china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पग्रस्त क्षेत्रको पुन:भ्रमण गरी "चीन-जर्मनी" नाम दिइएको बच्चा  भेटेको विषयमा पहिलो भाग
    (GMT+08:00) 2009-05-18 19:50:24    
          सन् 2008को मे एकतीस तारिख स छ्वान प्रान्तको वन छ्वान जिल्लामा विनाशकारी भूकम्प गएको दुई सातापछि स छ्वान प्रान्तको तु च्याङ येनमा भूकम्पबाट प्रभावितहरुको उद्धार गर्ने चीन-जर्मनी अस्पतालको एउटा पालमा एउटा बच्चाको जन्म भयो। भूकम्पपछि त्यस अस्पतालमा जन्म भएको यो पहिलो बच्चा हो। उसका बुवा-आमाले उसलाई "चीन-जर्मनी" नाम दिए, जसबाट जर्मनीका साथीहरुले संकटकालीन बेलामा चिनियाँ जनतालाई उपलव्ध गराएको सहयोगको सम्झना गर्नसकिने थियो। उनीहरुले आफ्ना बच्चालाई उक्त इतिहास याद गर्न तथा स्थायी रुपमा कृतज्ञाता ज्ञापन गर्ने भावना लिनसक्ने आशा लिए।

         चीन र जर्मनीबीचको यस मित्रतालाई स्मृति गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको जर्मन सेवाले "चीन-जर्मनी"को परिवारलाई सहयोग पुर्‍याउने सम्बन्धको स्थापना गर्‍यो। अहिलेसम्म करिब एक वर्ष वितिसक्यो। "चीन-जर्मनी"को परिवारको जीवन कस्तो छ? भूकम्पग्रस्त स छ्वान प्रान्तका जनताको जीवन कस्तो छ? भूकम्पग्रस्त क्षेत्रको पुन:निर्माणको प्रक्रिया कस्तो छ? यी प्रश्नहरु लिएर हाम्रा सम्वाददाताले यस वर्षको मार्च महिनामा भूकम्पग्रस्त क्षेत्रको पुन:भ्रमण गरी "चीन-जर्मनी"लाई भेटेका छन्। आजको जीवन विविध कार्यक्रममा हामी भूकम्पपछि "चीन-जर्मनी"को परिवारको जीवन हेरौं।

         हाम्रा पत्रकार गाडी चढेर स छ्वान प्रान्तको सदरमूकाम छङ तु शहरबाट भूकम्पबाट भयंकर रुपमा प्रभावित क्षेत्र तु च्याङ येन गएको बेलामा सडकको अवस्था राम्रो थियो। तु च्याङ येनको शहरी क्षेत्रमा प्रवेश गर्दा त्यस बेलामा जताततै भएका पालहरु देखिएका छैनन्। त्यसको सट्टामा धेरै नयाँ आबास भवनहरु देखिएका छन्।

         "चीन-जर्मनी"की आमा चाङ येनले आफ्ना परिवारलाई लिएर हाम्रा पत्रकारको स्वागत गरिन्। "चीन-जर्मनी"ले उसकी बाज्यैको पिठ्यूंबाट हाम्रा सम्वाददातालाई हेरिरहेको थियो। अहिले उसको उचाइ सत्तरी सेन्टिमिटर छ। उसकी आमा चाङ येनले हाम्रा पत्रकारलाई "चीन-जर्मनी"ले आधा वर्षको उमेरदेखि भात खान थालेको कुरा बताइन।

         यस वर्ष हामीले कम पैसा कमाएका छौं। हाम्रो बच्चाले दूध पाउडर खानुपर्छ। अहिले मेरो पेशा छैन। हामीले केही तरकारी किन्नुपर्छ। आजकाल "चीन-जर्मनी"ले भात खाएदेखि हाम्रो जीवनमा अलि सुधार भएको छ। पहिले दूध पाउडर खाएको कारण हरेक महिना हाम्रो तलबले पुगेको थिएन।

         भूकम्पको प्रभावमा चीन-जर्मनीको घर खतरनाक घर बनेको थियो। त्यसमा बस्नसकिएको थिएन। आम्दानीको किफायत गर्नका लागि नै आधा वर्षको उमेरदेखि "चीन-जर्मनी"ले भात खान थालेको छ।

         केही किलोमिटरको हिलो दलदल बाटोमा हिंडेपछि हाम्रा पत्रकारले चीन-जर्मनीको अस्थायी आबास देखेका छन्। त्यो काठ तथा इँटाबाट निर्माण गरिएको सानो घर हो। त्यसको रुप सरल भएतापनि घर निकै न्यानो छ। श्रीमती चाङ येनका अनुसार, सरकारले हरेक परिवारलाई केही भत्ता दिएपछि उनीहरुले अस्थायी रुपमा यस आबासको निर्माण गरेका हुन्।

         यो चीन-जर्मनीका काकाको जमिन हो। हामी आफैंले यसको निर्माण गरेका छौं। यो हाम्रो पहिलेको फर्निचर हो।

         बाँच्न कठिन भएतापनि चाङ येन तथा उनको परिवारलाई दु:ख लागेको छैन। उनीहरु सरकारको योजना पर्खिरहेका छन्, जसबाट नयाँ आबास भवनमा सर्न सकिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040