china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सानो ठाउँबाट ठूलो संसारसम्म पुग्नुभएका लुङ यौङ थुको कथा सम्बन्धी विषयको दोश्रो भाग
    (GMT+08:00) 2009-05-11 20:06:27    
         सन् 1978 मा चीनले सुधार तथा खुलापन नीतिको अवलम्बन गर्न थालेको थियो। श्री लुङ यौङ थुलाई न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा काम गर्न पठाइएको थियो। त्यसपछिका सात वर्षमा उहाँ चिनियाँ प्रतिनिधि मण्डलका अनुवादक हुनुहुन्थ्यो र संयुक्त राष्ट्र संघको विकास कार्यक्रमका पदाधिकारी हुनुहुन्थ्यो। दर्जनौं मुलुकका व्यक्तिहरुसँग काम गरेपछि उहाँको अनुभव प्रशस्त मात्रामा बढ्नुका साथै उहाँलाई अन्तर्राष्ट्रिय दृष्टिकोणमार्फत विभिन्न विषय हेर्न सिकाइएको थियो।

         मैले हरेक पटक अरु मुलुकका व्यक्तिसँग वार्ता गर्दा त्यसअघि यस मुलुकको इतिहास तथा संस्कृतिबारे जानकारी लिनुका साथै यस वार्ताकारको स्वभावबारे अनुसन्धान गरेको थिएँ। यसो गरेपछि वार्ता गर्दा विभिन्न संस्कृति, स्वभाव तथा विचारमा विद्यमान अवरोध भएको थिएन। हामीले ठोस विषयबारे अरु गहन रुपमा वार्ता गर्नसकेका थियौं।

         सन् 1992मा श्री लुङ यौङ थुले चिनियाँ बैदेशिक आर्थिक तथा व्यापारिक मन्त्रालयको अन्तर्राष्ट्रिय विभागका प्रमुखको हैसियतले व्यापार र भन्सार दरमा भएको महा सम्झौताको संलग्नतासम्बन्धी वार्तामा भाग लिनुभयो। त्यस बेला व्यापार र भन्सार दरमा भएको महासम्झौताको संलग्नता सम्बन्धी चीनको वार्ता छ वर्षसम्म चलेको थियो।

         विश्व व्यापार संगठनमा पूर्व रुपमा व्यापार र भन्सार दरमा भएको महा सम्झौता, अन्तर्राष्ट्रिय मूद्राकोष तथा विश्वबैंक विश्वको आर्थिक तथा व्यापारिक सम्बन्धलाई मिलाउने तीन वटा मुख्य खम्बा हुन्। चीन व्यापार र भन्सार दरमा भएको महासम्झौताको संस्थापक मुलुकहरुमध्येको एक थियो। तथापि सन् 1950 को मार्च महिनामा थाइवान सत्ताले चीनको नाउँ लिएर व्यापार र भन्सार दरमा भएको महा सम्झौताबाट "हटेको" थियो। सन् 1986मा चीनले व्यापार र भन्सारदरमा भएको महासम्झौताको संस्थापक मुलुकको हैसियत पुन:प्राप्त गर्न निबेदन दिएको थियो। तथापि सम्बन्धित वार्ता शुरु भएपछि कुनै पनि प्रगति हासिल भएको थिएन। त्यसको कारण चीनले बजारमुखी अर्थतन्त्रको विकास गर्न अस्वीकार गरेको थियो। श्री लुङ यौङ थुले यस वार्तामा भाग लिनुभएको वर्षमा यस कुराको अवसर देखापरेको थियो-चीनले समाजवादी बजारमुखी अर्थतन्त्रको विकास गर्ने कुरा स्पष्ट रुपमा व्यक्त गरेको थियो।

         सन् 1996 को जनवरी एक तारिख व्यापार र भन्सार दरमा भएको महा सम्झौताको सट्टामा विश्व व्यापार संगठन हुने भएको थियो। श्री लुङ यौङ थुलाई "विश्व व्यापार संगठनको संलग्नता"सम्बन्धी वार्तामा चीनका प्रथम वार्ताकारका रुपमा नियुक्त गरिएको थियो। त्यसपछिका छ वर्षको समयमा चीनको तर्फबाट उहाँले विश्व व्यापार संगठनका सैंतीस सदस्य मुलुकहरुसँग द्वीपक्षीय वार्ता गर्नुभयो। यस अनुभवबारे सिंहाव्लोकन गर्दै श्री लुङ यौङ थुले भन्नुभयो,-

         विदेशी प्रतिनिधिहरुसँग वार्ता गर्दा मैले उहाँहरुलाई अन्तर्राष्ट्रिय नियम तथा हाम्रो हितसँग अनुकूल रहेको एउटा सम्झौतामा हस्ताक्षर गर्नु एउटा सबैभन्दा राम्रो उपाय भएको कुरा वताएको थिएँ।

         सन् 2001को नोभेम्बरमा कतारको राजधानी दोहा शहरमा विश्व व्यापार संगठनको चौथो मन्त्रीस्तरीय सम्मेलनका अध्यक्ष एवम कतारका अर्थ तथा व्यापार मन्त्री युसेफ हुसेन कमलले ‌ चीन विश्व व्यापार संगठनको एक सय त्रिचालीसौं सदस्य मुलुक भएको कुरा औपचारिक रुपमा घोषणा गर्नुभयो। श्री लुङ यौङ थुले त्यति बेला उहाँलाई ढुक्क लागेको कुरा बताउनुभयो।

         सन् 2001सम्म चीनले विश्व व्यापार संगठनको संलग्नतासम्बन्धी वार्तामार्फत विदेशका लागि धेरै उद्योग खोलेको थियो। त्यसै कारण विश्व व्यापार संगठनको संलग्नताले चीनको उद्योगमाथि ठूलो प्रहार गरेको थिएन।

         सन् 2003मा श्री लुङ यौङ थुले विदेशी आर्थिक तथा व्यापारिक विभाग छोडेर पो आउ एशियाली मञ्चमा सचिवको पद सम्हाल्नुभयो। त्यसपछि हरेक वर्षको अप्रिलमा उहाँ एशियालाई ध्यान दिने मुलुकका राष्ट्रनायक तथा सरकार प्रमुख र व्यवसायीहरुलाई एशियाको आर्थिक भविश्यबारे छलफल गर्न पो आउ आउन निमन्त्रणा दिनुहुन्छ।

         पो आउ मञ्चमा व्यवसायीहरुबीचको आदान-प्रदानमार्फत् धेरै नयाँ व्यापारिक अवसर पत्ता लगाउन सकिनेछ तथा धेरै व्यापारिक सञ्जालको स्थापना गर्न सकिनेछ।

         श्री लुङ यौङ थुका अनुसार, सानो ठाउँबाट निस्केका व्यक्तिहरु सफलता प्राप्त गर्नका लागि दश गुणाको प्रयास गर्नुपर्छ। आफ्नो जीवनमा उहाँले यस्तो गरी सानो ठाउँबाट ठूलो संसारसम्म पुग्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040