china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जातिको र कोंग कलाको मुहान छिंग हाई प्रान्तको थोंग रन् जिल्लाको भ्रमण
    (GMT+08:00) 2009-06-01 19:42:11    

                चीनको तिब्बत छिंग हाई टारभूमिमा जीवन बिताइरहेका तिब्बती जातिका मानिसहरुले चहकिलो र शानदार संस्कृति र सम्पन्न कलाको सिर्जना गरेका छन। छिंग हाई प्रान्तको व्हांग नान् तिब्बती जातीय प्रिफेक्चरको थोंग रन् जिल्लामा जन्मेको "र कोंग कला" ती संस्कृति र कलाको निकै प्रभावकारी सम्प्रदाय हो। र कोंग कला बुद्ध धर्मको चित्रकला र मूर्तिकला प्रधानतामा रहेको घनतापूर्ण तिब्बती बुद्ध धर्मको विशेषताले युक्त स्थानीय परम्परागत कला हो। त्यसको इतिहास झण्डै सात सय वर्षभन्दा लामो छ। तिब्बती भाषामा छिंग हाइ प्रान्तको थोंग रन् जिल्ला क्षेत्रलाई "र कोंग " भनिएको छ। त्यसै कारण यस जिल्ला क्षेत्रबाट शुरु भएको बुद्ध धर्मको चित्रकला र मूर्तिकलालाई "र कोंग कला" भनिएको हो।

                 कैयौं सय वर्षदेखियता थोंग रन् जिल्लामा थुप्रै कलाकारहरु तिब्बती बुद्ध धर्मको चित्रकला र मूर्तिकलामा कार्यरत् रहँदैआएका छन्। सो कलामा कार्यरत् कलाकारहरुको कार्य-कुशलको सुक्ष्मता अन्य तिब्बती जातीय क्षेत्रमा निकै कम देखिन्छ। यसैले सो जिल्लालाई "तिब्बती जातीय चित्रकारको जन्मथलो"को राम्रो नाम दिइएको छ। श्री पाउ युन् चांग थोंग रन् जिल्लाका प्रख्यात चित्रकार हुनुहुन्छ। उहाँ थांग खा नामक चित्र कोर्न निकै सिपालु हुनुहुन्छ। थांग खा भनेको तिब्बती भाषा हो। त्यो भनेको पूजा गर्नका लागि रेशमी कपडामा सिंगार-पटार गरिएपछि झुण्डिने धार्मिक चित्र हो। त्यो र कोंग कलामा सबैभन्दा बढी प्रतिनिधित्व र प्रभावयुक्त अभिव्यक्ति तरिका हो। श्री पाउ युन् चांगले थांग खाबारे जानकारी दिंदै भन्नुभयोः

                 पहिले कपास, कपडा र प्लस्टरव्दारा रेशमी कपडाको चित्रमा राखेर ढुंगाले पिस्ने। त्यसपछि रेशमी कपडामा बाँकी रहेको प्लस्टरलाई हटाइन्छ। अनि सो कपडामा कलमव्दारा कोर्न शुरु गरिन्छ। त्यसपछि सातवटा रंग मिसाएर अठतीस खालका रंग बनाएर चित्र कोरिएको लुगाका पातमा रंग भर्न शुरु गरिन्छ। एकातिर रंगाउने र अर्कातिर कालो रंग वा सुनौलो रंगव्दारा कोर्ने गरिन्छ। अन्तमा बुद्धका आँखा र मूख कोर्नेगरिन्छ। यसरी यौटा थांग खा बनाउने प्रक्रिया पूरा हुन्छ।

                पाउ युन् चांगको अनुभवका अनुसार, यौटा राम्रो थांग खा बनाउनका लागि एक वर्षभन्दा बढी समय लाग्छ। थांग खा सुरक्षित हुनसक्ने समय कैयन् सय वर्ष हुन्। तिब्बत स्वायत्त प्रदेशको ल्हा सा शहरको पोताला दरवारमा सुरक्षित भएका थांग खाहरुको पाँच/छ सय वर्षको इतिहास छ। अहिलेसम्म हेर्दा ती थांग खाहरुको रंग ताजा , चित्र शुद्ध र राम्री सुरक्षित रहेका छन्।

                थांग खाका विषय निकै प्रशस्त छन। ती विषय धर्म, राजनीति, संस्कृति र चिकित्सा आदि धेरै क्षेत्रसित सम्बन्धित छन्। पहिले थांग खा धेरैजसो तिब्बती बुद्ध धर्मका मन्दिरहरु र बुद्ध धर्म मान्ने मानिसहरुको घरमा झुण्डिएका हुन्थे। पछिल्ला केही वर्षदेखि र कोंग कलाको प्रतिनिधिको रुपमा रहेर थांग खाको प्रभाव र प्रसारको परिधि दिनदिनै व्यापक हुँदैआएको छ। नेपाल, थाइल्याण्ड जस्ता बुद्ध धर्मको प्रभाव परेका मुलुकहरुमा पनि तपाई थांग खा देख्नसक्नुहुन्छ। फ्रान्सको पेरिसमा विदेशी कलाकारहरु र दर्शकहरुका लागि तत्स्थानमा थांग खा कोर्नुभएका थोंग रन् जिल्लाका र कोंग कलाकार सि ह ताउले थांग खाको कलात्मक मूल्यको यसरी मूल्यांकन गर्नुभयोः

                यो कला एक किसिमको तुलनात्मकरुपमा विशेष कला हो जसको मुख्य कारण त्यसको विषय र रचना हो। अर्कातिर थांग खा बनाउने सामग्री र प्रक्रिया पनि अन्य कलाको तुलनामा फरक हुन्छ। त्यसको रचनालाई धार्मिक रचना भन्नसकिन्छ जुन मानव जातिबीच मेलमिलाप, त्यसको समृद्धि र एकताका लागि हितकर छ।

                थोंग रन् जिल्लाको उ थुन् स्या स गाउँ र कोंग कलाका मुहानहरुमध्येको एक हो। त्यहाँ थांग खा बनाउने धेरै कला-परिवारहरु छन्। उ थुन् स्या स गाउँमा हामीहरुले थांग खा बनाउने एकजना युवा कलाकारसित भेटेका छौं। 

                 मेरो नाउँ छाइ रांग तान् चौ हो। म अट्ठाइस वर्षको भएँ। म उ थुन् स्या स गाउँका मान्छे हुँ। मैले उ थुन् स्या स मन्दिरको भिक्षु फु व्हाबाट थांग खा कला सिकेको हुँ। अहिलेसम्म म आफै एक्लै थांग खा बनाउन सक्छु।

                  छाइ रांगका अनुसार, उहाँलाई थांग खा कला सिकाउने पहिलो शिक्षक उहाँका काका हुनुहुन्थ्यो। उहाँका बुवा र काका थांग खा कलाका कलाकार हुनुहुन्छ। उहाँको परिवारको थांग खा बनाउने लामो इतिहास भएको परिवार हो। उहाँ पन्ध्र वर्ष हुँदा एक्लै थांग खा बनाउन सक्नुहुन्थ्यो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040