china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती किसानको सागपात र फूल बिक्री परिषद सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-05-15 19:07:06    

                आफू धनि भएपछि श्री लोछले सागपात लगाउने प्रविधिबारे जानकारी हासिल गरेर हरित-गृह लिन अझ बढी किसानहरुलाई मनाउने गर्नुभएको छ। उहाँको प्रयासमा झन-झन बढी किसान सो परिषदमा संलग्न भएका छन। तिब्बती महिला सोलांगले सो परिषदमा संलग्न भई सागपात खेतीबारेको अनुभवबारे जानकारी दिंदै भन्नुभयोः

                "म सो परिषदमा संलग्न भएको दुइ वर्ष भइसक्यो। हाल मेरो एउटा हरित-गृह छ। पहिले मेरो परिवार  जौ खेती गरेवापत जीवनयापन गर्दथ्यो। कहीलेकाहीं त बाहिर गएर जाखिर खानेगरेको थिएँ। तर यी दुइवटा तरिकाबाट प्राप्त आम्दानी कम थियो। सो बिक्री परिषदमा संलग्न भएपछि मैले एउटा हरित-गृह लिएर सागपात लगाउने गरेकी छु। यसबाट प्राप्त वार्षिक आम्दानी चालिस हजार चिनियाँ युआन जति पुगेको छ।"

                  यस वर्ष चालिस वर्षभन्दा बढी उमेर पुगेकी तिब्बती महिला चोकाको छोरो विश्वविद्यालयमा अध्ययनरत छ। पहिले गरिबीका कारणले गर्दा आफ्नो छोराको पढाइका लागि उहाँले सधै नै आफ्ना छिमेकीसँग पैसा दिन अनुरोध गर्नेगर्नुभएको थियो। सागपात लगाउने हरित-गृह लिएपछि आफ्नो आम्दानी बढाउनसक्ने कुराबारे थाहा पाएपछि उहाँले परिक्षण गर्ने विचार लिएर उक्त बिक्री परिषदमा संलग्न हुनुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                "हाल सागपात लगाएबाट हामीले गरेको आम्दानी पहिलेभन्दा धेरै बढी हुनेगरेको छ। अब मेरो छोराको पढाइ शुल्क तिर्न कुनै पनि समस्या छैन। हाल मेरो परिवारको एक मात्र हरित-गृह छ। हामीले मुख्यतया गोल्भेँडा र खुर्सानी लगाउनेगरेका छौं। पछि अझ बढी हरित-गृहको निर्माण गर्ने मेरो योजना छ।"

                 प्राप्त तथ्यांकअनुसार, हाल उक्त बिक्री परिषदमा संलग्न एक सय पाँचजना किसानले गरेको वार्षिक आम्दानीको औसत वृद्धि आठ हजार पाँच सय चिनियाँ युआनभन्दा बढी पुगेको छ। तिनीहरुमा अधिकांश किसान परिवारले नयाँ घर निर्माण गरेका छन।

                 विगत तीन वर्षभन्दा बढी समयको विकासमा नाई छ्यौं गाउँ-बस्ती सागपात र फूल बिक्री परिषदले सागपात र फूल खेती, पशुपालन र कृषि लगायत एउटा मिलीजुली तालिम केन्द्र बनेको छ। यसको कृषि अखडामा सागपातको वार्षिक उब्जनी परिमाण चौध लाख किलोग्राम पुगेको छ। यो नै तिब्बत स्वायत्त प्रदेशमा वातावरणमैत्री सागपातको उत्पादन अखडा हो। सो परिषदको बिक्री विभागका प्रमुख चु चिन शानले दिनुभएको जानकारीअनुसार, उहाँको परिषदको अखडामा लगाइने तीन किसिमका सागपातलाई चीनको कृषि मन्त्रालयद्बारा वातावरणमैत्री हरिया सागपात मानिएको छ र यी प्रसिद्ध मार्काका सागपात बनेका छन। यसबारे जानकारी दिंदै श्री च चिन शानले भन्नुभयोः

                "हाम्रो परिषदले मुख्यतया वातावरणमैत्री सागपातको खेती गर्नेगरेको छ। यहाँ लगाइने खर्बुजा, गोल्भेँडा र खुर्सानीलाई चीनको कृषि मन्त्रालयद्बारा वातावरणमैत्री हरिया सागपात मानिएको छ।"

                 केही समयअघि नाई छ्यौं गाउँ-बस्ती सागपात र फूल बिक्री परिषदले पैचिङ्गको एउटा कम्पनीसित सन 2008 को पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा उक्त परिषदको अखडामा लगाइने वातावरणमैत्री हरिया सागपात पैचिङ्गमा बिक्री गर्ने ठेक्का-पत्रमा हस्ताक्षर गरेको छ। त्यस अवसरमा पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिनआउने विश्वका विभिन्न देशका खेलाडीले तिब्बतको ल्हासाबाट पुर्‍याइने ताजा सागपात खानपाउने छन। नाई छ्यौं गाउँ-बस्तीको सागपात र फूल बिक्री परिषदको अखडामा लगाइने सागपातलाई तिब्बत बाहिर पुर्‍याउने क्रममा सारिने यो एउटा महत्वपूर्ण पाइलो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040