
चीनको परम्परागत चिकित्सामध्ये तिब्बती चिकित्सा पनि एक भाग हो। यसको इतिहास दुइ हजार तीन सय वर्षभन्दा बढी छ। हाल तिब्बतका सम्पूर्ण शहर तथा गाउँहरुमा तिब्बती चिकित्सा तथा औषधि प्रणाली विकशित भइसकेको छ। तिब्बतमा तिब्बती चिकित्सा सम्बन्धी ठूलो संस्थाहरुको संख्या दशभन्दा बढी पुगेको छ। त्यहाँ कार्यरत कर्मचारीहरुको संख्या हजारौं रहेका छन।
तिब्बतको तिबब्ती चिकित्सा तथा औषधि विज्ञान प्रतिष्ठानका प्रमुख प्राध्यापक दोन्द्रुप गत शताव्दीको पचासको दशकमा तिब्बतको शान्तिपूर्ण मुक्तिपछि तिब्बती चिकित्सा तथा औषधिबारेको विश्वविद्यालयबाट स्नातक हुनुभएको थियो। गत अठार वर्षदेखि यता उहाँले विभिन्न ठाउँमा गएर रोगीलाई उपचार दिने, विद्यार्थीलाई शिक्षा दिने र तिब्बती चिकित्साबारे अध्ययन गर्ने गर्नुभएको छ। तिब्बतको तिब्बती चिकित्सा तथा औषधि कलेजमा अझ बढी विद्यार्थीलाई हुर्काएर तिब्बती चिकित्सा तथा औषधि कार्यलाई बिंडो थाम्ने इच्छा उहाँले गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"पहिले परम्परागत तिब्बती चिकित्सा तथा औषधिबारे अध्ययनरत विद्यार्थीहरुको संख्या तीन सय जति मात्र थियो। अहिले एक हजार चार सय चालिसभन्दा बढी पुगेको छ। यस कार्यलाई राम्ररी बिंडो थामिएको छ।"

प्राध्यापक दोन्द्रुपले दिनुभएको जानकारी अनुसार गत लामो समयदेखि यता चीन सरकारले तिब्बती चिकित्सा तथा औषधि कार्यमा ठूलो समर्थन तथा महत्व दिंदै आएको छ। चीनमा सुधार तथा खुलापन नीति लागू भएदेखि यता तिब्बती चिकित्सा तथा औषधि संस्थालाई वैज्ञानिक अध्ययनका लागि अघिपछि गरी करोडौं चिनियाँ युआनको रकम पठाएको छ। सन 1959 अघि तिब्बतमा दुइटा मात्र चिकित्सा संस्था थिए। अब तिब्बतका विभिन्न जिल्लाका सम्पूर्ण अस्पतालमा तिब्बती चिकित्साको सेवा उपलव्ध गराइन्छ।
तिब्बती चिकित्सा तथा औषधि कार्यको विकासलाई विस्तार पार्ने उद्देश्यले तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकार तथा स्वास्थ्य विभागले तिब्बती चिकित्सा तथा औषधि कार्यको उद्धार, विकास तथा शुद्धिकरण गर्ने बिषयबारे दशवटा भन्दा बढी नियम तर्जुमा गरेका छन। गत बीस वर्षयता चीनका विभिन्न ठाउँमा तिब्बती चिकित्सा तथा औषधि बारेको प्रशिक्षण पनि क्रमशः सुव्यवस्थित हुँदै आएको छ। तिब्बत स्वायत्त प्रदेशको तिब्बती चिकित्सा कलेज, छिंगहाई प्रान्तको तिब्बती चिकित्सा कलेज, छंग तु शहरको चिनियाँ चिकित्सा तथा औषधि विश्वविद्यालयको तिब्बती चिकित्सा कलेज र कान सु प्रान्तको चिनियाँ चिकित्सा विश्वविद्यालयको तिब्बती चिकित्सा कलेज आदि विभिन्न विश्वविद्यालयले थुप्रै दक्ष व्यक्तिलाई हुर्काएका छन। यसका अतिरिक्त केही चिकित्सा र गैरसरकारी संस्थाले तिब्बती चिकित्सा तथा औषधिबारे तालिम आयोजना गरेर सम्बन्धित दक्ष व्यक्ति तयार पारेर आधारभूत चिकित्सा संस्थामा तिब्बती चिकित्सा तथा औषधि सम्बन्धी कर्मचारीको अभावलाई आपूर्ति गरेका छन। तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका अन्य दशभन्दा बढी शहरहरुमा पनि तिब्बती चिकित्सा तथा औषधि संस्थाको स्थापना गरेर रोगीलाई सेवा उपलव्ध गराइएको छ।
तिब्बती चिकित्सा तथा औषधि शास्त्रको विकासबाट विश्वका विभिन्न ठाउँका सम्बन्धित व्यक्तिको ठूलो ध्यानाकर्षण भएको छ। धेरै विदेशीहरुले तिब्बतमा रहेको तिब्बती चिकित्सा अस्पतालको निरीक्षण गर्न पटक पटक तिब्बत गएका छन भने तिब्बती चिकित्सा शास्त्रीहरुको प्रतिनिधिहरुले पनि सधैं नै विदेशमा गएर तिब्बती चिकित्सा शास्त्रबारे शिक्षा दिनुका साथै स्थानीय बासिन्दासँग उपचारको अनुभवबारे साटासाटा गर्ने गरेका छन।

(क्रमशः)
|