
"कम्मर मर्काउने नृत्य मध्य पूर्व र मध्य एशिया आदि क्षेत्रहरुमा प्रचलित एक परम्परागत नृत्य हो। भनाइअनुसार तीन हजार पाँच सय वर्षअघि नै इजिप्टको प्राचीन भित्तेचित्रमा अहिलेको कम्मर मर्काउने नृत्य जस्तो देखाइने चित्र थियो। तिनताका कम्मर मर्काउने नृत्य पश्चिमी जगतको बालनृत्य जस्तै थियो। जुन एक पवित्र र उदार दरवारी नृत्य थियो। उर्लंदो संगीत, मोहित नेत्र, पोटिलो कम्मर र लालायित पोशाकले मानिसहरुलाई अति लोभ्याएको छ। मौसम न्यानो हुँदै जानुका साथसाथै कम्मर मर्काउने नृत्य देखाउने वातावरण पैचिङमा पनि विस्तार विस्तारै तात्तातो हुँदै आएको छ। आजको खेलकुद कार्यक्रममा म तपाईंलाई यस सम्बन्धी केही कुरा सुनाउनेछु।

कम्मर मर्काउने नृत्यको कक्षा राखिएपछि पैचिङको एउटा स्वास्थ्यलाभशालामा शिक्षार्थीहरुको सिक्ने उत्साह धेरै बढेको छ। विशेष गरी युवा युवतीहरुले कम्मर मर्काउने नृत्य सिक्ने कुरालाई अफिसको काम सकिएपछि आफ्नो रुचि मानेका छन्। कम्मर मर्काउने नृत्यप्रेमी सुश्री शिंगले कम्मर मर्काउने नृत्यबाट आफूमा आएको परिवर्तनबारे चर्चा गर्दै भनिन्- "मलाई यो धेरै उर्लंदो र कोमल लागेको छ। मैले जिम्नास्टिक सिकेको थिएँ। तर मलाई भएन। तर कम्मर मर्काउने नृत्य चाहिँ सरल क्रियादेखि सिकाउँन थालिएको हो। त्यो सिक्न त्यतिको गाह्रो छैन साथै संगीत पनि धेरै मीठो र लयात्मक छ। मैले यो सिकेको दुई महिना भइसक्यो। मलाई धेरै राम्रो लागेको छ"।
प्रिय श्रोता, तपाईंलाई पनि थाहा छ होला कम्मरमर्काउने नृत्य चाहिं अति स्त्रीपन देखाइने नृत्य हो। नृत्यकारले संगीतको तालमा पेट तथा कम्मर घुमाउँदै पाखुरा र छातीलाई नचाएको हुन्छ। यस्ता क्रिया अब कम्मर मर्काउने नृत्यको सबैभन्दा विस्तृत रुपमा प्रचलित भएको सर्वविदित हाउभाउ बनेको छ। यसका साथै कम्मर मर्काउने नृत्य गर्नेले समतल चिल्लो भूइँमा नांगो खुट्टा लिएर संगीतको लयमा नाच्छन्। यसबाट स्त्रीको कोमलता, सुन्दरता र मृदुता देखाइन्छ।
कम्मर मर्काउने नृत्य सिकाउने शिक्षिका लिउ छाँग पैचिङको एक बैंकिङ कम्पनीमा कार्यरत छिन्। अफिसको कामपछि फुर्सदको वेलामा उनले स्वास्थ्यलाभशालामा आएर शिक्षार्थीलाई सिकाउँछिन्। उनले कम्मर मर्काउने नृत्य गरेको तीन वर्षभन्दा बढी भइसक्यो। उनले यसबाट आफूले धेरै फाइदा पाएको कुरा बताउँदै भनिन्- "यदि यो नृत्य नगरेको भए मैले शायद कसरत गर्ने समय पाउने थिइँन होला। अहिले हरेक साता अरुलाई सिकाउँनुपर्छ। वास्तवमा मेरो आफ्नै लागि पनि कसरत गर्ने अवसर मिलेको छ। साथै शिक्षार्थीले मेरो निर्देशनमा झन झन राम्ररी नाच्न जानिसकेका छन्। यो देखेर मलाई एकदमै ठूलो सफलता पाएको अनुभव भएको छ।

वास्तवमा अहिले पैचिङका विभिन्न ठूल्ठूला स्वास्थ्यलाभशालाहरुमा कम्मर मर्काउने नृत्य अब नराखी नहुने विषय बनेको छ। जसले कम्मर मर्काउने नृत्य कक्षा खोलेको छैन, त्यसको आकर्षण शक्ति ठूलो मात्रामा घटिहाल्छ।
सुन्नुहोस् त स्वास्थ्यलाभशालामा कम्मर मर्काउने नृत्य गर्नेहरुको आवाज- "मलाई कम्मर मर्काउने नृत्य गर्न धेरै मनपर्छ। योगाभ्यास पनि मलाई मनपर्छ। तर दुवैसित दाँजी हेर्दा कम्मर मर्काउने नृत्य गर्दा धेरै पसिना आउँछ। यसले गर्दा मोटोपन घटाउनका लागि धेरै फाइदा छ"।
"म मेरी बुहारीलाई साथ दिन आएको हूँ। म खास गरी व्यायाम यन्त्रमा कसरत गर्छु। उनी कम्मर मर्काउने नृत्य गर्छिन्। यो नृत्य धेरै राम्रो छ। तर मलाई के लागेको छ भने युवा युवतीहरुले मात्र कम्मर मर्काउने नृत्य गरेको राम्रो देखिन्छ। अलि उमेर गएका महिलाहरुले नाचेको त त्यतिको राम्रो देखिंदैन"।
|