
लो पा जाति मुख्यतः चीनको तिव्वत स्वायत्त प्रदेशको दक्षिण पूर्वी भागको लिन् च क्षेत्रमा बसोबास गर्दछन् । त्यस जातिको जनसंख्या तीन हजारभन्दा कम रहेको छ । स्याउ होंग सो जातिका एक मात्र राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि हुनुहुन्छ । हाल स्याउ होंग पैचिंगमा राष्ट्रिय जन कांग्रेसको चौध दिवसीय पहिलो सम्मेलनमा सहभागी भइरहनुभएको छ । सो सम्मेलनको अवधिमा चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले उहांसित सौहार्दूपूर्ण कुराकानी गर्नुभयो।
हु चिंग थाउः हाल यो बाटोको निर्माण कार्य पूरा भयो ?
स्याउ होंगः पूरा भयो ।
हु चिंग थाउः बच्चाहरुले बस्तीका प्राथमिक स्कूलमा अध्ययन गरिरहेका छन् ?
स्याउ होंगः अध्ययन गरिरहेका छन् ।
हु चिंग थाउः गाउँका बच्चाहरु प्राथमिक स्कूलबाट पास भएपछि सबै नै जिल्लाको माध्यमिक विद्यालयमा पढ्न सक्छन् ?
स्याउ होंगः सक्छन् , हालको भर्ना दर शत प्रतिशत पुगेको छ।
राष्ट्राध्यक्ष हु चिंग थाउबाट भेटघाट गरिएपछि स्याउ होंग गद्गद् हुनुभयो । स्याउ होंग लो पा जातिको चार सय सत्तरी जती जनसंख्या रहेको एक बस्तीका प्रमुख हुनुहुन्छ । व्यावहारिक र दक्ष रहेकाले स्याउ होंगले स्थानीय सर्वसाधारणलाई धेरै वास्तविक कठिनाईमाथि जित्न सघाउ पुर्याउनुभयो । यसैउसले उहांको नाम तत्स्थानमा खूब चलेको छ । यही वर्ष तैतीस वर्षको उमेर पुगेका स्याउ होंग दोस्रो पल्ट राष्ट्रिय जन कांग्रेसको प्रतिनिधिमा निर्वाचित हुनुभयो । पांच वर्षअघि आफू पहिलो पल्ट राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि निर्वाचित हुनुभएको कुरा सिंहावलोकन गर्दै उहांले भन्नुभयोः
एकातिर मेरो मनमा निकै हर्ष रहेको थियो भने अर्कातिर राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिको पदमा बस्ने ठूलो उत्तरदायित्व पनि रहेको मैले महसूस गरेको छु । पहिलो राष्ट्रिय जन कांग्रेसको सम्मेलनमा मन्तव्य दिंदा मलाई अलि चिन्ता लागेको थियो । तर यस पल्ट मलाई केही चिन्ता लागेको छैन । प्रस्ताव प्रस्तुत गर्नका लागि म पनि सक्षम भएको छु।

स्याउ होंग दुइपल्ट राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि निर्वाचित हुन सक्नुभएको कारण चीन सरकारले अल्पसंख्यक जातिय क्षेत्रको संरक्षण र समर्थन गर्नु हो । राष्ट्रिय जन कांग्रेसको नियमानुसार जनसंख्या थोरै वा धेरै होस् विभिन्न अल्पसंख्यक जातिय क्षेत्रका आ-आफ्नो अनुकूल संख्याका प्रतिनिधि हुनु पर्छ । तीन हजारसम्म पनि नपुगेको लो पा जातिले पनि आफ्नो जातिका लागि विश्वासयोग्य प्रतिनिधि स्याउ होंगको निर्वाचन गरेको छ । अघिल्लो पल्ट प्रतिनिध निर्वाचित भएको अनुभव भएकाले स्याउ होंगले यस पल्ट पनि आफ्नो जातिको हित र खांचोलाई राम्ररी प्रकट गर्नका लागि प्रशस्त तयारी कार्य गर्नुभएको थियो ।
साधारणतया स्याउ होंगले स्थानीय अवस्थाबारे अध्ययन गर्नलाई धेरै महत्व दिनुभएको छ । उहां आफ्नो बस्तीको मातहतमा रहेको गाउँको सधै निरीक्षण गर्नुहुन्छ भने सकभर बढी रुपमा स्थानीय कृषक र पशुपालकहरुबाट ध्यान दिइएको विषय बाटो बनाउने र पर्यटनको विकास गर्ने समस्याको समाधान गर्नुभएको छ । राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि निर्वाचित हुनुभएपछि स्याउ होंगका धेरै प्रस्तावहरु यथार्थमा पुरा भएका छन् । हाल लो पा जातिका क्षेत्रमा राजमार्ग , विजुली बत्ती र टेलिफोन सन्चालन भइसकेको छ । स्याउ होंग बस्नुभएको बस्तीका एक सय तेह्रवटा परिवारमध्येका नव्वे प्रतिशतभन्दा बढी परिवारले फराकिलो र उज्यालो नयां घरमा सरेका छन् ।
पहिले पहिलेको घरको बनौट काठको थियो । घर भित्र सूर्यको किरण राम्रोसंग पस्थेन र धेरै अन्ध्यारो हुन्थ्यो अनि ओसिलो पनि थियो । तर हालको घरहरु ढुंगा र काठबाट निर्माण गरिन्छ । हिंउदमा पनि घरमा न्यानो हुन्छ । तत्स्थानका वासिन्दाहरुले नयां गाउँघरको निमार्ण सम्बन्धी केन्द्रिय सरकारको राम्रो नीतिलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
त्यही जन्मनुभएको लो पा जातिकी स्याउ होंग स्वयं आफैले लो पा जातिको जीवनमा रहेको हेरफेरको अनुभव गर्नुभएको छ । तिव्वतको लिन् च विमानघाटको सन्चालन भएपछि लो पा जातिय क्षेत्रको विशेष जातिय सांस्कृति र आदिकालीन बनजंगलले बढीभन्दा बढी बाहिरका पर्यटकहरुलाई आकर्षित गरेका छन् । यसरी हुंदाहुंदै स्थानीय कृषक र पशुपालकहरुको आम्दानी पनि बढ्दै आएको छ ।

स्याउ होंगका अनुसार गत वर्षको मइ अठाइस तारीखका दिन हामीहरुले लो पा जातिको रितिरिवाज सम्बन्धी सांस्कृतिक दिवसको आयोजना गरेका थियौं । एक दिनमै हाम्रा तीनवटा गाउंको आम्दानी एक लाख चिनियां युआन् पुगेको थियो । हाल बाहिरका पर्यटकहरुको स्वागत गर्नका लागि हामीहरुका धेरै परिवारले नयां गाउँको निर्माण कार्यसित गांसेर केही घरेलु होटेल खोलेका छन् ।
चीनको राष्ट्रिय जन कांग्रेसका प्रतिनिधका लागि स्याउ होंगको कार्यावधि अझ पांच वर्ष बांकी रहेको छ । उहांले आफ्नो कार्यकालमा बढी अध्ययनको काम गर्नु पर्ने र आफ्नो गाउँघरका कृषक र पशुपालकहरुको आकांक्षा प्रकट गर्नु पर्ने कुरा बताउनुभयो ।
|