china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कम्मर मर्काउने नृत्य अब पैचिङका युवतीहरुको स्वास्थ्यलाभका लागि नयाँ फेशनको दोस्रो भाग
    (GMT+08:00) 2009-05-22 19:23:22    

                  वास्तवमा अहिले पैचिङका विभिन्न ठूल्ठूला स्वास्थ्यलाभशालाहरुमा कम्मर मर्काउने नृत्य अब नराखी नहुने विषय बनेको छ। जसले कम्मर मर्काउने नृत्य कक्षा खोलेको छैन, त्यसको आकर्षण शक्ति ठूलो मात्रामा घटिहाल्छ।

                  सुन्नुहोस् त स्वास्थ्यलाभशालामा कम्मर मर्काउने नृत्य गर्नेहरुको आवाज- "मलाई कम्मर मर्काउने नृत्य गर्न धेरै मनपर्छ। योगाभ्यास पनि मलाई मनपर्छ। तर दुवैसित दाँजी हेर्दा कम्मर मर्काउने नृत्य गर्दा धेरै पसिना आउँछ। यसले गर्दा मोटोपन घटाउनका लागि धेरै फाइदा छ"।

                 "म मेरी बुहारीलाई साथ दिन आएको हूँ। म खास गरी व्यायाम यन्त्रमा कसरत गर्छु। उनी कम्मर मर्काउने नृत्य गर्छिन्। यो नृत्य धेरै राम्रो छ। तर मलाई के लागेको छ भने युवा युवतीहरुले मात्र कम्मर मर्काउने नृत्य गरेको राम्रो देखिन्छ। अलि उमेर गएका महिलाहरुले नाचेको त त्यतिको राम्रो देखिंदैन"।

                   यो पुरुषले आखिरमा बोलेको कुरालाई त्यतिको स्वीकार गर्न सकिंदैन। किनभने वास्तवमा स्वास्थ्यलाभशालामा कम्मर मर्काउने नृत्यप्रेमीहरुमध्ये प्रौढ महिला र उमेर चढिसकेका बूढीहरु पनि धेरै छन्। उनीहरुले रिटायर भएपछि झन स्वस्थ जीवन पद्धतिमा ध्यान पुर्‍याउँछन्। साथै उनीहरुलाई धेरै फुर्सद पनि हुन्छ। हामीले आफूलाई मनपर्ने र मिल्ने खालको खेलकुद छान्ने कुरालाई हौसला दिन्छौं। पुरुषवर्ग पनि आफूलाई कम्मर मर्काउने नृत्य मन पर्‍यो भने पनि यो नृत्य सिक्ने पंक्तिमा सामेल हुन सक्छन्। हाल पैचिङका केही पुरुष स्वास्थ्यलाभशालामा पनि पुरुष कम्मर मर्काउने नृत्य कक्षा खोलिएका छन्।

                      प्रिय श्रोता, कुनै पनि कामकुरा बारे दुई किसिमको धारणा निस्कन सक्ने कुरामा तपाईंमा पनि दुई मत छैन होला। पैचिङमा केही मानिसले कम्मर मर्काउने नृत्य प्रचलित भइरहेको कुरामा चिसो नजरले हेरिरहेका छन। सुश्री चाँग स्वास्थ्यलाभशालाको एकजना स्थायी पाहुना हुन्। तर उनले कम्मर मर्काउने नृत्य गर्दिनन्। उनले भनिन्- "मैले दुई चार पटक कम्मर मर्काउने नृत्य गरेकी थिएँ। तर मलाई यो मिल्दैन जस्तो लागेको छ। यसले शरीरलाई तन्दुरुस्त बनाउने उद्देश्यमा पुग्न सक्दैन। मेरो विचारमा कम्मरको कमजोरी भएको मानिसले कम्मर मर्काउने नृत्य गर्न मिल्दैन। बरु अरु नृत्य गरे बेस हुने थियो होला"।

                      ठीक सुश्री चाँगले भने झैं आफूलाई सुहाउँदा खालको व्यायाम छान्नुपर्छ र त्यसको उल्टो अरुको नक्कल गरेर फेशन र देखावटीका लागि पटक्कै हुँदैन। आफूले आफूलाई सुहाउने व्यायाम छानेर नित्य कार्य ठान्दै जाने हो भने अवश्य नै शरीरलाई बलियो बनाउने लक्ष्य साकार हुनेछ। यस्तो मीठो लयात्मक सुरमा कम्मर मर्काउने नृत्य गर्नेहरुले आफ्नो पेट र कम्मर नचाउँदै संगीतको तालमा विस्तार विस्तार शरीर घुमाएको दृश्य देखेर ओहो आफू इजिप्टको नीलो नदीमा वेगसित हाँकीरहेको मोटरबोटमा बसिरहेको भान हुन्छ हगि? प्रिय श्रोता, तपाईंलाई यो कम्मर मर्काउने नृत्य मनपर्छ? आफूलाई तन्दुरुस्त र सुन्दर बनाउन चाहने हो भने बरु तपाईंले पनि प्रयास गर्नुहोस् आफू खुशी र मजासँग आफ्नो कम्मर, पाखुरा, कुम, र पेटलाई नचाउनुहोस्। मलाई विश्वास छ केही समयको अभ्यासपछि तपाईंको जीउडाल अवश्य नै झन आकर्षक र चिटिक्क हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040