china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पग्रस्त क्षेत्रको पुन:भ्रमण गरी "चीन-जर्मनी" नाम दिइएको बच्चा  भेटेको विषयमा दोश्रो भाग
    (GMT+08:00) 2009-05-25 16:15:08    
         परिवारका सामु अस्थायी कठिनाइ देखा परेको बेलामा चीन-जर्मनी सबैलाई खुसी पार्ने बच्चा बनेको छ। उसकी बज्यै वाङ यु फनका अनुसार, नाति भएपछि ठूलो कठिनाइको समाधान गर्न सकिन्छ। विशेष गरी चीन-जर्मनी यस क्षेत्रको प्रख्यात बालक हो। उसबारे चर्चा गर्दा सबैले गत वर्ष जर्मन चिकित्सा दलले यस क्षेत्रलाई पुर्‍याएको सहयोगको सम्झना गरेका छन्।

         समग्र रुपमा भन्दा खेरि हामीलाई ठीक लाग्यो। त्यस बेलामा एक जना बच्चाको जन्म भएकोले हाम्रो परिवारमा धेरै रमाइलो थियो। भूकम्प गएको बेलामा हाम्रो घर नढलेको कुरा हाम्रा लागि भाग्यशाली कुरा थियो। उसकी आमा तथा उसको स्वास्थ्य ठीक भएकोले हामीलाई खुसी लाग्यो। कहिलेकाहीं अस्पताल जांदा अरुले उसको जन्म चीन-जर्मनी अस्पतालमा भएको कुरा सोधेका थिए। धेरै वर्षपछि अरुले उसको जन्म चीन-जर्मनी अस्पतालमा भएको कुरा थाहा पाउने छन्। अहिले उसले भात खान थालेको छ। यसलाई धनी परिवारको दाँजोमा राख्न सकिंदैन। तथापि गरिब परिवारको तुलनामा ठीक छ।

         चीन-जर्मनीको अस्थायी आबासबाट निस्कँदा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको पत्रकार प्रतिनिधि मण्डलले उसलाई बच्चाका लागि एउटा स्लीपीङ व्याग दियो। यसका साथै प्रतिनिधि मण्डलले जर्मन सेवाद्वारा चीन-जर्मनीलाई दिइएका पोशाक, जुत्ता, खेलौना, एक हजार चिनियाँ युआन तथा जर्मन सेवाका सम्पूर्ण सदस्यहरुद्वारा तिनीहरुको हस्ताक्षर भएको एउटा शुभकामना कार्डलगायत् उपहार चाङ येनलाई हस्तान्तरण गर्‍यो। पत्रकार प्रतिनिधि मण्डलका प्रमुख हु मुले भन्नुभयो,

         यस पटक हाम्रो रेडियोले बहुभाषी पत्रकार प्रतिनिधि मण्डललाई यहाँ अन्तर्वार्ता लिन पठाएको छ। हाम्रो सरकारद्वारा प्रकोपग्रस्त क्षेत्रको पुन:निर्माण कार्यमा उपलव्ध गराइएको सहायताबारे विदेशमा प्रसारण गर्नु अन्तर्राष्ट्रिय रेडियोको रुपमा हाम्रो जिम्मेवारी हो।

         चीन-जर्मनीकी बज्यैले आफ्नो नाति लिएर निर्माण क्षेत्रमा गएको बेलामा चीन-जर्मनीका बुवा फाङ श्वीलाई फेला पारिन्। फाङ श्वीले भनेका छन्,

         भूकम्प गएपछिको अवधिमा मेरो व्यवसाय बन्द भएकोले म घरमा बसिरहेको थिएँ। मेरो छोरा दूध खान नपाएर कति टीठलाग्दो भएको थियो। त्यसै कारण कहाँ काम पाउनसक्ने कुरा सुनेपछि म तुरुन्तै त्यहाँ गएको थिएँ। बच्चाका लागि सक्दो धेरै पैसा कमाउने इच्छा मैले लिएको छु।

         फाङ श्वी एक मजदूर हुन्। उनी पानी र विजुलीको लाइन मर्मत गर्छन्। अहिले सरकारको सघाउमा उनले एउटा स्थिर काम पाएका छन्। यसका साथै सरकारले उनीहरुलाई सहायता पुर्‍याउनका लागि किसान मजदूरहरुको तलब चालीस प्रतिशत बढाएको छ। उनको परिवारको जीवनलाई प्रत्याभूति दिइएको छ। यसबारे चर्चा गर्दा उनले भनेका छन्,

         भूकम्पपछि हाम्रो तलब बढेको छ। पहिले हरेक महिना मैले एक हजार चिनियाँ युआन भन्दा केही बढीमात्र तलब पाउथेँ तर हाल म हरेक महिना दुइ हजार चिनियाँ युआन पाउँछु। हाम्रो तलब चालीस प्रतिशतले बढेको छ। सरकारले हामीलाई ठूलो सहायता पुर्‍याएको छ।

         फाङ श्वीको जानकारीअनुसार, उनीहरुको बढेको तलबबाहेक भूकम्पग्रस्त क्षेत्रमा मजदूर भर्ना गर्न सरकारले अरु क्षेत्रका व्यवसायलाई त्यहाँ पठाएको छ। जसले भूकम्पबाट प्रभावित सर्वसाधारणका लागि रोजगारीको अवसर उपलव्ध गराएको छ। सर्वसाधारणले काम गर्ने इच्छा लिएमा काम पाउनसक्छन्।

         थकाइ लागेका फाङ श्वीको अनुहारमा सु:खी भावना भरिएको छ। चीन-जर्मनी आफ्ना पिताको छातीमा खुसी भएर टाँसिएको छ। खतरनाक बेलामा चीन-जर्मनीको जन्मले भूकम्पबाट प्रभावित सर्वसाधारणलाई विश्वास दिएर प्रकोप जितेर घरबारको पुन:निर्माण गर्ने विश्वास दिलाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040