघिल्ला पचास स्थानभित्र परेमा मात्र त्यसमा सहभागी हुने हैसियत पाउने नियम छ। यसैले म नामसूचिको अझै अघिल्लो स्थानमा जानुपर्ने अपेक्षा गरिएको छ। यो यस वर्षका लागि म पुग्नुपर्ने लक्ष्य हो। मलाई के लागेको छ भने मेरो शारिरिक अवस्था र आर्थिक स्थितिले भ्याएसम्म र मेरो खेल्ने उत्साह कायम रहेसम्म आउने दुइ तीन वर्ष अझ कठीन परिश्रम गरी पाँच वर्षसम्म लगातार क्रीडास्थलमा प्रतियोगिता गर्दै जानेछु"।

वास्तवमा आठ वर्षदेखि टेनिस खेल्न अभ्यास थालेको त्यो केटो आखिरमा व्यबसायी टेनिस मञ्चमा खुट्टा टेक्नुको कारण चाहिं उनका बुबाले टेनिसका चारवटा महत्वपूर्ण प्रतियोगिता हेर्न मन पराउनुभएकोले हो। तर उनको घरको आर्थिक स्थिति त्यतिको राम्रो छैन। तालिमका लागि चाहिने खर्च तिर्न अपठ्यारो छ। उन्ले हालका लागि केही प्रायोजक व्यापारी पाएपनि लु येन स्युनले लाज नमानी के कुरा खुलाएका छन भने आफूलाई प्रत्येक सातामा प्रशिक्षकलाई निम्त्याउने पैसा नै छैन। किनभने प्रशिक्षकको साप्ताहिक शुल्क महङ्गो छ। आफूले महत्वपूर्ण म्याच आउनुभन्दा अघि मात्र आफूलाई तालिम दिन प्रशिक्षकलाई निम्त्याउने गरेको छु। तरपनि यसबाट क्रीडास्थलमा आफ्नो मनस्थिति र उत्साहमा कुनै असर परेको छैन। उनले भनेका छन-
"मेरो ध्यान क्रीडास्थलमा मात्रे केन्द्रित भएको छ। म कुनै दुख नमानी तालिम लिन्छु। किनभने मैले पैसाको चिन्तामा धेरै ध्यान दिएँ भने तालिममा आफ्नो ध्यानलाई केन्द्रित गर्न सक्ने थिइन। मैले यस पटकको प्रतियोगितामा राम्रो सफलता प्राप्त गरेंपछि अरु कम्पनीले पनि मलाई सहयोग गरेका थिए। यसबाट मलाई अरुले सही दृष्टिले हेरेको प्रमाणित भएको छ। तर यदि मलाई सहयोग गर्ने कम्पनी नभएको भए पनि म कसैलाई पनि कर गर्न सक्दिनँ। मैले झन प्रयास गर्नुपर्ने कुरा हो। त्यसमा आफैले सम्झनु पर्छ र झन राम्रो उपलव्धि पाउन जमर्को गर्नुपर्छ"।

लु येन स्युन यस्तो एकजना फुर्तिलो र साहाशिक व्यक्ति हुन। यस पटकको अस्टेलिया टेनिस प्रतियोगितामा "जल डमरुको दुवै किनाराको गठबन्धन" नामक दुइ जोडी महिला टेनिस खेलाडीहरु सहभागी डबल प्रतियोगिता थियो। आफूलाई म्याचबाट नक आउट भएर अस्टेलिया टेनिस प्रतियोगितालाई विदाई गरेपछि उनले निकै जोश जाँगर देखाउँदै उक्त गठबन्धनलाई हौसला दिएर उत्साहित बनाएका थिए र उनीहरुले म्याचमा राम्रो उपलव्धि हासिल गर्न सक्ने शुभकामना पनि व्यक्त गरेका थिए। उनले भने-
"ज्यादै खुशी छु। उनीहरुले आपसमा राम्ररी साथ दिएर खेलेका हुन। यो राम्रो र गौरवको कुरा हो। क्रीडास्थलमा उनीहरुले अथक प्रयासमार्फत राम्रो सफलता पाए। हामीले उनीहरुलाई ताली बजाएर हौसला दिनुआवश्यक छ"।
|