
तिब्बत स्वायत्त प्रदेशको तुईलुंग तछिंग जिल्लामा पर्ने नाई छ्यौं गाउँ-बस्तीको सागपात र फूल बिक्री परिषद तिब्बती किसानलाई सागपात र फूल लगाउने विषयबारे तालिम दिने गैर-सरकारी परिषद हो। यसको गठन भएको तीन वर्षदेखि यता सो परिषदले स्थानीय व्यवसायको बनौटको सामञ्जस्य गरी सागपात र फूल खेतीका माध्यमबाट गरिबीको अवस्थाबाट मुक्त भई धनि हुनका लागि स्थानीय किसानलाई ठूलो सघाउ पुर्याएको छ।
तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासादेखि दश किलोमिटर टाढा पर्ने तुईलुंग तछिंग जिल्लाको नाई छ्यौं गाउँ-बस्तीमा प्रवेश गरेपछि लहरै निर्माण गरिएका सागपात र फूल लगाउने हरित-गृह देख्नपाइन्छ। पहिले स्थानीय किसानले मुख्यतया जौंको खेती गरेर जीवन निर्वाह गर्दथे। एउटै मात्र सागपातको खेती गरेका कारण त्यहाँको उत्पादनको तरिका पिछडिएको देखिन्थ्यो। सन 2004 मा ल्हासा शहरको बजारमा सागपात र फूलको माग पूरा गर्नका लागि नाई छ्यौं गाउँ-बस्तीले सागपात र फूल व्यवसायको विकास गरी स्थानीय किसानको आम्दानी बढाउने निर्णय गर्यो। स्थानीय सरकारले सम्बन्धित केही प्रविधिज्ञबाट उक्त परिषदको गठन गर्यो। विगत केही वर्षदेखि यता सो परिषदले सागपात र फूल खेतीसम्बन्धी प्रविधिबारे स्थानीय तिब्बती किसानलाई तालिम दिनुका साथै सागपात र फूलको बिक्रीका लागि पनि सघाउ पुर्याउनेगरेको छ। यसबारे जानकारी दिंनै उक्त परिषदको बिक्री विभागका प्रमुख चु चिन शानले भन्नुभयोः

"शुरुमा धेरै किसान हाम्रो परिषदमा आउन मन पराउँदैनथे। हाम्रो जिल्लाको स्थानीय सरकारका सम्बन्धित जिम्मेवार व्यक्तिले ती किसानका घर-घरमा गएर तिनीहरुलाई हाम्रो परिषदको उद्देश्य र कार्यबारे जानकारी दिनेगरेको छ। सबैभन्दा पहिले एघारजना किसान सक्रियताका साथ हाम्रो परिषदमा संलग्न भएका थिए। सम्बन्धित तालिममार्फत तिनीहरुले सागपात र फूलको खेती गर्न सिकेका छन।"
नाई छ्यौं गाउँ-बस्तीको सागपात र फूल बिक्री परिषदको गठन स्थानीय प्रविधिज्ञ र किसानबाट भएको हो। हाल त्यसका सदस्यहरुको कूल संख्या एक सय पाँच पुगेको छ। शुरुमा सो परिषदले सागपात लगाउने एघारवटा हरित-गृहको निर्माण गरी ती एघारजना किसानलाई बाँडेर तिनीहरुलाई सागपात खेती गर्ने तरिकाबारे तालिम दिएको थियो।
सागपात लगाउने हरित-गृह पाउने पहिलो खेपका एघारजना किसानहरुमध्ये श्री लोछ एकजना हुनुहुन्छ। शुरुमा सागपात लगाउने विषयबारे उहाँमा कुनै पनि ज्ञान थिएन। उहाँलाई चिन्तित भइरहेको देखेर बिक्री परिषदका प्राविधिज्ञ उहाँको घर पुग्नुभयो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"बिक्री परिषदले पैचिङ्गबाट एकजना प्राविधिज्ञलाई निमन्त्रण गरेको थियो। उहाँसङ्ग मैले झण्डै तीन वर्षसम्म सिकेको थिएँ।"

सम्बन्धित प्राविधिज्ञको निमन्त्रणा र वास्तविक उपयोगमा हुने प्रविधिबारे आयोजित तालिम आदि तरिकामार्फत नाई छ्यौं जिल्लाको सागपात र फूल बिक्री परिषदले श्री लोछ जस्ता किसानहरुलाई सम्बन्धित प्राविधिक समस्याको समाधान गर्न सघाउ पुर्याएको छ। ती हरित-गृह हासिल गरेको पहिलो वर्षमै श्री लोछको परिवारको आम्दानी पाँच हजार चिनियाँ युआनले बढ्यो। सागपात लगाउने प्रविधिबारे सिपालु भएपछि श्री लोछले सरकारको सम्बन्धित विभागको समर्थन र आफ्नो प्रयासमा अझ बढी हरित-गृह बनाएर अझ राम्ररी सागपात लगाउने गर्नुभएको छ। अहिले उहाँको परिवारले नयाँ भवन निर्माण गरेको मात्र नभई एउटा सानो ट्रक पनि किनेको छ।
(क्रमशः)
|