china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सक्दो प्रयास गरी भूकम्पबाट प्रकोपग्रस्त क्षेत्रलाई सहायता दिने परिवार पहिलो भाग 
    (GMT+08:00) 2009-06-01 16:10:04    

              गत वर्षको मइ बाह्र तारिख चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा एउटा ठूलो भूकम्प गयो। हालसम्म उक्त दुर्घटना उत्पन्न भएको एक वर्ष बितेर गयो। उक्त भूकम्पले स छुआन प्रान्तमा गम्भीर हानी गरेको मात्र होइन, स छआन प्रान्तसँग जोडिएका कान सु प्रान्त र पल्लो शान सि प्रान्तका अधिकांश क्षेत्र पनि विगारेको देखिन्छ। गत एक वर्षदेखि यता चीनका विभिन्न ठाउँबाट धेरैजसो मानिसहरुले प्रकोपग्रस्त क्षेत्रमा आएर यहाँको पुनर्निर्माण गर्न योगदान दिंदै आएका छन्। चीनको उत्तर-पश्चिम क्षेत्रमा रहेको कान सु प्रान्तको कान नान क्षेत्रमा एउटा परिवार छ, उक्त परिवारमा तीन जना सदस्य हुनुहुन्छ र उहाँहरुले क्षेत्रको भूकम्पग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि धेरै योगदान दिनुभएको छ। आजको कार्यक्रममा हामी यसै परिवारको बारेमा केही जानकारी दिनेछौँ।

             भूकम्प गएअघि छ्यु नङ्ग चीनको दक्षिण क्षेत्रमा रहेको सबैभन्दा विकसित भइसकेको व्यापारिक शहर सन चनमा शिक्षक हुनुहुन्थ्यो। उक्त अकस्मात दुर्घटना उत्पन्न भएपछि उहाँलाई त्यहाँ एक जना उद्धारकको रुपमा पठाइयो। सन् 2008को अक्टोबरमा उहाँले कान सु प्रान्तको लुङ्ग नान जिल्लाको निर्देशन विभागमा मध्यस्थता गर्ने जिम्मा लिएर काम गर्न थाल्नुभयो। उहाँले भन्नुभयो---

              त्यो बेला म सधैं नै सोच-विचार गरें, उद्धार दिने काम गर्दा प्रकोपग्रस्त क्षेत्रमा जाँदा मलाई निकै सन्तोष लाग्यो।

               उद्धार निर्देशन कार्यालयमा श्री छ्युले दैनिक सम्झौता, सम्मेलन र छोटकरी प्रतिवेदन लेख्ने काम मात्र होइन कान सु प्रान्तस्थित सन चन शहरको शिक्षा व्यूरोका प्रतिनिधिको जिम्मा लिएर प्रकोपग्रस्त क्षेत्रमा शिक्षा दिएर पुनर्निर्माणसम्बन्धी कामको मध्यस्थता गर्नुपर्‍यो। विहान-सबेरै उठेर रातीसम्म काम गर्दागर्दै आफ्नी श्रीमती र छोरीलाई फोन गर्ने समेत उहाँलाई फुर्सत भएन।

               श्री छ्यु नान यौले सोच-विचार गरेर थाहा नपाउने कुरा के हो भने केही महिना पछि सन चन शहरमा पर्ने एउटा स्कुलमा शिक्षा दिने आफ्नी श्रीमतीले पनि यहाँ उद्धार दिन आउनुभयो। सन चन सरकारले शिक्षकहरु मध्येको असल शिक्षक छानेर प्रकोपग्रस्त क्षेत्रमा पठाउने योजनाबाट उहाँकी श्रीमती पनि त्यहाँ पुग्नुभयो। श्री छ्युले भन्नुभयो—

              मेरी श्रीमतीले यहाँ शिक्षा दिने भन्नुभएको थियो। त्यो बेला उहाँ भन्न मात्र हो भन्ने सोच-विचार गरी उहाँको वाक्य आफ्नो सम्झनामा राखेको थिइनं। यस वर्षको जनवरीमा विदा लिनका लागि म सन चन फर्कें, उहाँले यहाँ शिक्षा दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको कुरा मैले थाहा पाएँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040