
तिब्बती चिकित्सा तथा औषधि विधिलाई अझ समर्थन तथा सहायता दिने उद्देश्यले सन 1992 मा पैचिङ्ग तिब्बती चिकित्सा अस्पतालको स्थापना गरिएको थियो। गत केही वर्षदेखि यता विभिन्न ठाउँबाट प्रसिद्ध तिब्बती चिकित्सक त्यहाँ जानुभएको छ। तिब्बती चिकित्सा तथा औषधि विधिको विकासबारे जानकारी दिंदै तिब्बत चिकित्सा कलेजका प्राध्यापक निमा ट्रेरिंगले भन्नुभयोः
"तिब्बती चिकित्सा तथा औषधि विधिको वर्तमान अवस्था तिब्बतको शान्तिपूर्ण मुक्तिअघिको तुलनामा काँचुली फेरे झैं ठूलो परिवर्तन भएको देखिन्छ। तिब्बतको शान्तिपूर्ण मुक्तिअघि यहाँ तिब्बती चिकित्सा तथा औषधि शास्त्रबारे शिक्षण संस्था थिएन। अन्य केही शिक्षण संस्थाको आधारभूत प्रबन्ध पनि पिछाडिएको थियो। अब तिब्बती चिकित्सा तथा औषधि शास्त्रको शिक्षा र विशेष गरी तिब्बती चिकित्सा तथा औषधि शास्त्रबारेको उच्च स्तरीय शिक्षा अखडाको स्थापना भएपछि सम्पूर्ण तिब्बती चिकित्सा तथा औषधि शास्त्रको शिक्षाको परिमाण, शर्त तथा शिक्षकको पंक्ति आदि विभिन्न क्षेत्रको विकास हुँदै आएको छ।"
प्राप्त जानकारी अनुसार हाल हरेक वर्षमा पैचिङ्गको तिब्बती चिकित्सा अस्पतालको निरीक्षण गर्ने विदेशीहरुको संख्या बीस हजारभन्दा बढी पुगेको छ। हालसम्म सो अस्पतालले विश्वका साठीभन्दा बढी मुलुक र हंगकंग, मकाउ तथा थाइवानबाट आएका तीन लाखभन्दा बढी रोगी लगाएत जम्मा दश लाख जना रोगीलाई उपचार दिइसकेको छ।

हाल तिब्बतमा तिब्बती औषधि कार्यको विकास पनि तिब्र हुँदै आएको छ। धेरै औषधि व्यवसायले परम्परागत उत्पादन तरिकालाई आधारभूत विज्ञान तथा प्रविधिसँग मेलखाने गरेर उत्पादन तथा वितरण गर्ने गरेका छन। हालसम्म "जन गणतन्त्र चीनको औषधिको सूची" मा राखिएका तिब्बती औषधिको संख्या बीसभन्दा बढी पुगेको छ। यसबारे चर्चा गर्दै तिब्बत चिकित्सा कलेजका प्राध्यापक निमा ट्रेरिंगले भन्नुहुन्छः
"तिब्बतको शिक्षा र स्वास्थ्य विकासमा अभूतपूर्व रुपमा ठूलो परिवर्तन देखा परेको छ। धेरै मुलुकका सर्वसाधारणले हामीलाई पत्र पठाएर तिब्बती चिकित्सा तथा औषधिबारे अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन।"
चीनमा सुधार तथा खुलापन नीति लागू हुनुअघि तिब्बतमा तिब्बती औषधिको उत्पादन गर्ने एक मात्र व्यवसाय थियो। हाल सो संख्या उन्नाईस पुगेको छ। धेरै किसिमका तिब्बती औषधिले अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरिसकेका छन। यसले तिब्बत स्वायत्त प्रदेशका शिषयतायुक्त खम्बा व्यवसायहरुमध्येको एक बनिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा तिब्बती चिकित्सा तथा औषधिको विकास राम्रो देखिएकाले केही अन्तर्राष्ट्रिय संस्थाले आफ्नो पूँजी लगाएर तिब्बती चिकित्सा तथा औषधिको विकास कार्यमा संलग्न हुनथालेका छन।
तिब्बती चिकित्सा तथा औषधि कार्यको निहित शक्तिलाई अझ विस्तार गर्नका लागि चीनले "तिब्बती चिकित्साको परम्परागत तरिकाको उद्धार तथा शुद्धिकरण" बारे विशेष परियोजना आयोजना गरी सारा चीनमा हराउन लागेका तरिका तथा औषधिको पुनर्ताजगीकरण गर्ने गरेको छ। सो परियोजनाबाट तिब्बती चिकित्सा तथा औषधि शास्त्रको विकासलाई अझ प्रवर्द्धन गर्न सकिने विश्वास तिब्बती शास्त्र तथा औषधि क्षेत्रका व्यक्तिले गरेका छन।

|