सिंग च्यांग युगूर जातिको मुखाम कला गीत, कविता, संगीत, नाच र गान-बजानलाई केन्द्रित पारेर बनेको ठूलो खालको मिश्रित कलात्मक तरिका हो। त्यो थु रु फान् क्षेत्रको उ शेन् जिल्लाको लु ख छिन् बस्ती तथा त्यस वरपरका नगर र जिल्लामा खूब प्रचलित छ। थु रु फान्को मुखाम कला प्राचीन गीत, नयाँ धुन र सोना बाजा र ड्रमसित मिलेर बजाउन सकिने विशेषताले नाम चलेको छ। आज हामी लु ख छिन् बस्तीका मुखाम कलाकारसित नजिकिंदै मुखाम कलाबारे जानकारी लिऔं।

इलि मुहमेथि थु रु फान्का मुखाम कलाकार हुनुहुन्छ। तर उहाँले वालककालदेखि नै मुखाम कला सिक्नुभएको होइन। मुखाम कलाकार बन्नुभन्दा अघि उहाँ शैक्षिक विद्यालयका एकजना शिक्षक हुनुहुन्थ्यो। सन् 1997 मा उहाँ इलि मुहमेथि मुखाम कलाका व्यावसायिक चेला बन्नुभयो। मुखाम कला सिक्ने क्रममा इलि मुहमेथिले अघिल्लो पुस्ताका पुराना कलाकारको अभिनय क्यासेट पत्ता लाउनुभएको छ। उहाँ ले त्यस क्यासेट सुन्नदै मुखाम कला सिक्नुभएको हो। पाँच वर्षको समयमा इलि मुहमेथि मुखाम कलाप्रतिको प्रेमको आधारमा पूरै सेटको मुखाम कला सिक्नुभएको छ। त्यसपछि उहाँ सर्वविदित मुखाम कलाकार बन्नुभएको छ। सन् 2004 मा इलि मुहमेथि तत्स्थानको सांस्कृतिक केन्द्रमा काम गर्न खटाइनुभयो। त्यस बेलादेखि उहाँ एकजना व्यावसायिक मुखाम कलाकार बन्नुभयो।
सांस्कृतिक केन्द्रमा काम गर्न सुरु भएपछि मेरो लागि वातावरण निकै राम्रो थियो। मैले पहिले सिकेको मुखाम कलाको अभ्यास प्रत्येक दिन गर्नेगरेको छु। हालसम्म मैले पूरा सेटको मुखाम कला सिकिसकेको छु।
इलि मुहमेथिसित सँगसँगै काम गरेका सहकर्मीहरुमध्ये हुकामु नियाज खउर नाउँका बूढा मुखाम कलाकार हुनुहुन्छ। उहाँको उमेर पचासी वर्ष पुगेको छ। उहाँले बाह्र वर्षदेखि नै नाच सिक्न थाल्नुभयो।
उहाँ विशेष गरी मुखाम नृत्य नाच्ने कलाकार हुनुहुन्छ। उहाँले आफ्नो ड्युटिमा त्रिहत्तर वर्षसम्म काम गर्नुभएको छ। हाल उहाँ उक्त सांस्कृतिक केन्द्रमा सबैभन्दा बूढो र सबैभन्दा बढी योग्यता भएको व्यक्ति हुनुहुन्छ।

हाल मेरो स्वास्थ्य रहेको छ। नाच्नु त कसरत जस्तै छ। यसैले नाच नाच्नु स्वास्थ्यका लागि हितकर रहेको छ। बूढा हुकामुनियाजले सिंहावलोकन गर्दै पहिले-पहिले मुखाम कलाकार निकै कम हुन्थे, मुखाम कला सिक्ने वातावरण पनि थिएन र पुराना कलाकारहरुले सधैंजसो आफै भेला भएर मुखामको गीत गाउने अभ्यास गर्थे र सिक्ने सबैभन्दा राम्रो स्थान त युगूर जातिका मानिसहरुको विवाह समारोह रहेको कुरा बताउनुभयो। केही वर्षअघि मात्र स्थानीय सरकारको समर्थनमा शान् शान् जिल्लाले गैरभौतिक सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने कार्यकलापको सुरुवात गरेर सांस्कृतिक केन्द्रको स्थापना पनि गरेको छ।
सन् 1999 मा स्थानीय सरकारले मुखाम कलाकारहरुका लागि बाजा र अभिनयका लागि पोशाकहरु किनमेल गर्नका लागि रकम जुटाएको थियो। सो वर्ष थु रु फान्को पहिलो मुखाम ग्रन्थको प्रकाशन गर्नका लागि सरकारले पचास हजार चिनियाँ युआन लगाएको थियो। हाल मुखाम कलाकारहरुको आम्दानी दुइ/तीन वर्षअघिको भन्दा आधा जति बढेको देखिन्छ । (音响4,依力•木合买提) हामी मुखाम कलाकारहरुलाई पनि निकै खुशी लागेको छ। हाल मुखामको गीत गाउन पहिलेभन्दा धेरै रुची लागेको छ। पहिले मुखाम कलालाई मन नपराउने मानिसहरु पनि थिए। हामीहरु हरेक राति मुखाम गाउँथ्यौं, एक पैसाको आम्दानी पनि थिएन। राति सुत्न पाइदैनथ्यो र दिनमा श्रम पनि गर्न सक्दैनथ्यौं। अहिले सरकारले मुखाम कलाकारहरुलाई भत्ता दिन शुरु गरेको छ। यसैले मुखाम कला सिक्न आउने युवाहरुको संख्या पनि बढीभन्दा बढी हुँदैआएको छ।
गत वर्षको सेप्टेम्बरमा सिन् च्यांग स्वायत्त प्रदेशको पहिलो मुखाम कलाको बिंडो थाम्ने केन्द्र शान् शान् जिल्लाको लु ख छिन् बस्तीमा स्थापित भएको छ। तथ्यांक अनुसार, खाली सन् दुइ हजार सातमा थु रु फान् मुखाम कलासम्बन्धी समाचार बटुल्न आएका स्वदेशी र विदेशी सञ्चारकर्मीहरुको संख्या तीन हजारभन्दा बढी रहेको छ। समाचार पत्रदेखि प्रसारणसम्म, टेलिभिजनदेखि नेटवर्कसम्म बढीभन्दा बढी मानिसहरुले ती सञ्चार माध्यमव्दारा आफ्नो विशेषतायुक्त जातीय कला मुखामबारे जानकारी लिएका छन्। हाल थु रु फान्का मुखाम कलाकारहरु सिन् च्यांगबाट बाहिर गएका छन्। सन् उन्नाइस सय बयान्नव्वेदेखि थु रु फान्का मुखाम कलाकारहरुले पैचिंग, शांग हाइ र छिंग हाइ आदि ठाउँहरुमा दश पल्टभन्दा बढी प्रदर्शन गरेका छन।

मुखाम कलाको दिन प्रतिदिनको द्रुत विकास देख्दा बस्तीको सांस्कृतिक केन्द्रका स्टाफका रुपमा रहेका इलि मुहमेथिले खुशी हुनुका साथसाथै युवा मुखाम कलाकारलाई हुर्काउने विषयप्रति झन् बढी ख्यालदृष्टि पुर्याएका छन्। उहाँको ठहर अनुसार, विद्यालयमा मुखाम कलासम्बन्धी विषय पढाउन शुरु गर्नु र हप्तामा दुइ कक्षा व्यावसायिक प्रशिक्षकमार्फत मुखाम कला सिकाउनु बेस हुन्छ।
|